विश्व पर्वतारोहण महासंघको बैठक शुरु

शुभ खबर, विश्व पर्वतारोहण महासङ्घ ‘युनियन अफ इन्टरनेश्नल अल्पाइन एसोसिएसन’ को व्यवस्थापन समितिको बैठक काठमाडौँमा शुरु भएको छ ।

नेपाल पर्वतारोहण सङ्घद्वारा आयोजित दुईदिने बैठकमा महासंघ आबद्ध संस्थाका प्रमुख तथा प्रतिनिधिसहित करिब ३७ देशीय प्रतिनिधिको सहभागिता रहेको छ । बैठकमा जलवायु परिवर्तनले हिमालमा पारेको असर, वातावरणीय प्रभाव र जोखिम न्यूनीकरणका उपायबारे विश्व समुदायको ध्यानाकर्षण गराउनेबारे छलफल केन्द्रित हुनेछ ।

अहिलेको बैठकमा खासगरी हिमाल आरोहणलाई सुरक्षित बनाउने र जलवायु परिवर्तनको जोखिम न्यूनीकरण उपायबारे छलफल हुने महासङ्घका महासचिव कुलबहादुर गुरुङले बताउनुभयो । उहाँले विश्व पर्वतारोहण महासंघका ३७ देशका सचिवालय सदस्यको नेपाल भ्रमण आफैँमा महत्वपूर्ण भएकोले यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नेपालमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल छन् भनेर घोषणा गर्न पनि यो बैठकलाई महत्वपूर्ण थलोको रुपमा लिइएको छ । महासचिव गुरुङले भन्नुभयो, “अहिले विश्वका आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल नेपालमा छन् भनिएको छ, तर हामीले त्यस्ता हिमाल १४ वटा छन् भनेर पहल गरिरहेका छौँ, महासंघको मापदण्डअनुरुप केही प्राविधिक कुरामात्र नमिलेकाले यो बैठकमा छलफल भएर घोषणा हुन पाए उपलब्धिमूलक हुने थियो ।”

नेपाल सरकारले घोषणा गरेपनि यस्ता हिमाल कतिवटा छन् भनेर विश्व पर्वतारोहण महासंघले अनुमोदन गर्नुपर्छ । लामो समयको पहलपछि यस्तो महत्वपूर्ण बैठक नेपालमा आयोजना हुनुले विश्व पर्यटन बजारमा सकारात्मक सन्देश जाने आयोजकको दाबी छ ।

यसअघि इरानमा भएको महासंघको वार्षिक साधारणसभामा नेपालले जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र सगरमाथालगायत अन्य हिमालमा वातावरण प्रदूषण बढेको एजेण्डा राखेको थियो । हिमाल संरक्षणका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा सन्देश पु¥याई साझेदारी गर्न पहल गरिएको संस्थाले जनाएको छ ।

बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले नेपालको पर्वतीय पर्यटनलाई विश्व बजारमा फैलाउन बैठक महत्वपूर्ण हुने बताउनुभयो ।

विश्व पर्वतारोहण महासंघका अध्यक्ष फ्रिट्स् वृजल्याण्डले पर्वतीय पर्यटनका जल्दाबल्दा विषयलाई सामरिक प्रयासबाट समाधान गर्न बैठक उपयोगी हुने बताउनुभयो । (रासस)

प्रकाशित मिति : २०७४, १० चैत्र शनिबार १२:४५

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो