गाउँमै स्वरोजगार बन्दै दुर्गमका युवा

शुभ खबर, दुर्गम स्थानीय तहका युवा गाउँमा रोजगार नपाउँदा छिमेकी मुलुक भारतमा गएरर चौकीदारीलगायत विभिन्न काम गरेरै घरखर्च चलाउने परम्परा नै भइसकेको छ ।

गाउँमा कुनै काम नपाएर विदेशिएका युवा भने निर्वाचित जनप्र्रतिनिधि आएपछि घर फर्किन थालेका छन् । स्थानीय गौमूल गाउँपालिकाका युवा विदेशबाट फर्केर अहिले गाउँको विकासमा अग्रसर हुनुभएको छ । गाउँमा नै विभिन्न विकास र निर्माण कार्य शुरु भएपछि विदेश भन्दा गाउँकै विकासका लागि भारतबाट फर्केको अर्का युवा कृष्ण रोकायाले बताउनुभयो ।

गौमूल गाउँपालिकामा रहेका युवालाई विकास निर्माणका कार्यले गर्दा फुर्सदसमेत पाउन सकेका छैन् । यस अगाडिका वर्षमा असोज कात्तिकमा खेतीपाती लगाएर भारतका विभिन्न शहरमा चौकीदारी गर्न जाने युवालाई भ्याइनभ्याइ छ ।

गाउँपालिकालगायत विकासे निकायले स्थानीयवासीलाई गाउँमै रोजगारीको अवसर दिएकाले गाउँले यतिबेला विकासका काममा लागिपरेका हुन् । गाउँपालिकाका हरेक बस्तीमा विकास निर्माणका कार्य भइरहेकाले स्थानीयवासीलाई भ्याइनभ्याइ भएको गौमूल गाउँपालिका– ३ माझपालिका कृष्ण रोकायाले बताउनुभयो ।

स्थानीय तहपछि गाउँमा खानेपानी, बाटो पुलपुलेसालगायत अन्य विकास निर्माणका काममा लाग्नु परेकाले कसैलाई घरमा बस्ने फुर्सद नभएको उहाँको भनाइ थियो ।

गाउँपालिकाको योजना र अन्य विकासे निकायले गाउँमा धेरै काम दिएकाले भ्याइनभ्याइ भएको अर्का स्थानीयवासी धनबहादुर सार्कीले बताउनुभयो । गाउँपालिकाको पनि धेरै योजना छन्, त्योसँगै अन्य निकायकाले पनि धेरै काम दिएकाले स्थानीयवासीलाई रोजगारी जस्तै बनेको हो । स्थानीय युवा काममा व्यस्त भएकाले गाउँमा जुवा तास खेल्ने मदिरा सेवन गर्नेको संख्यामा कमी भएको उहाँले जानकारी दिनुभयोे ।

गौमूल गाउँपालिका अन्तर्गत ग्रामीण जलस्रोत परियोजनाले मात्र १० वटा ठूला खानेपानी योजना निर्माण गरिरहेको छ । सो योजनामा पनि काम गर्ने मान्छे पाउन मुस्किल छ । ग्रामीण जलस्रोत परियोजनाले मात्र दह खोला सिँचाइ, बिरा खानेपानी, तल्लाखाली खानेपानी, थलाचौका खानेपानी धल्काडा खानेपानी, रनेडा खानेपानीगायत १० वटा ठूलो योजना सञ्चालन गरेको निमित्त जिल्ला जलस्रोत सल्लाहकार नरवीर ऐडीले बताउनुभयो ।

त्योसँगै वडापालिका भवन निर्माण बाटो र पुलमा पनि ठूलो संख्यामा जनशक्ति परिचालन भइरहेकाले गाउँमा काम गर्न भ्याइनभ्याइ नभएको उहाँले जानकारी दिनुभयो ।  गाउँमै रोजगारीको अवसरसँगै गाउँको विकास हुनथालेपछि यो वर्ष भारतमा चौकीदारीको काम गर्न जाने युवा यतै व्यस्त भएको वडा नं १ का वडाअध्यक्ष बलबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“गाउँका युवालाई गाउँमै स्वरोगार बनाउने गरी बजेट विनियोजनका साथै हरेक वडा र बस्तीमा खानेपानी र बाटो लगायतका विकास निर्माणका कामले सुबिधासँगै युवालाई रोजगारीे सिर्जना भइरहेको छ । ”  गौमूल गाउँपालिका ग्रामीण जलस्रोत परियोजनाले गाउँपालिकाभित्र शुद्ध खानेपानीलाई सबैकोे पहुँचमा ल्याउन रू ८३ लाख ५० हजार भन्दा बढी रकम चालुतर्फ र दुई करोड ५८ लाख सात हजार भन्दा बढी पुँजीगततर्फ रकम विनियोजन गरेको छ ।

योवर्ष मात्र गाउपालिका भित्रका ३३९ घरपरिवारलाई शुद्ध खानेपानी व्यवस्थापन गरिने जसमा दुई हजार १७३ जनसंख्या लाभान्वित हुने जिल्ला खानेपानी उपभोक्ता महासंघका अध्यक्ष तुल्सीराम रोकायाले जानकारी दिनुभयोे ।

ग्रामीण जलस्रोत परियोजनाले गाउँमा खानेपानीको व्यवस्था गर्नुका साथै गाउँमा बेरोजगार युवालाई रोजगार दिएको वडा न ३ का वडा अध्यक्ष धनबहादुर बोहराले बताउनुभयो । गाउँको जनशक्ति बाहिर नजाने हो भने गाउँको विकास चाडै हुने उहाँले भन्नुभयो, “गौमूल गाउँपालिका जस्तै सबै स्थानीय तहमा विकास निर्माणका कार्य युवाको जिम्मा दिने हो भने जिल्लाको विकासमा अगाडि बढ्ने देखिन्छ ।”  (रासस)

प्रकाशित मिति : २०७४, २५ चैत्र आईतवार २३:५२

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो