एक निर्बाचन क्षेत्रमा ५० युवा उद्यमी र २००० युवाहरुलाई रोजगारी आबश्यक : सरोज बानियाँ

शुभ खबर, नेपालमा बिगत लामो समयदेखि नै युवा उद्यमशीलतको बिषयमा वकालत र बहस हुर्दै आईरहेको हो तर पनि दैनिक करिब १५ सयको हाराहारीमा नेपालबाट युवाहरु बिदेशिने गरेका छन् । नेपालमा बेलाबेलामा युवाका लागि नै भनेर कहिले सरकारी तवरबाट त कहिल्यै प्राईभेट त कहिल्यै गैरसरकारी क्षेत्रबाट नै बिबिध खालका कार्यक्रमहरु भई नै रहेको छ तर त्यसको स्पष्ट योजना र प्रर्याप्त दक्ष जनशक्तिको अभाबमा त्यो कार्यक्रम सफल हुन सकिरहेको छैन र त्यसको अर्काे महत्वपूर्ण पाटो भनेको राजनैतिक अस्थिरता पनि हो । भनिन्छ कुनै पनि देशको अमुल्य सम्पत्तिहरुमा युवा पनि गनिन्छ र नेपालमा हाल १६ देखि ४० बर्ष उमेर समूहको ४०.३ प्रतिशत युवाहरु छन् गुणात्मक र संख्यात्मक दृष्टिले युवाहरु राष्ट्रको मेरुदण्ड नै हुन । साथै यी युवा शक्तिहरुलाई व्यापक सदुपयोग गर्ने हो भने अबश्य पनि देशले नै कोल्टे फेर्ने कुरामा दुईमत छैन तर यस बिषयमा चिन्तित हुने को ?

राज्यले कम्तिमा प्रत्येक निर्वाचन क्षेत्रमा १० ओटा ठुला तथा साना उद्योग धन्दाहरु र कलकारखानाहरुको स्थापना गरिदिन सकेको खण्डमा त्यस क्षेत्रका युवाहरुले आफ्नो जिविकोपार्जन गर्ने शिलसीलामा खाडी मुलुक जानु पर्ने र बिरोजगारी भएर बस्नु पर्ने दिन अवश्य आउदैनथ्यो यसका लागि राज्यले स्पष्ट कानुन र गुरुयोजना बनाएर प्रत्येक निर्बाचन क्षेत्रमा २००० जना युवाहरुलाई रोजगारी सृजना गर्न सक्ने हो भने देशको अर्थतन्त्रले कोल्टे नै फेर्ने थियो र संगसंगै उद्यमी बन्न चाहने युवाहरुलाई सहुलियत दरमा क्रृण प्राप्त गर्ने गरी योजना बनाई कम्तिमा ५० युवाहरुलाई प्रत्येक निर्बाचन क्षेत्रमा उद्यमी बनाउन सकेमा पनि अर्काे ठुलो उपलब्धी राज्यले प्राप्त गर्न सक्थ्यो तर यी सबै काम गर्न निकै चुनौतपूर्ण पनि छ र यदि दृढ इच्छा शक्ति हुने हो भने यति कार्य सम्पादन गर्न खासै समय लाग्दैन थियो अनि नेपाली युवाहरुले यसै देशमा आफ्नो श्रम शक्ति खर्च गरेर उद्यमी बन्न सक्थ्यो तर यी सबै काम गर्ने इच्छा शक्ति भएको व्यक्ति नै यो देशमा अभाब छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट युवा निति २०६६ समेत निर्माण गरी नेपाली युवाहरुलाई व्यापक मात्रामा परिचालित गरी नेपाली युवाहरुलाई देशको मुलधारमा ल्याउने गरी निर्माण भएको युवा निति पनि एकातिर थन्किएर बसिरहेको छ र यसको यथाचित कार्यन्वयन गर्न सकेको खण्डमा पनि नेपाली युवाहरुको सर्बाेत्तम हित हुने कुरामा कुनै शंखा छैन । तर गर्ने कसले ?

यस्ता खालको रणनैतिक योजना बनाई अघि लान सकेको खण्डमा नेपालमा युवाहरुले व्यापक मात्रामा रोजगारी प्राप्त गर्ने थियो र धेरैको संख्यमा युवा उद्यमीहरु उत्पादन गर्न सकिन्थ्यो । राष्ट्रिय हितको पक्षमा भएका यस्ता खालको कार्यक्रमहरुलाई राज्यको सबै तह र तप्काले निसंकोच लागु गर्नुपर्ने र नेपाली युवाहरुलाई युवा उद्यमी बनाउने कुरामा हामी सबैले आफ्नो आफ्नो क्षेत्रबाट प्रयास आजैबाट थाल्नु पर्दछ र नेपाली युवाहरुले पनि अब नेपालमा नै केही गर्ने दृढ सोच राखी अघि बढ्न सकेमा लाखौको संख्यामा अहिले खाडीमा श्रम बेच्न बाध्य भईरहेका युवाहरुले पनि एकपटक गहिराईमा पुगेर सोच्न बाध्य बनाउने दिनको सृजना अव हामी युवा साथीहरुले आजैबाट गर्नुपर्दछ ।

सरोज बानियाँ नेपाल युवा परिषदको केन्द्रिय अध्यक्ष हुन् 

प्रकाशित मिति : २०७४, २१ आश्विन शनिबार २२:०८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एसईई नतिजा आज

एसईई नतिजा आज

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा […]

२०७५, ९ असार शनिबार ११:०१
पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

शुभ खबर, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा रक्षा, स्वास्थ्यसहित विभिन्न पाँच मन्त्रालयको खर्चको कटौती गर्नका लागि सातजना सांसदले खर्च कटौतीको प्रस्ताव […]

२०७५, ८ असार शुक्रबार १५:३२
प्रतिनिधिसभा –शून्य समय

प्रतिनिधिसभा –शून्य समय

शुभ खबर, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी समस्या, सडक निर्माणलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ […]

२०७५, ८ असार शुक्रबार १५:१६
आज ब्राजिल र कोस्टारिकाको भिडन्त

आज ब्राजिल र कोस्टारिकाको भिडन्त

शुभ खबर, पाँच पटकको बिश्व बिजेता सँग कोस्टारिकाका आमनेसामने हुने भएको छ । नेपाली समय अनुसार बेलुका ५ः४५ बजे यी […]

२०७५, ८ असार शुक्रबार १०:०४
नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको […]

२०७५, ८ असार शुक्रबार ०९:३१
बिम्स्टेक सम्मेलनको तयारी सुरु

बिम्स्टेक सम्मेलनको तयारी सुरु

शुभ खबर, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारी तीव्र […]

२०७५, ८ असार शुक्रबार ०९:२४
भिडियो