किशोरी शिक्षाप्रति दलित तथा मुस्लिम किशोरीको आकर्षण

शुभ खबर, गरिबी, बेरोजगारी र विभिन्न घरायसी समस्याका कारण शिक्षाबाट वञ्चित यहाँका दलित र मुस्लिम समुदायका किशोरी किशोरी शिक्षाप्रति आकर्षित भएका छन् ।

जिल्लाको विभिन्न गाविसमा विश्व शिक्षा कार्यक्रमको सहयोग एवम् सामुदायिक परिवार कल्याण सङ्घ जनकपुर शाखाको आयोजनामा सञ्चालित किशोरी शिक्षा कार्यक्रममा स्थानीय दलित तथा मुस्लिम किशोरीको आकर्षणको बढेको हो । शिक्षाबाट वर्षौंदेखि वञ्चित दलित तथा मुस्लिम किशोरी ढिलै भएपनि शिक्षा पाईदो रहेछ भन्दै सो कार्यक्रमप्रति आकर्षित भएका हुन् ।

सङ्घले जिल्लाको जलेश्वर नगरपालिका–१४ अनकारस्थित दलित टोलमा सञ्चालन गरेको किशोरी शिक्षा कार्यक्रममा सहभागी २६ दलित किशोरीले कार्यक्रमले आफूलाई सरसफाइ, महिला हिंसा, बालविवाह, स्वास्थ्य र नैतिक शिक्षा प्राप्त भएको बताएका छन् ।

त्यसैगरी जिल्लाको धमौरा–९ भगवतीपुरमा सङ्घद्वारा आयोजित किशोरी शिक्षा कार्यक्रममा स्थानीय २९ दलित किशोरी लाभान्वित भएका छन् । निःशुल्क रुपमा दैनिक दुई÷तीन घन्टाका दरले पढ्न पाएका स्थानीय मुसहर समुदायका ती किशोरी यस शिक्षाले आफ्नो दैनिकी फेरिएको बताउँछन् ।

केही दिनअघिसम्म पढ्न, लेख्न र बोल्नसमेत नजानेका किशोरी अहिले यस कार्यक्रमको प्रभावले गर्दा राम्ररी पढ्न, लेख्न र तर्कपूर्ण तरिकाले बोल्न जानेका छन् । घरेलु हिंसा, यौनहिंसा, ललाई फकाई ठगी गर्ने, शारीरिक स्वास्थ्य, बालविवाह, ढिलो विवाहजस्ता विषयमा जानकारी पाएका उनीहरुले आफ्ना कुरा घरपरिवारसहित समाजका अगुवासमक्ष राख्न सक्षम भएका छन् । उनीहरुले आउँदो वैशाखमा स्थानीय विद्यालयमा भर्ना भएर थप्प शिक्षा लिन इच्छुक रहेको जनाएका छन् । त्यसैगरी सोही स्थानमा सङ्घले सञ्चालन गरेको आमा कक्षा कार्यक्रममा पनि स्थानीय १४ महिला निक्कै उत्साहका सहभागी भएका छन् । रासस

प्रकाशित मिति : २०७३, २० चैत्र आईतवार १५:१५

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

शुभ खबर, जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली […]

२०७५, १२ बैशाख बुधबार १४:२६
आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

शुभ खबर, आईपिएल २०१८ मा ४ / ४ गेममा जित हासिल गर्दे चेनाई सुपर किग्सं र किग्सं इलाभेन पजांब शिर्ष […]

२०७५, १० बैशाख सोमबार २३:४२
पार्टी एकता केही दिनमै : वामदेव

पार्टी एकता केही दिनमै : वामदेव

शुभ खबर, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । […]

२०७५, १० बैशाख सोमबार २३:०३
‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

शुभ खबर, निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोट गराएको घटनाप्रति […]

२०७५, १० बैशाख सोमबार २२:५७
ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

शुभ खबर, राजधानीको एक सात्क्षातर कार्यक्रममा भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले टयाक्सीको समेत सिण्डिकेट तोड्ने उदघोष गरेको हो […]

२०७५, १० बैशाख सोमबार २२:५२
बाजा संरक्षणमा शाक्य समुदाय

बाजा संरक्षणमा शाक्य समुदाय

 शुभ खबर, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न […]

२०७५, १ बैशाख शनिबार २१:००
भिडियो