आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार काठमाडौंको होटल हार्दिकमा आयोजित कार्यक्रममा नेपालमा पछिल्लो समय आइटी कम्पनीहरुले भोग्नुपरेका समस्या, चुनौतीसँगै उद्यमशीलतामा भित्रिएका अवसरहरुको बारेमा छलफल भएको थियो ।

सो कार्यक्रमको औपचारिक सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल दूरसञ्चार प्राधिकरण वरिष्ठ निर्देशक आनन्दराज खनालले नेपालमा आइटी र टेलिकम उद्योगको ठूलो सम्भावना रहेको बताउँदै स्पस्ट नीति र त्यसको कार्यान्वयन आवश्यक रहेको बताए ।

‘जहाँ चुनौती छ, त्यहाँ सम्भावना छ । यो क्षेत्र आफैंमा ठूलो उद्योग बन्ने र अन्य उद्योगलाई पनि अत्यावश्यक भइसकेको अवस्था छ,’ उनले भने । आइटी स्टार्टअपका सन्दर्भमा उनले प्राधिकरणमार्फत् उत्प्रेरणा दिने काम गरिरहेको र राज्यका अन्य विभाग र निकायले स्टार्टअपका लागि कार्यक्रम ल्याइरहेको बताए ।

सो अवसरमा क्यान महासंघका केन्द्रीय सदस्य एवं ओपन एन्ड डिस्टान्स एजुकेशन सेन्टरका रेग भण्डारी, लिभिंग विथ आइसीटीका सम्पादक राजन लम्साल, वानका संस्थापक अध्यक्ष सिताराम रिमाल, वर्तमान अध्यक्ष बद्रीप्रसाद दाहाललगायतले नेपालका स्टार्टअप कम्पनीहरुको समस्या र अवसरबारे आफ्ना भनाइ राखेका थिए ।

त्यस्तै कार्यक्रममा अनुसन्धाता हेमपाल श्रेष्ठ, सुशील उप्रेती र प्रकाश न्यौपानेले स्टार्टअपका अवसर, चुनौती र कानूनी पक्षबारे प्रस्तुत गरेको कार्यपत्रमा छलफल भएको थियो ।

नेपालका वेव, सफ्टवेयर, स्टार्टअप, एप्लिकेसनमा काम गर्ने ४० भन्दा बढी कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहको कार्यक्रममा केही स्टार्टअपहरुले सफलताको कथासमेत सुनाएका थिए ।

Source: www.livingwithict.com

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतवार ०९:३९

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
आत्मरक्षाका लागि जुट्दै महिला

आत्मरक्षाका लागि जुट्दै महिला

शुभ खबर, धनगढीको कवर्ड हल मैदानमा आ–आफ्नो व्यक्तिगत सुरक्षाका लागि आज बिहानै तालीम लिन ठूलो सङ्ख्यामा महिला र किशोरी आएका […]

२०७५, २० आश्विन शनिबार १९:०१
भिडियो