युवा स्वरोजगार कोषले अघि सार्यो दुई नयाँ योजना

शुभ खबर, युवा तथा साना व्यवसायी स्वरोजगार कोषले दुई वटा नयाँ योजना ल्याउने भएको छ । एक स्थानीय तह, दुई नमुना व्यवसायी र द्रुत कर्जा गरी दुई नयाँ योजना ल्याउन लागेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णु गौतमले बताए । नयाँ व्यवस्थासहितको विनियमावली कोष संचालक समितिबाट पास भई मन्त्री परिषद्मा पठाइएको र मन्त्री परिषद्को स्वीकृती प्राप्त हुनेवित्तीकै कार्यक्रमहरु लागू गरिने उनले बताए ।

स्थानीय साधन र स्रोतको अधिकतम उपयोग हुने, मूल्य अभिबृद्धिको मात्रा बढी भएका, मूल्य श्रृंखला भएका, निर्यात योग्य बस्तुको उत्पादन गर्ने एक गाउँ एक उत्पादन जस्ता उत्पादनमूलक एवम् सेवामूखी व्यवसाय गर्न इच्छुक व्यक्ति तथा समूहलाई सुलभ कर्जा दिने उद्देश्यले एक स्थानीय तह, दुई नमुना व्यवसाय कर्जा कार्यक्रम  सुरु गर्न लागिएको डा. गौतमको भनाइ छ । उनका अनुसार, यस्तो कर्जा मार्फत व्यवसाय संचालन गर्न इच्छुक व्यक्तिले आफू बसोबास गरेको स्थानमा कोषले तोकेको वैंक, वित्तीय संस्था वा सहकारीमा आफ्नो व्यवसायिक प्रस्ताव पेश गर्नुपर्नेछ । पेश भएका प्रस्तावहरुमध्ये प्रत्येक तहबाट उपर्युक्त एउटा मात्र प्रस्ताव छनौट हुनेछ । प्रस्ताव छनौट भएको यस्तो संस्थाले बढिमा १ करोडसम्म थोक कर्जा प्राप्त गर्न सक्नेछ । यो कर्जा प्राप्त गर्न अनिवार्य रुपमा धितो राख्नु पर्नेछ । स्वरोजगार कर्जामा उपलब्ध हुने सबै सुविधा र अनुदान यो कर्जामा पनि लागू हुने बताइएको छ ।

त्यस्तै, युवा तथा साना व्यवसायी स्वरोजगार कोषले उद्यमी बन्न चाहने युवाहरुका लागि सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यका साथ कोषले द्रुत कर्जा लागू गर्न लागेको डा. गौतमले बताए । यसअघि, कर्जा माग गरेको एक दुई वर्षमा बल्ल कर्जा उपलब्ध हुने समस्या देखिएको स्वीकार्दै उनले कर्जा प्राप्त गर्न छिटो र सहज होस् भनेर द्रुत कर्जा योजना ल्याएको बताए । द्रुत कर्जा सेवा बजेट आए लगत्तै सुरु हुने र स्वरोजगार कर्जामा उपलब्ध हुने सबै सुविधा र अनुदान यो कर्जामा पनि प्रदान गरिने बताइएको छ ।

चालू आर्थिक वर्षमा कोषले ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।  बैंकिङ खबर

प्रकाशित मिति : २०७४, ११ पुष मंगलवार ०९:१२

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

शुभ खबर, सुनगाभा फुडल्याण्डले बालुवाटारमा मःम पारखीहरुलाई मध्यनजर गर्दै आगामी माघ २६ गते शुक्रबार मःम फेस्टिबल आयोजना गर्ने भएको छ […]

२०७४, ९ माघ मंगलवार १८:१२
स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

शुभ खबर, टिम नेपोको 󠇀आयोजनामा हिजो माघ ६ गते शनिवारको दिन बुटवलको दिप बोडिङ्ममा Training on Strategic Planning in Organizations सम्पन्न […]

२०७४, ७ माघ आईतवार १४:०३
नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

शुभ खबर, नुवाकोटको प्रसिद्ध भैरवीस्थान मन्दिरका पुजारी हरिमानसिंह डंगोल (धामीदाइ) लाई सानेपाको ‘नुवाकोट घर’ ले आज अभिनन्दन गरेको छ । गोर्खालीको […]

२०७४, ६ माघ शनिबार २२:००
राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

शुभ खबर, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । […]

२०७४, ५ माघ शुक्रबार १६:४१
उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

शुभ खबर, उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ […]

२०७४, ५ माघ शुक्रबार १६:३७
प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

शुभ खबर, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग […]

२०७४, ४ माघ बिहीबार १४:५२
भिडियो