युवालक्षित रोजगारी बढाउने समझदारीपत्रमा हस्ताक्षर

शुभ खबर, युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार तथा रोजगारमूलक उद्योग खोली गरिबी निवारण गर्ने लक्ष्यमा सघाउ पुर्‍याउन उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषदबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उद्योगमन्त्री सुनीलबहादुर थापा, राज्यमन्त्री रेशमबहादुर लामा र सचिव यामकुमारी खतिवडाको उपस्थितिमा औद्योगिक प्रवद्र्धन महाशाखाका सहसचिव प्रदीपकुमार कोइराला र युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेलले मंगलबार राजधानीमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

स्थानीय स्रोत–साधन परिचालन गरी कृषि, वन, पर्यटन, परम्परागत सीप र सेवामा आधारित उद्यमको माध्यमद्वारा गरिब तथा बेरोजगार युवालाई उद्यमशील बनाइ मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा सहभागी गराउने कार्यमा उक्त समझदारीले सघाउ पुर्‍याउने बताइएको छ ।

सो कार्यक्रम कार्यान्वयनबाट युवा उद्यम कार्यक्रम तथा विकासका लागि आवश्यक पर्ने व्यवस्थापन तथा प्रविधि खरिद गर्न युवालाई बिनाव्याज ऋण उपलब्ध गराउनुका साथै ज्ञान–सीप प्रदान गर्ने र स्थानीय स्रोत–साधनको अधिकतम् प्रयोग गरी स्वरोजगार बनाउ सहयोग पुग्नेछ ।

कार्यक्रममा उद्योगमन्त्री थापाले बेरोजगार युवालाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिँदै सरकारका युवालक्षित कार्यक्रम कार्यान्वयनका लागि यस समझदारीबाट ठूलो सहयोग पुग्ने र जनता तथा मन्त्रालयबीच प्रत्यक्ष सम्पर्क बढ्ने धारणा व्यक्त गरे ।

उद्योग राज्यमन्त्री लामाले युवा जनशक्तिबिना मुलुकले समृद्धि हासिल गर्न नसक्ने चर्चा गर्दै समझदारीपछि स्थानीय तहमा भएको तालिमको दोहोरोपन हट्ने र परिणाममुखी नतिजा हासिल हुने बताए ।

उद्योगसचिव खतिवडाले बेरोजगार युवा तथा महिलालक्षित यस कार्यक्रममार्फत् संस्थागतरुपमा समन्वय र सहकार्य भइ थप रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरिन् ।

सम्झौतापश्चात् परिषदमार्फत् युवा उद्यम विकास कार्यक्रम निर्देशिका, २०७३ बमोजिम ‘एक निर्वाचन क्षेत्रको एक वडामा १० युवा एक उद्यम’ कार्यक्रम कार्यान्वयन गर्न युवा उद्यमी छनोट गरी स्थानीयस्तरमा सीप विकास तालिम सन्चालन तथा प्रविधि हस्तान्तरण गरिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सामाजिक परिचालन, उद्यमशीलता विकास, सीप विकास, वित्तीय पहुँचमा सहजीकरण, उपयुक्त प्रविधिमा पहुँच, बजार पहुँच र व्यावसायिक परामर्शजस्ता सेवा प्रदान गर्न सहयोग मिल्ने भएको छ ।

यसको कार्यान्वयनबाट मुलुकभित्रै रोजगारी सिर्जना गरी आगामी १० वर्षभित्र श्रमका लागि विदेश जानेक्रम न्यूनीकरण हुुने बताइएको छ ।

समझदारीपत्रमा हस्ताक्षर गर्दै मन्त्रालयका सहसचिव कोइरालाले स्थानीय तहमा उद्योग र उद्यमशीलताको विकास, रोजगारी सिर्जना र गरिबी निवारण कार्यक्रमको कार्यान्वयनमा समन्वय र सहकार्यका साथै संघीयता कार्यान्वयनमा योगदान पुग्ने बताए ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेलले युवालक्षित कार्यक्रमलाई परिणाममुखी बनाउने कार्यमा यो एउटा राम्रो सुरुआत भएको जानकारी दिए ।

समझदारीपत्रअनुसार मन्त्रालय मातहतका निकायबाट उद्यमशीलता विकासलगायत विभिन्न विषयमा सीप विकास तालिम प्रदान गरिनेछ भने परिषदबाट देशका सबै जिल्लामा जिल्ला युवा समितिको कार्यालयमार्फत् युवालक्षित विभिन्न कार्यक्रम सन्चालन हुनेछन् ।

– ईमेजखबर

प्रकाशित मिति : २०७४, ११ पुष मंगलवार १९:३८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो