भोली बाट दोस्रो युवा कृषि उद्यम सम्मेलन सुरु हुने

शुभ खबर, फोर एच नेपालको आयोजनमा युवाहरुलाई कृषिमा सहभागिता तथा उद्यमशीलता विकासका लागि २०७५ जेठ ६ र ७ गते काठमाडौंमा दोस्रो युवा कृषि उद्यम सम्मेलनको आयोजना हुने भएको छ । । यस सम्मेलनमा देशभरबाट युवा–विद्यार्थी, कृषक, व्यवसायी, उद्यमी, नीति निर्माता तथा सरोकारवाला निकायबाट २०० जना सहभागी हुनेछ । सम्मेलन दुइ दिनसम्म संचालन हुनेछ ।


दुइ दिनसम्म चल्ने सम्मेलनमा १८ ओटा फरक फरक विषयमा प्लेनरी सेशन, सामनान्तर कार्यशाला, नेटवर्किङ तथा अन्य नविनतम कृयाकलाप आयोजना गरिनेछ । जसमा बैदिक कृषि संस्कृति तथा उद्यमशीलता विधि, युवा र कृषि उद्यमशीलता, संघीय संरचना कृषि व्यवसायीकरण, पौष्टिकता र कृषि खाद्य, दिगो विकास लक्ष्य, युवा तथा उद्यमशीलता, कृषिमा सकरात्मक सोच (स्मार्ट कृषि), संजालीकरण, कृषिमा प्रविधिको प्रयोग तथा सँगै कृषि कला प्रर्दशनी समेत गरिनेछ । 


सम्मेलनमा प्रा.डा. रोशनमान बज्राचार्य, डा. चिन्तामणी योगी, कर्ण शाक्य, सुबोधराज प्याकुरेल, डा.निर्मलमणी अधिकारी, डा.ऋषिकेश पाण्डे, डा. चिरञ्जिवी भट्टराई लगायतले सहजीकरण गर्नेछन।


युवालाई कृषिमा सहभागी तथा आर्कषण गर्नको लागि भावी किसानः स्मार्ट किसान रािष्ट्रय अभियानको सामाुहिक थालनी गरिनेछ । साथै, कृषि अध्ययनरत विद्यार्थीको राष्ट्रिय संजाल गठन गरी किसानसँग युवा स्वयमसेवी अभियानको थालनी समेत गरिने छ । उत्कृष्ट तीन जना कृषकलाई जनही बीस हजार रुपया सहित सम्मान प्रदान गरिनेछ । सम्मेलनको समापनसँगै काठमाडौं घोषणापत्र तथा कार्ययोजना पारित गरिनेछ । २ सय २५ जना युवाहरुको सहभागिता २०७३ असार ४ र ५ गते काठमाडौं सम्मपन्न भएको जानकारी समेत गराउन चाहान्छौ ।

प्रकाशित मिति : २०७५, ५ जेष्ठ शनिबार २२:१८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो