मैले बुझेको प्रजातन्त्र भनेको शिक्षा सहितको प्रजातन्त्र हो : शिक्षाप्रेमी उत्तम संजेल

नकारात्मक नै नकारात्मक भित्र केही व्यक्ति वा समूह अझै पनि सकारात्मक भई केही आशा जगाउने कार्य यो देशमा भईरहेको छ । त्यो द्वन्दको समय होस या द्वन्द पछिको समय वा सबिधान पश्चात नै किन नहोस, काम गर्ने मानिसहरु सकारात्मक सोच राखि निरन्तर काम गरिरहेको छन् र थुप्रै खालको समस्या समस्या नै बिच कार्य गरिरहनु भएको एक व्यक्ति हुनुहुन्छ, शिक्षाप्रेमी उत्तम संजेल सँग गरिएको एक रोचक कुराकानी

समता बिद्यालय स्थापना भएको अहिले कति बर्ष भयो ?
सन् २००१ मा यसको स्थापना भएको हो । अहिले २०१६ भएपछि थाहा भईहाल्छ १५ बर्ष भयो ।

समता शिक्षण फाउण्डेशन स्थापना गर्नुको मुख्य उदेश्य के हो ?
यो देशमा दुई खालको शिक्षा छ, एउटा सरकारले दिने शिक्षा अर्को प्राईभेट संस्थाले दिने शिक्षा दुईटै शिक्षामा आकाश जमिनको फरक छ । सरकारले दिने शिक्षामा गुणस्तर पटक्कै छैन, प्राईभेट स्कुलको शिक्षा महंगो छ सबैले एफोर्ट गर्न सक्दैन । त्यो बिचमा जुन एउटा ग्याप बन्दै आयो, त्यो बिचमा समता स्कुल हो । त्यो ठाउँमा एउटा संस्था खडा गर्नुपर्ने भएको थियो, जस्ले सरकारी स्कुलहरु पनि होइन, प्राइभेट स्कुलहरु पनि होइन तर समाजले जस्लाई गुणस्तर शिक्षा भन्छ त्यो शिक्षा दिने र त्यसको खर्च हेर्ने हो भने सरकारले निशुल्क शिक्षा दिन्छ भन्छ तर न उस्को गुणस्तर हुन्छ न बिद्यार्थी पास हुन्छ हाम्रो त्यस्तो शिक्षा रहेको छ । तपाईको अहिले पनि ११, १२ मा पढ्ने सरकारी बिद्यालयबाट आएको बिद्यार्थीलाई सोध्ने हो भने TO टु GO गो भन्छ उनीहरुको त्यो अबस्था छ । प्राईभेट स्कुल न्याचुरल्लि महंगै हुन्छ किनभने त्यो ब्यापारिक उदेश्यले खोलिएको काम हो । त्यो सित रिसाईराख्न पर्ने झगडा गर्नुुपर्ने कारण छैन किनभने त्यसले आफ्नो एउटा माहोल बनाउँछ तपाईहरु हाम्रो स्कुलमा आउनुस् तपाईलाई हामीहरु यो यो शिक्षाहरु दिन्छौँ भनेर त्यस्ले एउटा माहोल सिर्जना गर्छ, त्यसमा जनताहरु आकर्षित भएर जाने हो । तर सरकारको त्यो पोलिसी छैन, दुई प्रतिशत पनि छैन । यो बिचमा सरकारी स्कुल जान नचाहने, प्राईभेट स्कुल जान नसक्ने त्यो बिचको मान्छेहरुलाई चाँही हामीले समाएका छौँ । यस्ले दुईटा काम गर्छ एउटा प्राईभेट स्कुलले जति फि असुली गर्छ त्यो असुली कम गर्दा फरक नपर्ने भन्ने भयो, सरकारको इन्भस्टमेन्ट जुन छ त्यस्लाई यसरी गर्नुभयो भने तपाईको नतिजा शतप्रतिशत हुनसक्छ भन्ने भयो । त्यसकारण यस्ले एक वाणले दुईतिर हान्ने काम गरिरहेको छ ।

भनेपछि यो समता फाउण्डेशनबाट जुन बिद्यार्थी पास हुदैँगर्र्दा उस्ले कुन स्तरको मान्यता प्राप्त गर्छ, सरकारी स्तरको कि प्राईभेट स्तरको ?

अब हाम्रो देशको शिक्षाको मुल्यांकन भनेको एस.एल.सी हो । चाहे त्यो महंगो बिद्यालयमा पढोस् या सबभन्दा सस्तो सामुदायिक स्कुलमा पढोस् । बिद्यार्थीले एस.एल.सीमा डिस्टीङसन या प्रथम श्रेणी ल्यायो कि ल्याएन भन्ने हुन्छ । र अहिले सम्म हाम्रो बिद्यालयको यो ४९ औँ ब्याच हुन्छ यो ब्याचसम्ममा करिब २६०० बिद्यार्थीले एस.एल.सी. पास गर्छन् । मेरो बिचारमा पाँच, सात जना बाहेक अरु कोही द्धितिय श्रेणी छैनन् । सब बिशिष्ट र प्रथम श्रेणी रहेका छन् । त्यो मात्र होइन ११ र १२ मा हाम्रो जतिले परीक्षा दिएका छन् ती सबैले पास गरेका छन्, त्यसपछि द्यब्, द्यद्यब् मा पनि पास भएका छन् । यो बर्ष मास्टर्सको प्रथम बर्षको जाँच दिएका छन् दोस्रो बर्षमा उनीहरुको पढाई सुरु भइरहेको छ ।

भनेपछि देशमा एस.एल.सी. लाई मान्यता राखी पढाई हेरिन्छ, यसमा सरकारले ग्रेडिङ प्रणाली ल्याउनको लागि तयारी गरिसकेको छ यसमा समता फाउण्डेशनले कसरी लिईरहेको छ ?

समता स्कुललाई यस्ले केही पनि फरक पार्दैन, झन् अहिले यो ग्रेडिङको बारेमा हेर्नुस् सरकार कति मौन छ, किन मौन छ भन्दा सरकार नागरिकलाई झुक्काउन चाहन्छ, नागरिकलाई उल्लु बनाउन चाहन्छ । सरकारको उदेश्य के छैन भन्दा नागरिकले सुख पाओस् भन्ने छैन । सरकारेले एस.एल.सी. सुरु भएको ८१ बर्ष भयो र यो ८१ बर्षको परिवर्तनमा खै त जनतालाई जागरुप गराको, कुन जिल्लाको शिक्षा कार्यालयमा गएर कहिल्यै कहिल्यै यिनीहरुले जागरण कार्यक्रमहरु सुरु गरेका छन् । यो ग्रेडिङ प्रणाली सरकारी कर्मचारीहरुले पाँच बर्ष जागीर खाने एउटा माध्यम मात्र हो । ग्रेडिङ किन चाहियो तथा त्यसको फाइदा र बेफाइदा कस्लाई थाहा छ ? अहिले योे बर्षको शिक्षा अर्थात् एस.एल.सी. यसरी बिग्रियो कि बिद्यार्थीहरुलाई के भ्रम प¥यो भने त्यसै पास हुन्छ । त्यसलाई न सरकारले चिरेको छ न बिद्यालयले चिर्न सकेको छ । सरकार बताउँदैन बिद्यालयलाई थाहा छैन । यो ग्रेडिङले अझ डरलाग्दो स्थिती के छ भने हिजो उस्ले ३२ नम्बर ल्याएर एउदा बिषय पास गथ्र्यो भने अब पास हुनको लागि पनि ४० नम्बर ल्याउनु पर्ने भयो । जसकारणले यस्ले हाम्रो स्कुल छाडेर प्राईभेट स्कुललाई त एक इन्च पनि फक.रक पार्दैन । किनभने उस्ले जहिल्यै पनि डिस्टिङसन ल्याउथ्यो, फस्ट डिभिजन ल्याउथ्यो त्यसैलाई ग्रेडिङ गर्ने भयो, अब फेल को भईराखेको छ भन्दा सरकार नै फेल भईराखेको छ । सरकार मात्र होईन बिद्यार्थीका आमाबुवा फेल भईरहेका छन्, हाम्रो समाज फेल भईरहेको छ, हाम्रो शिक्षा फेल भईरहेको छ । यत्रो ठूलो जवाफदेहिता हुन्छ त्यहाँ भित्र र त्यो चिजको खोजी कसैले पनि गरिराखेको छैन । यो ग्रेडिङ गरेर प्राईभेट स्कुललाई त केही फरक पर्दैन फेरि पनि धजीया कस्को उड्छ त भन्दा सरकारी स्कुल कै उड्छ । ग्रेडिङको औचित्य के हो ?, ल ठिक छ सी ग्रेड भन्दा तल आउनेले गर्ने के त वा सबैले तपाईको एस.एल.सी. पास गर्छ भने तिनीहरले ं२ कहाँ गर्ने त नेपालमा त्यति धेरै ं२ त छैन । एउटा ं२ का स्वीकृत लिन कस्तो गाह्रो छ । यो देशको निती निर्माताहरु जो छन्, यो देशको प्लानरहरु जो बसेका छन् क्यचचथ, त्जभथ बचभ लयत ल्भउबष् ि।

किन उनीहरु नेपाली होइनभन्दा उस्को श्रीमती बिदेशमा छिन् ीयलमयल मा बस्छिन्, छोरा पनि बिदेशमा बस्छन् । अनीश्रीमतीलाई कार चाहिएको छ छोरीलाई घर चाहिएको छ । यहाँ पैसाको लागि रुख हुँदैन, संसारमा कहीँ पनि पैसा फल्ने रुख छैन । त्यहाँ त झन् गाह्रो छ जिन्दगी र त्यही गाह्रो जिन्दगीलाई सजिलो बनाउन उ यहाँ बसेको हुन्छ । त्यसकारणलाई उस्लाई यो देशको माया छैन । यो देश जेसुकै होस् उस्लाई यहाँबाट पैसा लानु छ पैसा कमाउनु छ । मेरो बिचारमा जुन फस्ट क्लास अफिसर हुन्छ नि त्यो देखिको सबैै कर्मचारी बिदेश जाने कोशिसमा छन् । सबैलाई बिदेश जानु छ कसैलाई यो देशको पर्वाह छैन तर तिनी नै यो देशका निती निर्माता हुन् । देश किन यस्तो अप्ठेरोमा आयो भन्दा त उनीहरुको कारणले । तपाई हेर्नुस् त्ग् लाई उठाएर त्यो त्ग् भन्ने यस्तो संस्थाले बिदेशबाट स्वीकुत लिएर आउ भन्छ तर आफुलाई स्वीकृत दिँदैैन । त्यस्तो नि संस्था हुन्छ उस्ले त बिदेशबाट ल्याउन लायो भनेर जे जे यो देशकाहरुलाई दिन्छ त्यो दिन पर्ने होनि । त्यसकारण यो के हो भन्दा उस्लाई यो देश चाहिएकै छैन । उस्लाई के चाहिएको छ भन्दा जसरी हुन्छ जागिर टिकाउने जे गर्दा हुन्छ पैसा आफुतिर आउने र जे गर्दा मेरा छोरा छोरी बिदेशमा बसेका छन् त्यसलाई पैसा पठाउने ।

जस्तो यो एस.एल.सी मा ग्रेडिङ प्रणाली ल्याउनको लागि त्यस्ता एउटा Interest group of people पनि छन् भन्छन् के यो साँचो हो ?

Interest group of people भनेको again I say like this की ती त्यही मान्छेहरु हो, जो बेस्सरी ठूला ठूला NGO / INGO सित संलग्न छन् । तिनीहरुलाई देश चाहिएको छैन । तिनीहरुलाई के चाहिएको छ भन्दा आफ्नो गल्ति अर्काको टाउकोमा हालेर छोपाउने बाटो चाहिएको छ । अहिले यीनिहरुले ग्रेडिङको सट्टा मेरो बिचारमा के गर्देको भए हुन्थ्यो भन्दा कुनै पनि बिद्यालयमा आउने बिद्यार्थीलाई फेल भएपछि त्यो मास्र्टस कारवाहीमा किन पर्दैन । एउटा बिद्यार्थीले एस.एल.सी पास गर्नु भनेको १३ बर्षको लगानी हो त्यो १३ बर्षको कमाई हो ।

२०६२ मा जुन बिद्यार्थी कक्षा १ मा हुन्छ २०७२ मा आएर बल्ल त्यो एस.एल.सी दिन्छ भनेपछि त्यत्रो लामो समय उस्ले कक्षा एकबाट उस्ले सामाजिक शिक्षा पढेको १० बर्ष पढ्दा पनि ३२ नम्बर उस्ले ल्याउन सक्दैन, त्यसको बावजुद त्यो मास्र्टस त्यही स्कुलमा पढाउँछ, रिटाएर पनि हुन्छ तपाईको पढाउन्जेल पनि पैसा खान्छ रिटाएर भएपछि पनि त्यही पैसा खान्छ तर उस्लाई कहिल्यै लाज लाग्दैन कि मैले पढाएको बिद्यार्थी पास हुन सकेन अब मैले यो काम गर्न हुँदैन भनेर । राज्यले ग्रेडिङभन्दा पनि के गर्न सक्थ्यो भने यी मास्टर्सहरुलाई कारवाही गर्न सक्थ्यो । एउटा बच्चा किन फेल हुने एउटा मात्र बच्चा फेल हुनु भनेको राष्ट्रको कत्रो ठूलो लगानी हो, देशको लागि कत्रो ठूलो घाटा हो त्यो । जो बच्चा एस.एल.सी. पास हुन्छ त्यसको सोच्ने ढंग नै फरक भएर आउँछ, आतमबिश्वास फरक भएर आउँछ, त्यसलाई जिउने तरीका फरक लिएर आउँछ तर जस्ले एस.एल.सी. फेल हुन्छ त्यसको तरिका एकदमै फरक हुन्छ । राज्यले यो २५ बर्षसम्म हामीलाई मात्र धोकै दियो धोकै दियो र यो ग्रेडिङ पनि अर्को धोकाको परिणाम हो मलाई त्यस्तो लाग्छ ।

जस्तो की यति धेरै समस्या हामी आफैले पहिचान गरिराखेका छौँ त्यो बिचमा हामी आफैले सम्बन्धि निकायलाई घच्घचाउन नसकेका हौँ ?

तपाईले सम्बन्धित निकाय नै कस्लाई भन्नुभयो, सम्बन्धित निकायले घच्घचाउने कि निकायलाई घच्घचाउने । सम्बन्धित निकाय भनेको के हो करा यहाँनिर बुझ्नुपर्छ । त्यहानिर तपाईको म्यानेजिङ डिरेक्टर हुन्छ त्यो भन्दा तलको पोस्ट हुन्छ । कतिधेरै मान्छे त्यहाँ कर्मचारी हुन्छ । ती मान्छेलाई त्यही कामको लागि नियुक्ती गरिएको हुन्छ । ति मान्छेले आएर हामीलाई घच्घचाउने होकी आमनागरिकलाई वा तिनीहरुलाई गएर यसो गर भन्ने हो ।उनीहरुले त्यहाँतलब लिएका छन् नी उनले त त्यो कामको जवाफदेहिता लिएका छन् तर त्यस्तो गरिरहेका छेनन् । एक दिन हो र एक बर्ष हो र पच्चिस बर्ष भयो । जुन दिन हाम्रो देशमा प्रजातन्त्र भित्रियो बागमति त्यहि दिनदेखि फोहोर भयो र अहिलेसम्म बागमति फोहोरको फोहोर नै छ । I think this is enough.

जतिबेला यो बिद्यालयको अवधारणा तपाईले परिकल्पना गरिराख्नु भएको थियो, त्यो दिन र आजको दिन बिचमा फरक के पाउनुभयो ?

हेर्नुस् म एक खालको बिद्रोही मान्छे हो, मेरो बिद्रोहको फरक के हो भने म चाँही पोजेटिभ बिद्रोही हो के । पोजेटिभ बिद्रोहीले चाँही कलम समाउँछ नेगेटिभ बिद्रोहले चाँही हतियार समाउँछ । बाबुराम भट्टराईहरु भनेको नेगेटिभ बिद्रोहीहरु हु्न् । उनीहरुको बिद्रोह जुन थियो त्यो नेगेटिभ थियो । उनले शत्रु भनेर आफ्नै दाजुभाईहरुलाई मा¥यो । संसारको जुन कुनामा गएपनि हाम्रो नागरिकता अथवा पासपोर्ट एउटै हुन्छ । अरु देशमा Jhapali you come here or Syajanli you come here पनि भन्दैन उनीहरु हामीलाई नेपाली भनेर बोलाउँछन् । भने त्यही मान्छेलाई शत्रु भनेर उनीहरुले मारे । त्यसकारणले मेरो एउटा धारणा चाँही के हो भन्दाखेरि जहाँनिर तपाईको अरुको कुरा सुनीदैँन त्यो Autocracy हो जहाँ अरुको कुरा सुनिन्छ त्यो Democracy हो । मैले बुझेको Democracy चाँही के हो भन्दा आफुभन्दा कमजोरको पनि कुरा सुनिनुपर्छ र त्यो सुनिने सबभन्दा ठूलो आधार भनेको शिक्षा हो । So I believe in democracy प्रजातन्त्रको जग भनेको शिक्षा हो । जहाँ शिक्षा हुँदैन त्यहाँ प्रजातन्त्र कहिल्यै हुँदैन । हो मेरो बिद्रोह त्यहाँनिर हो र मैले समता स्कुल यति सजिलो बनाउन खोजेको कारण के हो भनेदखि भन्ने गर्छन् प्रजातान्त्रिक समाजवाद के हो त यो प्रजातान्त्रिक समाजवाद ? प्रजातन्त्र र प्रजातान्त्रिक समाजवादको फ्युजन यो समता स्कुल हो । हेर्दा तपाईको अंग्रेजी मिडीयममा पढाउँछौ रु. १०० लिएर , शिक्षा तपाईको अरु महंगो स्कुल जस्तै छ, तर आउनलाई कसैलाई हिचक छैन । एउटा प्रिन्सिपलको छोरो पनि पढ्छ यहाँ पालेको छोरो पनि पढ्छ । प्रजातान्त्रिक समाजवाद भनेको यही हो । जहाँ जो कोही सजिलै सित आउन सक्छ ।

जस्तै यस बिद्यालयलाई ब्यवस्थापन गर्नको लागि तपाईले स्रोत कहाँबाट जुटाउनुभयो ?

बहुत् राम्रो प्रश्न गर्नुभयो र यो हजार पटक सोधीने प्रश्न हो । यसको रेडिमेट जवाफ हुन्छ मसंग, डा. उपेन्द्र महतो नाम तपाईहरु सबैले सुन्नुभएको नै छ । उहाँको ठूलो सहयोग छ । आठ, दश करोडको, त्यसपछि यसको सबभन्दा ठूलो कि अर्थात Backbone of Samata school कोही हो भने त्यो मदनकृष्ण र हरिबंश ज्यु हुनुहुन्छ । र यो संस्थालाई चाँहीले हामीले सकभर NGO, INGO को सहयोग अहिलेसम्म सकभर नलिएर नेपाली मान्छेहरु नै जो संसार भरि छरिएर छन् र बिदेशी मान्छेहरु पनि जो सञ्चार माध्यमको कारणले हामीलाई हेरेर हामीलाई बुझेर हाम्रो बारेमा डकुमेन्ट्रीहरु बनाईदिएर जुन बिदेशीहरुले मदत गर्छन् उनीहरुका मदतहरु हुन् । जसको कारणले यो संस्था चलेको छ ।

For your kind information हामी अहिले ४२ जिल्लामा छौँ अबको तिन बर्ष भनेको २०७५ साल भित्रमा हामी यसलाई साना साना जत्रो स्कुल भएपनि ७५ वटै जिल्लामा यसलाई स्थापना गराउने र यसलाई ं२ गराउने एउटा एउटा TU को BBS कलेज हालेर यो सारा सम्पत्ति शिक्षा मन्त्रालयलाई ठूलो एउटम सर्वजनिक समारोहका हस्तान्तरण गर्ने र शिक्षा मन्त्रालयलाई भन्ने की हेर्नुस् शिक्षा यसरी पनि चलाउन सकिन्छ । त्यसकारणले अहिले म सारा प्रोपटीहरु बटुल्दै छु कस्लाई दिन भन्दा राज्यलाई दिनको लागि जिम्मा लगाउनको लागि साथै उस्लाई गरेर देखाउनको लागि । यो जति दौडधुप मैले गरिराखेको छु यो सारा सम्पत्ति मैले राज्यलाई हस्तान्तरण गर्नको लागि हो ।

तपाई अहिले ४२ जिल्लामा हुनुहुन्छ र अब ७५ वटै जिल्लामा जाने तयारीमा हुनुहुन्छ के तपाई ती जिल्लाहरुमा जाँदा त्यहाँका स्थानिय बिद्यालयहरुले तपाईलाई सजिलै काम गर्ने वाताबरण प्रदान गर्छ ?

यो पनि सँधै सोधिने प्रश्न हो मेरो लागि, तपाईले एउटा बस किनेर बाटोमा चलाउन सक्नुहुन्न यो देशमा, बाटो ब्यवसायीले बनाउने होइन नी देशमा बाटो त राज्यले बनाउँछ नि । राज्यले बनाईदिएको बाटोमा एउटा ग्रुपले बस चलाउन दिँदैन । तपाईको बसको मुल्यभन्दा धेरै मुल्य तिरेर तपाईले रुट किन्नपर्छ । जबकि त्यो रुट तपाईको कहिल्यै होइन ।

अब भन्नुस प्याबसन नाम गरेको एउटा यत्रो ठूलो संस्था छ त्यस्ले मलाई कस्तो गर्छ होला त्यो म कसरी बताउ तपाइलाई । म भर्खर सर्बोच्च अदालतको मुद्धा लडेर जिते प्याबसनसंग, बिराटनगरको जिल्ला अदालतको मुद्धा जिँते । दुईटा मुद्धा हालेका थिए उनीहरुले हामीलाई समता स्कुल चल्न हुन्न भनि अहिले पनि हामीलाई बिराटनगरमा धेरै अप्ठेरो पारिराखेको छ बिराटनगरमा र ब्अअयचमष्लतय ल्बनबचष् म्बष्लष्प उनीहरुले के निकाल्छ भनेदेखि ८२ प्रतिशत सरकारी कर्मचारीहरु देश लुट्न लागेका छन् चार्ट निकालेका छन् । ७९ प्रतिशत नेताहरु देश लुट्न लागेका छन् भनी निकालेका छन् । ६१ प्रतिशत प्रहरीहरु पनि देश लुट्न लागेका छन् । ७५ ंप्रतिशत वकिल र अधिवक्ता देश लुट्न लागेका छन् भनेर उनीहरुले निकालेका छन् । अख्तियारका ३७ प्रतिशत मानिस पनि लागेका छन् भनेर उनीहरुले निकालेका छन् । यदि यस्तो हो भने मैले यो संस्था ति २० प्रतिशत राम्रा कर्मचारी भएको बेलामा मात्र दर्ता गरेर चलाउने हो । नत्र मलाई कति गाह्रो कष्ट छ भन्ने कुरा त्यो म बताउन सक्दिन । मेरो ९५ प्रतिशत दिमाग चाँही यही नराम्रा कुरालाई समाधान गर्दैमा गईरहेको छ ।

यो त मैले गर्न पाएको ५ प्रतिशत मात्रै हो । यदि मैले ५ प्रतिशत समस्या र ९५ प्रतिशत काम गर्न पाएको भए त अहिलेसम्म मैले मेरा इच्छा अनुसार एउटा जिल्लामा १००० हजार बिद्यार्थी पढाउने हो । जसबाट ७५ जिल्लाबाट ७५ हजार बिद्यार्थी आउँछन् यति बिद्यार्थी भनेको राज्यको लागि धेरै ठूलो मदत हो र राजयलाई मदत भनेको हाम्रो कर बच्छ । जुम्लामा बस्ने मानिसले एउटा औषधीमा तिर्ने कर बच्छ । त त्यो रकम अर्को कुनै बिकास निर्माणको कार्यमा जाने भयो । बिजुली कम बाल्नु भनेको पनि बिजुली उत्पादन गर्नु हो त्यसैगरि एउटा मान्छेले राज्यलाई कुनै तवरबाट मदत गर्छ भने त्यो मदतले राज्यलाई अर्को तर्फबाट मदत मिल्छ भन्ने मेरो बुझाई हो । त्यसपछि राज्यलाई मदत गरेको उपलक्ष्यमा फेरि राज्यले मदत गर्दैन ।

जस्तो यो भुकम्प गएपछि म त यो देशको हिरो हो तर मलाई कसैले हिरो बनाएन किनभने देखि बाँसका भयंकर चर्चा भयो । जबकि म आज भन्दा १५ बर्ष अगाडी बाँसको घर बनाएर स्कुल चलाईरहेको थिए । शिक्षा मन्त्रालयमा बैठक हुँदा हामीले समता स्कुललाई फलो गर्नुपर्छ, त्यस्तो स्कुल हामीले सबै ठाउँमा बनाउनुपर्छ भन्दा त्यो कुरा त्यहाँ चुपचाप गराईयो । कारण के त भन्दा यो बनाउँदा सस्तोमा बन्छ चाँडो बन्छ यस्लाई भुकम्पले असर पार्दैन सबै आउनसक्छन् सजिलो छ बच्चा भित्र पस्नासाग सुरक्षित महसुस गर्छन् । जसबाट राज्यले केही पाउँदैन । राज्यले त कमिसन कसरी लिनुपर्ने भन्ने हो । समता स्कुल बनाउँदा एक करोड लाग्ला उहाँ २० करोडको बिल कसरी बनाउने र कसैले पनि मलाई उद्गारै गरेनन् । आखिर म पनि त यो देशको नागरिक हो जस्ले ९५ प्रतिशत समस्या सहेर अरुलाई सुख होस् भनेर लागिरहेछ । यसको प्रत्यक्ष फाइदा भनेको राजनितीज्ञलाई हुन्छ तिनीहरुल जो अपराध गरिराखेका छन् त्यसलाई हामीले ग्रिच हालेर सजिलो बाइदिएका छौ । अहिले मसित ४२ हजार जति बच्चाहरु छन् र यसमा पाँच जनाल मात्रै बिरोध नगर्दा पनि राज्य सञ्चालकलाई कति सजिलो हुन्छ । र फेरि उनीहरु मलाई नै सताईराख्छन् । त्यसकारण यो २० प्रतिशत असल कर्मचारी जहिले जहिले शिक्षा कार्यालयमा हुन्छ जहिले जहिले त्ग् मा पर्छन् जहिले मेरो दर्ता मिलाउने बेला पर्छन् म त्यतिखेर दर्ता ल्याएर काम सुरु गर्छु ।

यति धेरै समस्यै समस्या छ तर पनि तपाई अझ काम गर्ने उर्जा घटेको छैन, तपाईको भित्री के कुराले तपाईलाई पे्ररणा दिएका छ ?

धेरै राम्रो प्रश्न गर्नुभयो, मैले सुरुमा के निवेदन गरेको थिए भन्दा म प्रजातन्त्र स्थापना गर्न चाहन्छु देशमा, प्रजातन्त्र भनेको नेपाली कांग्रेसको ठेक्का होइन । स्व. सुशील कोइरालाले , स्व. गिरिजा प्र. कोइरालाले बुझेको प्रजातन्त्र मैले बुझेको छैन । मैले बुझेको प्रजातन्त्र भनेको शिक्षा सहितको प्रजातन्त्र हो र जहाँ शिक्षा हुन्छ त्यहाँ बहस हुन्छ । शिक्षा भएपछि मानिसले आफ्नो अधिकार थाहा पाउँछ,र जहाँनिर अधिकार थाहा हुन्छ त्यहाँनिर उसले प्रजातन्त्रलाई उपभोग गर्नसक्छ ।

उदाहरणको निम्ती मेरो छोरा छोरीको एस.एल.सी. को परीक्षा आईरहेको छ र मेरो छिमेकीको घरमा बिहे आईरहेको छ । उस्ले त्यहाँ गित बजाएर मेरो छोरा छोरीलाई पढ्न नदिने होकी, राती कराईदिएर झगडा गर्ने होकी, यस्ता हुनसक्छ । जापानमा आफुले गरेको कामले अरुलाई असर पर्छ भनेर मोबाइल फोन बनायो । फेरि घण्टीले असर पा¥यो भनेर उनीहरुले भाईबे्रसन राख्यो । मैले गरेको कर्मले अरुलाई जहाँनिर चोट पुग्दैन त्यो मैले बुझेको प्रजातन्त्र हो । त्यसकारणले म त्यो प्रजातन्त्र स्थापना गराउन चाहन्छु, हाम्रो मात्र देश यस्तो होला जहाँ हरेक बिहान २० औँ पत्रिकामा इउष्लयल हरु लेखिन्छ । २० औँ टेलिभिजनमा इउष्लष्यल हरु सुनिन्छ । रेडियोमा त्यत्तिकै अन्तरवार्ताहरु आईरहेका हुन्छन् ।

सबै सिकाउन चाहन्छन् तर गर्ने को हो त । म चाँही गरेर देखाउन चाहन्छु सिकाउन होइन । यसलाई तपाईले उर्जा भन्नुभयो कसले गर्ने त कसैन कसैले त गर्नुप¥यो नि त जिम्मेवारी लिनप¥यो नि त । यत्रो २ करोड ६५ लाख मान्छेमा कोही न कोही त लाग्दिन प¥यो नि त कसैको लागि । नत्र एउटा आर्थिक अबस्था कमजोर भएको असक्षम मान्छे ति त कहिल्यै माथि नआउने भए । ति मान्छेको सुनुवाई कहिल्यै हुने त । मेरो स्कुलबाट मेरो बिचारमा करि ५० नर्स छन्, ७५ जना इन्जिनियर छन्, १२ जना एम.बि.बि.एस. डाक्टर छन्, ४ जना सि.ए. छन्, बिदेश गएका पनि छन् । मेरो बिचारमा मेरो बिद्यालयबाट निक्लेका बिद्यार्थीहरु मेरो एउटा मार्गदर्शन राम्रो हुनसक्यो वा सकेन भन्ने त्यो प्रमाण हो । अब बि.बि.एसको चौथो बर्ष सकेका बिद्यार्थीहरुलाई लोकसेवा पढाउँदै छु । आठ महिनाको ग्यापमा लोकसेवा पढाएर १० बर्षभित्र सरकारको सबै निकायभित्र म मेरो बच्चाहरु छिराउने तयारीमा छु । ताकि देशमा आमुल परिवर्तन र बिस्तारै भएको परिवर्तनको म कामना गर्न चाहन्छु र त्यसमा अहिले म तल्लिन छु । मेरो बिद्यालयबाट शिक्षा लिई गईसकेको मानिसले नचाहिने काम चाँही गर्दैन भन्ने आशा छ ।

अलिकति बिषय मोडौँ तपाईले बुझ्नु भएको बिषय मोडौँ तपाईले बुझ्न् भएको नेपाल के हो ?

मैले बुझेको नेपालचाँही यो संसारको सबैभन्दा सुन्दर देश हो, कारण प्राकृतिक सुन्दरता । सबैभन्दा असुन्दर देश हो कारण असक्षम नेता नालायक नेताहरु भएको देश हो । सबभन्दा यो देशको नालायक भनेका राजा बिरेन्द्र हो, त्यो मान्छेको पालोमा राजा महेन्द्रे जे कुराहरु बनाईदिएका थिए एक जना पुलिस गएर सिंगो गाउँ ठिक पारिदिन्थ्यो, शान्ति सुरक्षाको बिषय लिएर जनता त्यति जागरुप थिए । त्यतिबेला राजा बिरेन्द्रले सय वटा जहाज मात्र किनिदिएको भए तपाईले आज मलाई नेपाल के भनेर सोध्नु पर्दैन थियो, आज हाम्रो देशका अबस्था यो हुँदैनथ्यो होला अनि प्रचण्डहरु जन्मिदैन थिए होलान् । किनभने कमिनिष्ट भनेको के हो ? हसिँया हतौडा मान्छेले हिनता बोधको पराकाष्ट हुँदा बोक्छ । प्रचण्ड, बाबुराम भनेको हिनता बोधको पराकाष्टका नमुनाहरु हुन् । ति नमुनासंगै अरु कति नमुनाहरु रहेछन् जस्लाई उनले संकलन गर्न भ्याए ।

यो हसिँया हतौडा नआउनको लागि सम्पन्नता चाहियो । जहाँ सम्पन्नता हुन्छ त्यहाँ हसिँया हतौडाले चिहाउन पनि सक्दैन । हसिँया हतौडा भनेको जस्ले बिनासै गर्छ यस्ले संसारमा मेरो बिचारमा करोडौँ मान्छेको ज्यान लियो होला । किनभने त्यो चिन्ह नै कलम होइन हतियार हो र हतियार बोकेका मान्छेसित आशा गर्न सकिन्छ । त्यसकारण मचाँही बच्चाहरुलाई कलम बोकाउने इच्छा राख्दछु किनकी कलमको लडाई राम्रो हुन्छ । फेरि तपाईले बाबुराम भट्टराई त पढेको छ भन्नु हुन्छ होला तपाईको के हुन्छ भने एउटा पढ्ने हुन्छ अर्को शिक्षा हुन्छ पढ्ने र शिक्षामा फरक हुन्छ । एउटा मान्छे पढेर पढैया हुनसकछ तर उ शिक्षीत हुन सक्दैन तर एउटा शिक्षित मान्छे पढेको पनि हुन्छ । म चाँही आफ्नो यो बिद्यालयबाट शिक्षित बिद्यार्थीहरु निकाल्न चाहन्छु । र त्यही हो नेपाल ।

तमाम युवालाई तपाई के भन्न चाहनुहुन्छ ?

सजिलो कुरा छ, सबैलाई अमेरिका जाने रहर छ, सबैलाई जापान युरोप जाने रहर छ, तपाई पनि जान चाहनुहुन्छ होला । त्यस्तो रहर किन बढेर आयो त भन्दाखेरि त्यहाँ देखिएका भव्यताले गर्दा हो । ठूला ठूला भवन छ, त्यहाँ बाटो छ, सबैभन्दा ठूलो कुरा त्यहाँ सिस्टम छ र तपाई काम गर्न चाहनुभयो भने काम गर्न चाहनुहुन्छ । यहाँ तपाईले चाहेर पनि काम गर्न पाउनुहुन्न । किनभने डिजेल पेट्रोल अरुले हामीलाई भनेजति पैसा दिए पछि मात्र दिन्छ । अहिले पाँच लिटर तेलको लागि पनि तिन चार दिन लाइन बसेर दुख कष्ट खाईराख्नु परेको छ । ती सबै कुराको लोभ अमेरिका जापान हामीले जुन देख्यौँ नि त्यो कुनै रातारात बिश्वकर्माले बनाईदिएको होइन । ति मान्छेहरु संसारका सबैभन्दा क्रुर मान्छेहरु हुन् ।

किनभने यिनीहरुले यति धेरै अभ्यासहरु गरे प्रजातन्त्रको अभ्यास गरे अरुको अभ्यास गरे त्यो समय बिचमा मेरो बिचारमा उनीहरुले १.४ करोड मान्छेहरु मारे अहिलेसम्म आईपुग्दा भने मुस्लिमहरुको धार्मिक लडाँईले ९४ करोड मानिसहरु मारे भनेको मतलब उनीहरु कति कठोर छन् होला त ? हाम्रो यो सिस्टम यो सब चिज रातारात कुनै बिश्वकर्माले बनाइदिएको होइन । हाम्रो चाँही देश यति प्रकृतीले भरिएको छ जहाँनिर जम्मा काम गरेहुन्छ । हिजो उनीहरुलाई एउटा नट बोल्ड किनेर ल्याउनको लागि बनाएर ल्याउनु पथ्र्यो । उनीहरुलाई जुन काम ५० बर्ष लाग्यो भने अब १० बर्षभित्र हुन्छ र सँधै आफ्नो घर भत्कियो भनेर अर्काको घरमा गएर बसिरहन पनि सकिँदैन हामी सबै युवा साथीहरु जति छौँ बिदेशमा छौँ स्वदेशमा छौँ अब परिवर्तन खोजौँ किनभने अहिले हाम्रो राजनितीक रुपमा अगाडी देखिएकाहरु तिनीहरु फेलर हुन् । उनीहरुबाट अब केही पनि हुँदैन । अझ यसरी भनु गोरु ब्याउँदै ब्याउँदैन । त्यसमा उनीहरुले कुरा हामीलाई पार गरिसके कि हामीबाट केही हुँदैन भनेर हामी गर्न सक्दैनौ भन्दा पनि हाम्रा युवाहरु बरु रुँदै रुँदै अरबको खाडीमा आफ्नो जग्गा साहुजीका बन्धक राखेर जान्छन् तर आफ्नो हक र अधिकारका लागि कराउँदैनन् ।

अब कराउने कस्को पक्षमा लागेर भन्ने त्यो पनि एउटा समस्या रहेको छ । युवाहरुको एउटा संगठन बनाउँ अब चेतनशिल युवाहरुले एउटा संस्था तयार गरौँ अब हामी आफ्नो अधिकारको लागि यही देशमा संघर्ष गर्नुपर्छ । हामी यति भाग्यमानी युवाहरु हौँ मेरो बिचारमा किनभने हामी भताभुंग भएको बेलामा परेको छौँ अभागी कुरा यो भएपनि देश बनाउने भाग्य हाम्रो टाउकोम परेको छ जस्ले गर्दा हामी भाग्यमानी छौँ । अहिले हामी ३० बर्षको छौँ १० बर्षपछि हामी युवा रहँदैनौ । नरहेपछि हाम्रा छोराछोरीले हामीलाई भोली के सोध्नेछन् भने पिताजी तपाईले हमेशा राजनितीक मानिसलाई मात्र गाली गर्नुभयो अरुलाई मात्र दोष देखाउनुभयो तपाईले चाँही यो देशलाई के गर्नुभयो भने के भन्ने । त्यसकारणले भागेर कुनै पनि समस्याको समाधान हुन्दैन । हामी अब त संसार गएर संसार देखेर अब संसार हाम्रो औलामा आईसकेको छ अब संसारको परिचय दिन जरुरी छैन । अब रामायणका कथा सुनाराख्न जरुरी छैन अब त प्रमाण चाहिएको छ । त्यो प्रमाण भनेको युवाहरुले दिनसक्छ र ती युवाहरुको समुह बनाउनसक्छ ।

म हात जोडेर के भन्न चाहन्छुभने हामी देश छोडेर भाग्ने होइन की अब हामी एक हौँ देशको बागडोर हामी सम्हालौँ । हुदाँेरहेछ नी एक सय रुपैँयामा आजभन्दा १५ बर्ष अगाडी बाँसले बनाएको स्कुलमा अंग्रेजी माध्यममा पढाएर मान्छेले बिशिष्ट श्रेणी ल्याएर सुनाको भए मेरो कुरा कस्ले सुन्थ्यो होला संसारको त्यो दिन म भन्दा ठूलो पागल कोही हुँदैनथ्यो होला । कुरा सुन्दैन थियो होला र सुनेपनि मलाई पाटन अस्पताल पुराउँथ्यो होला तर प्रमाणित त हुँदो रहेछ नी । आउनुस हामी हरेक क्षेत्रबाट उठाँै यो देशलाई मेचीबाट उठाऔँ, कालीबाट उठाऔँ र यो देशलाई हामी लिड गरौँ । हामीले नगरिकन यो देश अगाडी बढ्दैन, म त्यही भन्न चाहन्छु ।

प्रकाशित मिति : २०७२, १ चैत्र सोमबार १६:१७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो