पर्यटनमा युवाको एकदमै खाँचो छ : गोविन्द गुरुङ्ग

गोविन्द गुरुङ्ग  सन् २०१३ मा स्थापति ट्याग नेपालको माध्यमबाट पर्यटकीय क्षेत्रमा सक्रिय रहेको छ । ब्यक्तिगत रुपमा भन्नुपर्दा गुरुङ पहिला आफ्नो मात्र करियर कसरी बन्छ भनेर हिँडेको मान्छे ट्याग नेपालमा आउन अघि अन्य क्षेत्रमा स्टाफको रुपमा काम गरेको थिए । तर अहिले आएर ट्याग नेपालको माध्यमबाट सम्रग पर्यटकीय क्षेत्रको बिकास कसरी गर्न सकिन्छ र यसलाई उत्कृष्ट स्थापित क्षेत्रको रुपमा कसरी चिनाउन सकिन्छ भनेर हिँडी रहेका छन् । उनको उदेश्य भनेको पर्यटकीय क्षेत्रमा जो कोही संलग्न हुन्छ, उसले चाँही गौरव महसुस गरोस् र उसको ब्यक्तित्व समाजमा राम्रो साथै बलियो बनाउने खालको उद्योगको रुपमा स्थापित गरोस भन्ने नै थियो । उनीलाई थाहा थियो एक्लैले कही पनि केही गर्न त सक्दिन तर समुह हुने हो भने जस्तो सुकै काम पनि सहजकताका साथ गर्न सकिन्छ भन्ने । उनी गोविन्द गुरुङ्गसँग शुभ खबरको संबाददाताले गरेको एक अन्तरमनको कुराकानी |

तपाईले त्यो ब्यवसायको सुरुवाती देखि अहिलेसम्म आइपुग्दा कस्तो कस्तो चुनौतीको सामना गर्नुभयो ?

सबैको जिन्दगीमा चुनौती त हुन्छ नै, जसले मलाई नजिकबाट चिन्नुभएको छ उहाँहरुलाई लाग्न सक्छ कि मैले धेरै नै चुनौतीको सामना गरेको छु । म आफैले भन्नुपर्दा त्यो सामान्य कुरा थियो तर त्यही सामान्य कुरालाई स्मार्ट तरिकाले गर्ने प्रयास गरेको कारणले नै आज म यो स्थानमा छु जस्तो मलाई लाग्छ । कुनै पनि कुराको मेन प्वाइन्टलाई ध्यान दिएर काम गरेमा सफल भइन्छ भन्ने मलाई आजको दिनमा महसुस गरेको छु । हुनत काम गर्दै जाँदा धेरै अप्ठेरा परिस्थितीहरु आए । अहिलेसम्म मेरो कार्य अन्तर्गत मेरा पर्यटकहरुलाई उद्धार गर्नुपर्ने परिस्थिती आएको छैन । एकजना मेरो स्टाफ बिरामी हुँदा चाँहि उसको लागि काम गर्दा मैले २५ घण्टासम्म निरन्तर खटिनुपर्ने अबस्था आएको थियो । बिहानको ५ बजेदेखि रातिको १२ बजेसम्म काम गर्नु त्यही सजिलो पक्कै छैन । म एउटा निर्णय लिने पदमा बसेको मान्छेलाई थाहा हुन्छ कि कतिपय ठाउँमा यो एकदम सजिलो हुन्छ भने कतिपय ठाउँमा यो धेरै गाह्रो पनि हुन सक्छ त्यो हिसाबले मैले धेरै गाह्रो परिस्थितीको सामना गर्नुपरेको छ । तर समकक्षीहरुले गोविन्द ज्यु तपाईले यो काम धेरै राम्रो गर्नुभयो भन्दा मलाई एकदम नै गौरव महसुस हुन्छ । चुनौती संगसंगै म आफ्नो कामदेखि धेरै खुसी थिए । मैले जे गरे म यो काममा खुसी छु त्यसकारण मैले यसलाई मेरो चुनौतीको रुपमा लिएको छैन । किनकी यो सबैको जिवनमा भईरहेको छ ।

तपाई मोडलिङ क्षेत्रमा जान लाग्नु भएको मान्छ पछि पर्यटकीय क्षेत्रमा लाग्नुभयो । पर्यटकीय क्षेत्रको कुन कुराले तपाईलाई यस क्षेत्रमा सक्रिय भएर लाग्न आकर्षित ग¥यो त ?

मोडलिङ मेरो रुचि थियो । मैले एउटा फिल्म गरेँ अनि बिभिन्न पत्रिकामा मोडलको रुपमा काम गरेँ । अहिले पनि मौका पाए भने म काम गर्नेछु । तर मेरो धेरै कुराको कमजोरी छ मोडलिङको लागि तर मान्छेको इच्छाको लागि मोडलिङ करिअरको पछि लागेको हुँ । नेपालमा मोडलिङमा नै एउटा बलियो भविष्य रहेको साथै आज अझै गाह्रो पनि छ तर मेरो त त्यही मोडलिङ हुनको लागि केही कमजोरिहरु रहेको छ । मैले मेरो कमजोरि त बुझ्नु पर्छ नि होइन । कति कमजोरिहरु त हटाउन पनि सकिन्छ भने कति कमजोरिहरु सुर्धान पनि सकिँदैन । मैले त्यही कारणले मोडलिङलाई चाँहि बिसर्सिए । पर्यटकिय क्षत्रमा भने मेरो अंकलहरुले कुरा गरेको सुन्दा यसमा चाँही मेरो भविष्य राम्रो हुन्छ, यसमा मैे केही गर्नसक्छु भनेर यसको बिभिन्न तालिमहरु लिए अनि अन्तर्वाताहरु दिइयो पास भएपछि यो फिल्डमा सक्रिय भए ।

पर्यटकिय क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्याहरु सम्बन्धित पक्षले समाधान गर्न सकिरहेको छैन यसको कारण चाँहि के हो जस्तो लाग्छ तपाईलाई ?

पहिलो कुरा त शिक्षा नै हो । त्यसपछि अर्को भनेको मान्छेको नराम्रो इष्र्याको कारणले हुनसक्छ । पहिलाको परम्परागत पर्यटकिय गतिबिधिलाई अहिले ८० प्रतिशत हामी जस्ता युवाहरु आएर त्यसमा आफ्नो नयाँ आईडियाहरु राखेर नयाँपन ल्याउन कोशिस त गरिरहेका छन् जसमा म पनि पर्छु होला । समस्याहरु भन्नुपर्दा तपाईको प्रोफेसनल तरिकाले तालिमहरु नहुने साथै अर्को भन्नुपर्दा गरिबी पनि हो । बेरोजगार रहेका छन् जसले गर्दा अलिकति मौका पायो भने मान्छेहरु कमाई हाल्न खोज्छन् । लगानी गर्न चाहँदैनन् एकैचोटी कमाई हाल्न चाहन्छन् । त्यो एउटा लक्ष्यको कमी पनि हो । एउटा रिक्सा चालकदेखि होटलको मालिक सम्मले सेवालाई क्याससंग नै तुलना गर्ने गर्छन् ।

त्यो कतिपय ठाँउमा मिल्दैन, एउटा सहयोगी भावनाले पनि हेर्नुपर्छ कहिल्यै काँही । मान्छेमा त्यस किसिमको ब्यबहारको बिकास नभएसम्म पर्यटकिय क्षेत्रमा उल्लेखनिय बिकास भने हुन सक्दैन । सबै कुरामा स्वार्थ लुकेको हुन्छ भन्छन् तर त्यो स्वार्थ भनेको एउटा सिमा सम्म हुनपर्छ । यदि कोही पर्यटक आएको छ भने हामीले उसलाई सहयोग गर्ने बित्तिकै उसबाट टिप्स पाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । हामीलाई उसले टिप्स दिएन भन्ने सोच्छौ तर हामीले उसलाई सहयोग गरिदिएको कारणले उसले नेपालबाट सकारात्मक सन्देश पायो होला भन्ने कुरा सोच्दैन ।

हाम्रो सहयोगको कारणले उसले नेपालको बारेमा आफ्नो देशमा गएर नेपालको मान्छे यसरी सहयोग ग¥यो त्यहाँको मान्छेहरु कति सहयोगी रहेछन्, भन्ने कुरा गर्छन् । नेपालको भविष्य भनेको तपाई हामी सबैको भविष्य हो त्यसकारण नेपालको बिषयमा सकारात्मक सन्देश कसरी दिन सकिन्छ भन्ने बिषयको तालिमहरु चाँही यहाँ आयोजना हुन जरुरी रहेको म देख्छु । मैले अहिलेसम्म ९ वटा देश घुमेको छु । म गत साल कम्वोडिया पुगेको थिए जुन पनि अबिकसित देश नै हो । त्यहाँको पर्यटकिय क्षेत्रमा जाँदा त्यहाँका सबै मान्छेहरु पर्यटकलाई सहयोग गर्ने चाहन्थ्ये । हाम्रो देशमा त्यस्तो प्रक्रिया हुन आवश्यक छ । यो कुरामा क्वालीटि र क्वान्टिटी भन्ने कुरा ज्यादै आवश्यक छ । छोटो रुपमा भनेर हुने कुरा त होइन तापनि एउटा प्रोफेसनल टिमले यो क्षेत्रका मानिसहरुलाई हस्पिटालिटी शिक्षा दिन एकदमै आवश्यक छ जसले गर्दा सबैजनालाई एउटा पर्यटनको बारेमा सकरात्मक सन्देश जानसक्छ र हाम्रो पर्यटनको बिकास हुनसक्छ ।

तपाईको उमेरको प्रायः युवाहरु बिदेशिरहेका छन्, त्यस्ता युवाहरुलाई चाँहि पर्यटकिय क्षेत्रमा नै आकर्षित गर्नको लागि सम्बन्धित पक्षहरुले कस्तो रणनिती ल्याउनुपर्छ जस्तो लाग्छ ?

मेरो ब्यक्तिगत मिसन नै यहि बनेको छ । यो चाँही देशकै लागि एकदम जटिल परिस्थिती हो साथै ठूलो समस्या पनि । यो प्रश्नको बारेमा चाँही म जहिले नै चिन्तित छु । किनभने आज भन्दा ९बर्षअगाडि म पनि बिदेश जानको लागि पटक पटक प्रयास गरेको मान्छे तर मेरो भाग्य भन्छु म कि म त्यसमा फिट भएन । त्यसकारण मलाई लाग्छ सरकारको रणनिती साथ साथै हामीमा पनि त्यो कुरा भर पर्ने हुँदो रहेछ । सरकारको रणनिती बलियो भएको कारणले म आज उद्यमी भएको त होइन तर म आफैले गर्दा भएको हो । मेरो परिस्थितीको कारणले म आज यो ठाउँमा छु तर सबैलाई मेरो जस्तो परिस्थितीले साथ दिन त सक्दैन नि । त्यसकारण सरकारले भौतिक पुर्वाधार भने तयार गर्नुपर्छ । अहिले बिभिन्न ठाउँमा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने कार्य सुरु भईसकेको छ भने अब ठूला ठूला होटल बनाउने कार्य पनि सुरु गर्नुपर्छ । यो कुरामा सरकारको निती मात्र होइन ठूला ठूला ब्यवासीहरु पनि सहभागी हुनुपर्दछ । त्यसका साथै सरकारले पर्यटकीय क्षेत्रलाई बलियो बनाउनको लागि युवाहरुलाई बिदेशिनबाट रोक्नको लागि नयाँ योजना ल्याउन पर्छ । पर्यटक एउटा यस्तो क्षेत्र हो जसले कृषिदेखि गाइड, भरिया, म्यानेजर होटलको मालिक लगायत सबैलाई जागिरको अवसर दिएको हुन्छ । यसमा रोजगारको सम्भावना त धेरै ठूलो छ नि त्यसकारण यसको अध्ययन गराएर एउटा टिम बनाएर कस्तो शिक्षा भाको युवाहरुलाई कुन क्षेत्रमा कार्य दिँदा करियर साथै उनीहरुले जिम्मेवारी पुरा गर्न सक्छ भन्ने कलेजबाट नै सिकाउनुपर्छ । त्यस्ता कलेजहरुसंग सरकारले नै सहकार्य गरेर उनीहरुको क्षमता अनुसार कार्यको जिम्मा लगाउने हो भने पर्यटनको बिकास हुनसक्छ । सरकारले यस्ता यस्ता रणनितीहरु पनि अपनाउनु सक्नुपर्छ ।

श्रम तथा रोजगार मन्त्री ज्युले बिदेशिनको लागि फ्रि भिसा तथा फ्रि टिकेटको बिकास हुनपर्छ भन्नु भएको थियो । त्यो कुरा दुई साइडबाट राम्रो पनि नराम्रो पनि हो । यस्तो गर्दा युवाहरु बिदेशिने क्रम बढ्छ भने अर्कोतिर गरिबहरुलाई बाहिर गएर आम्दानी गर्ने बाटो खुल्नसक्छ । पर्यटनमा युवामा रोक्ने कुरामा उनीहरुलाई बाहिर जानबाट रोक्ने भन्ने पनि उनीहरुलाई यहीँ केही गर्नको लागि सुबिधा, तालिम दिने साथै तालिम लिएका दक्ष युवाहरुलाई सजिलो माध्यमबाट ऋणको ब्यवस्था गर्न पनि सकिन्छ । सबै जनासंग क्षमता भएर पनि लगानी गर्न नसक्ने हुन्छ त कोही संग क्षमता र लगानी गर्ने भएर पनि बिदेशी संग कनेक्सन नहुन पनि सक्छ । होटल सञ्चालन गर्ने, ट्याक्सी चालक, लगायतहरुलाई पनि वर्गिकरण गरी उनीहरुको तलबको छुट्टै मापदण्ड तयार पार्ने जसको कारण उनीहरु आफ्नो कामलाई गौरवको रुपमा लिन सकोस् । युवाहरुलाई रोक्ने भनेको यहाँ अवसरको सिर्जना गर्ने हो त्यो तरिकाको सरकारले रणनितीहरु चाँहि सोच्नुपर्छ जस्तो लाग्छ ।

अब यो बिषयमा ट्याग नेपालले चाँही कस्तो योजना लिएर आउँदैछ ?

पहिलो कुरा त ट्याग नेपाललाई ३ किसिमको कर्मचारीको आवश्यकता हुन्छ । एउटा अफिसमा काम गर्ने ,अर्को फिल्डमा जाने त्यसैगरि अर्को भनेको गाइडको रुपमा काम गर्ने हुन्छ । रणनितीको कुरा गर्नुपर्दा हाम्रो नेपालमा के के कुरा छ त त्यो कुराको बिक्री गर्नको लागि पर्यटकसम्म पुराउनको लागि हामीले इन्टरनेटको प्रयोग गरिरहेका छौँ । यसको साथ साथै हामीले एकपटक आईसकेका पर्यटकहरुलाई फेरि आउने बातावरण कसरी बनाउने भन्ने कुरामा पनि ध्यान दिँदै छौँ । हामीसंग स्थापनाकाल देखि अहिलेसम्म ९ पटकसम्म ट्रेकिङको लागि आउन लागेको रेकर्डसमेत रहेको छ । यो भनेको बिश्वासको कारणले साथै एउटा बलियो टिमको कारणले गर्दा नै हुने हो । हामी अझ बलियो टिमको तयारीमा रहेका छौँ । बलियो टिम भनेको ट्याग नेपालले कसरी काम गर्छ त्यसमा भर पर्ने कुरा हो । अब हाम्रो माध्यमबबाट ९ पटक नेपाल आउन लागेको टोलीले त ९ पटक हाम्रै दाजुभाईहरुलाई गाइडको रुपमा जागिर दिईसकेको छ । भने उसंग उसको टुरभरि रहने भरिया साथै होटलमा काम गर्ने स्टाफदेखि होटलको बिजनेसको रुपमा धेरै पटक स्कोप बढाईसकेको छ नि त यही नै हाम्रो कोशिस रहेको छ । हाम्रो उदेश्य भनेको उनीहरु नेपालमा एकपटक मात्र होइन पटक पटक फर्केर आउन् भन्ने हो । त्यस्तो बातावरण चाँही ट्याग नेपालले बनाउन खोजिरहेको छ र त्यसको केही हदसम्म हामी सफल भईसकेका छौँ । त्यसकारण हामीेले हाम्रो टिममा अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पात्र माउन्टेन गाइडहरुलाई पनि राखेका छौँ जो संग माउन्टेनको बारेमा सम्पुर्ण ज्ञान रहेको छ जसले आईटिनेरी बनाएर हामीलाई दिन्छ ।

म र मेरो कलिग सागर सर मिलेर त्यो आईटिनेरीको माध्यमबाट धेरैभन्दा धेरै पर्यटक नेपाल ल्याउन तयारी गरिरहेका छौँ । ट्याग नेपालको माध्यमबाट जति धेरै पर्यटक आयो त्यति धेरै जागिरको अवसर सिर्जना हुन्छ । त्यसरी बढ्दै जाँदा अहिले हामी अफिसमा ७ जना स्टाफ छौँ भने त्यसको ठाउँमा ७० जना स्टाफ हुनसक्छ । हाम्रो योजना भनेको एउटा बलियो टिम बनाउदै सक्षम टिम तयार गरी एक पर्यटकलाई बारम्बार नेपाल आइरहने बनाउने हो । यदि कुनै जनशक्ति काम गर्न आउँदा उसमा केही कमि भयो भने त्यो कुरा उसमा बृद्धि गराउनको लागि हामी उसलाई सर्पोट गर्छौ । जनशक्तिमा भएको कमिलाई ट्याग नेपालले मेटाउँदै अघि बढ्दै छ । यही राम्रो टिमको बाबजुत पर्यटक हामीकहाँ फर्की फर्की आउने गर्छ जसको मतलब हामी रोजगारीको अवसर सिर्जना गरिहेका छौ ।

अलिकति प्रसंग बदलौँ, पछिल्लो समयमा ठमेललाई २४ घण्टा नै खुल्ला राखिनुपर्छ भन्ने कुरा उठेको छ यो कुरामा तपाईको के बिचार रहेको छ ?

यो एकदम राम्रो पक्ष हुन्छ किनकी ठमेललाई २४ घण्टासम्म खुल्ला राख्नु भनेको अहिले भईरहेको रोजगारी दुई गुणाले बढ्नु हो । त्यहाँका होटल, रेस्टुरेण्ड, बार साथै सुरक्षा दिन बसेको निकायमा पनि रोजगारीको अवसर बढ्न सक्छ । सरकारले यो कुरालाई स्वीकृति दिन जरुरी छ जस्तो मलाई लाग्छ । किनकी ठमेल एकदम ब्यस्त पर्यटकीय स्थल हो जहाँ हजारौँ युुवाहरु काम गर्दै आईरहेका छन् । यसलाई चौबिसै घण्टा खुल्ला गरिएपछि त्यहाँका पसलमा होस या होटलमा दुई सिफ्टमा गरेर अझ बढि युवाहरुले काम गर्न पाउनेछन् । तर त्यसको लागि सरकारी पक्षबाट पनि आवश्यक निगरानी बढाउन जरुरी छ । सुरक्षा निकायमा भने उत्तिकै कडाई अपनाउन जरुरी हुन्छ । यदि युवालाई सरकारले देशभित्रै अवसरको सिर्जना गराउन चाहन्छ भने पहिलो प्रयास स्वरुप पर्यटकीय स्थल ठमेललाई २४ घण्टा खुल्ला राखिने ब्यवस्था गरिनु पर्छ । यसले आन्तरिक साथै बाहिरी दुबै पर्यटकलाई अकर्षित गर्न सक्छ । यसलाई प्रयोगको रुपमा लिएर पछि अन्य पर्यटकीय स्थललाई पनि २४ घण्टा खुल्ला राखिने कुरालाई अगाडि बढाउन सजिलो हुनेछ । त्यहाँका हरेक ठाउँमा पर्यटकको आवतजावत बढ्न जान्छ । अहिले त्यहाँ हजार युवा कार्यरत छन् भने यो निती लागु भएपछि दुई हजार युवालाई त्यहाँ रोजगारीको अवसर सिर्जना हुन सक्छ । त्यसकारण सरकारले आफ्नो दायित्व पनि पुरा गर्ने सर्तमा ठमेललाई २४ घण्टा खुल्ला गर्ने स्वीकृति दिन आवश्यक छ जस्तो मलाई लाग्छ ।

तपाइले निजी क्षेत्रबाट पर्यटकीय क्षेत्रमा प्रतिनिधीत्व गरिराख्नु भएको छ, तपाईलाई यस क्षेत्रमा निजी क्षेत्रका भुमिका कस्तो छ जस्तो लाग्छ ?

अहिलेसम्म पर्यटन क्षेत्रमा जे गरेको छ त्यो निजी क्षेत्रले नै गरेको छ जस्तो लाग्छ मलाई त । मेरो कुर्चीमा बसेर हेर्दा मैले सरकारले केही गरेको छ जस्तो देख्दिन तर पनि म बिचलित भएको भने छैन । सरकारलाई कसरी हुन्छ सुझाव दिने मेरो भविष्यको योजना रहेको छ । मैले गर्नसक्ने सपोर्ट नेपाल सरकारलाई म गर्न चाहन्छु । यसको एउटा सानो उदारण भन्नुपर्दा नेपालको ट्रेकिङ रुटमा एक्लै ट्राभल गर्ने कुरामा त त्यती समस्या हुँदैन । तर अपर मुस्ताङ अन्नपुर्ण जस्ता ट्रेकिङ एरियाहरुमा पर्यटक आउँदा उनीहरुले परमिट पाउने समयमा हुन्छ त्यहाँ पुगेर फर्किने समयसम्म त्यहाँको लागि परमिट लिँदा उनीहरुको एकदिन खेर जानसक्छ जसको कारणले उसले पुरा ट्रेकिङ नै रद्द गरिदिन सक्छ । यसलाई सहज बनाउनको लागि भनेर सरकारले परमिटको काम सम्हाल्ने छुट्टै बिभाग खडा गर्न भने जरुरी रहेको छ । जसले गर्दा हप्ताको सातै दिन परमिट जारी गर्न सकियोस् र प्राइभेट सेक्टरलाई काम गर्न सजिलो हुन्छ । त्यो परमिट समयमा नपाउने भएपछि उसले त्यो योजना नै रद्द गरिदिन्छ सक्छ । तर सरकारले यति सानो कुरामा पनि ध्यान दिन नसकेर ठूलो समस्याको सामना गरिरहेको छ । त्यस्तो सानो सानो कमजोरिहरु कहाँ छ सरकारले हेरिदिए हुने थियो ।

सरकारलाई यस क्षेत्रमा ध्यानाकर्षण गर्नको लागि निजी क्षेत्रबाट कस्तो पहल गर्नुपर्छ होला ?



हाम्रो निजी क्षेत्रको लागि बनेको संघ संस्थाहरु टान, एनएमए, नाटा लगायतको माध्यमबाट जाँदा यो कुनै ठूलो कुरा त हुने थिएन तर हाम्रै सरहरुले पनि सम्बन्धित ठाउँमा यसको बारेमा चिन्तित भएको पाईदैन साथै उहाँहरुले भन्दाभन्दै सरकारले त्यसको ब्यवस्था गर्न नसकेको हो भने त्यो आफ्नो ठाउँमा छ । तर उनीहरुले यसको लागि पहल गरिरहेको छ भने त्यसलाई निरन्तर गर्न जरुरी छ । आज भन्दा ९ महिना अगाडि अपर मुस्ताङको स्कोप अझै बढाउन पर्छ भनी यसको परमिटमा कमि ल्याएको थियो जसको कारणले पर्यटकको खर्चमा कमी आओस् र उनीहरु यहाँ आउन चाहोस् भन्ने उदेश्य राखेर हाम्रो एसोसिएसनले यो कुरा फाइनल गराएको थियो । तर सरकारसंग यस बिषयमा धेरै बहस भयो तर फाइनल भने हुन सकेन यस्तो कुरामा सरकारले साथ त दिईरहेको त छैन ता पनि हामीले यस्ता कुराहरु छोड्नुहुन्न भन्ने हाम्रो एसोसिएसनहरुलाई अनुरोध छ । म पनि त्यस एसोसिएसनमा संलग्न छु त्यसकारण नेपालको पर्यटन क्षेत्रलाई चाँही बिकास गराउने पक्षमा म सँधै तयार छु ।

एउटा युवा पर्यटन ब्यवसायीको नाताले अन्य युवाहरुलाई के भन्न चाहनुहुन्छ ?

तपाईहरु पनि पर्यटनमा आउनुस् किनकी जति धेरै स्वास्थ्य प्रतिस्पर्धा भयो त्यति नै रमाइलो आउँछ । तपाईहरु सबैजना पर्यटन क्षेत्रमा आउनुस् हामीसंग स्वास्थ्य प्रतिस्पर्धा गरौँ । साच्चिकै लगनशिल भएर पर्यटनको बिकासतर्फ साथै पर्यटनलाई देशको एउटा गौरवको रुपमा स्थापित गर्ने उदेश्य राखेर पर्यटनमा आउनुस् र यहाँ आउनुभन्दा पहिला के के गर्नुपर्छ कस्तो कोर्ष गर्नुपर्छ त्यो पनि बुझ्नुस् । म मेरो ब्यक्तिगत तर्फबाट सहयोग गर्न पनि तयार रहेको छु । यस क्षेत्रमा भविष्य राम्रै छ स्वच्छ तरिकाले काम गर्नुभयो भने स्वच्छ छवि बन्छ । स्वच्छ छवि भनेको राम्रो नै हुन्छ । पर्यटनमा युवाको एकदमै खाँचो रहेको छ किनकी युवाहरु जस्तो सक्रिय, केही गर्न सक्ने, साहस त्यो सिनियरसंग हुँदैन । आउनुस् तपाई हामी मिलेर यस क्षेत्रलाई रमाइलो क्षेत्रको रुपमा चिनाउन मदत गरौँ र देशलाई दिनसक्ने फाइदाहरु दिउँ ।

प्रकाशित मिति : २०७३, २ श्रावण आईतवार ०४:००

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

इदमा राष्ट्रपति र प्रमको शुभकामना

इदमा राष्ट्रपति र प्रमको शुभकामना

शुभ खबर,  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी […]

२०७५, २ असार शनिबार १५:०३
प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

शुभ खबर, प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको […]

२०७५, २ असार शनिबार १४:५२
बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

शुभ खबर, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर […]

२०७५, २ असार शनिबार १४:४४
अमेजमान डटकम संचालनमा

अमेजमान डटकम संचालनमा

शुभ खबर, अमेजमान पिटीइ एलटिडी सिगांपुर तथा मेजमान ग्रुप अफ कम्पनीले बिकास गरेको अनलाईन होटल बुकिङ्ग सिस्टम अमेजमान डटकमको हिजो […]

२०७५, २ असार शनिबार ११:२८
अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

शुभ खबर, विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। दुई वर्षअघि युरोपियन […]

२०७५, २ असार शनिबार ११:०१
सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

स्थानीय तहले सूचना अधिकारी राख्ने प्रतिबद्धता शुभ खबर, सोम गुुरुङ्ग, बर्दिया १ असार ÷ पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत यूएसआईडी र […]

२०७५, २ असार शनिबार १०:५०
भिडियो