राजनीतिक स्थिरतासँगै समृद्धि – उपप्रधानमन्त्री यादव

शुभ खबर, संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताउनुभएको छ ।

संघीय प्रेस फोरम कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले गरिबी निवारणका लागि कृषिको आधुनिकीकरण, पर्यटन, जलस्रोतको उपयोगका साथै उद्योगधन्दाको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

संविधान निर्माणका क्रममा भएका त्रुटिलाई संशोधनको माध्यमबाट सुधार गर्दै अगाडि बढ्ने उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सँग भएको दुईबुँदे सहमतिका आधारमा संघीय समाजवादी फोरम सरकारमा सामेल भएको उहाँले बताउनुभयो ।

संघीय समाजवादी फोरमको सहभागितासँगै दुई तिहाइभन्दा बढी बहुमतको सरकार बनेको बताउँदै उहाँले भन्नुभयो ‘‘कानून बनाएर प्रदेशलाई अधिकार सम्पन्न बनाउन अपरिहार्य छ ।’’

पहिचान, समावेशीता, स्वायतत्ता, सुशासनलगायतका जनताका आधारभूत आवश्यकताका रुपमा रहेका शिक्षा, स्वास्थ्य, आवास, खानेपानीलगायतका आवश्यकतालाई पूरा गराउन आफू सक्रियपूर्वक लाग्ने उहाँले बताउनुभयो ।

मुलुकमा रहेको ठूलो आर्थिक व्यापार घाटा, गरिबी र बेरोजगार ढिलासुस्तीजस्ता विकृतिको अन्त्य गरी मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाइने बताउँदै उहाँले स्वास्थ्य बीमालाई समिति गठन गरेर व्यवस्थित गरिने जानकारी दिनुभयो । (रासस)

प्रकाशित मिति : २०७५, २६ जेष्ठ शनिबार १४:५३

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो