टिच फर नेपालले पाचौँ वार्षिकोत्सव मनाउँदै

शुभ खबर,   टिच फर नेपाल अभियानले यही चैत्र २३ गते काठमान्डौको राष्ट्रिय सभा गृहमा आफ्नो पाचौँ वार्षिकोत्सव आयोजना गर्दैछ। प्रमुख अतिथिको रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल सहभागी हुने यस कार्यक्रम टिच फर नेपालको ५ वर्षको अनुभव, सिकाइ र उपलब्धिको सेरोफेरोमा केन्द्रित हुनेछ। यस अभियानले यसै कार्यक्रममा आगामि वैशाखबाट सार्वजनिक विद्यालयहरूमा काम गर्न जाने छैटौँ समूहका ७० जना फेलोहरूको स्वागत गर्नेछ भने २ वर्षको कार्यकाल सकेका चौथो समूहको ३९ जना फेलोहरूको विदाइ गर्नेछ।

“टिच फर नेपालको ५ वर्ष आशा, संघर्ष र उपलब्धिको यात्रा हो”, ५ वर्षलाई सम्झिँदै प्रमुख कार्यकारी अधिकृत शिशिर खनाल भन्छन्। राजनीतिक संक्रमणका बीच वि।सं। २०६९ मा जन्मिएको यस अभियानले अब्बल युवालाई छानेर विभिन्न सार्वजनिक विद्यालयमा २ वर्षको लागि पठाउँछ। आफ्नो अनुभव सुनाउँदै खनाल भन्छन्, “सुरुमा उत्कृष्ट युवाहरू दुर्गम ठाउँ नजालान् कि भन्ने शंका थियो तर आजसम्म १ सय २ जना युवाले दुई वर्ष काम गरिसकेका छन्। उनीहरूले हजारौँ बालबालिकाको जीवनमा अर्थपूर्ण परिवर्तन पनि ल्याएका छन्।”

आफ्ना फेलोहरूको कामले हौसला दिएको भन्दै खनाल थप्छन्,“हाम्रा फेलोहरूले पढाएका विद्यार्थीहरूले उच्च शिक्षाको लागि विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय छात्रवृत्ति पाएका छन्। विभिन्न क्षेत्रीय र राष्ट्रिय प्रतियोगिताहरू जितेका छन्। आफ्नै ठाउँका स्रोतहरू पहिचान गरेर विभिन्न सिर्जनशील, उद्यमशील तथा चेतनामूलक काम पनि गरेका छन्। मलाई युवाहरूले चाहेमा बालबालिकाको जीवन परिवर्तन गर्न सक्छन् भन्ने विश्वास पलाएको छ।”

पहिलो समूहबाट ५ वर्षअगाडि ललितपुरको टीकाभैरवमा गणित पढाउन गएका प्रविन राज निरौला टिच फर नेपालको यात्रालाई आफ्नो देशको माटो चिन्ने अभियानको रूपमा व्याख्या गर्छन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङ गरेका निरौला करिब ८ वर्ष विभिन्न सरकारी र निजी परियोजनामा काम गरेपछि टिच फर नेपालसँग जोडिन पुगेका थिए। निरौलाजस्तै यस अभियानमा विभिन्न संकाय र पेशागत अनुभव भएका युवाहरू जोडिएका छन्।

“नेपालका सम्पूर्ण बालबालिकाले उत्कृष्ट शिक्षा पाउनुपर्छ,” आफ्नो अभियानको उद्देश्य सुनाउँदै टिच फर नेपालकी तालिम तथा सहयोग प्रमुख स्वस्तिका श्रेष्ठ भन्छिन्, “यसको लागि हामी फेलोहरूको तालिमलाई प्रभावकारी बनाउने काममा कटिबद्ध छौँ।”

“आफ्नै जीवनकालमा परिवर्तन खोज्ने हो भने हामीलाई आराम गर्ने अधिकार छैन”, श्रेष्ठ काममा आफ्नो प्रतिबद्धता सुनाउँदै भन्छिन्, “गत ५ वर्षको संघर्ष र सफलता सम्पूर्ण सरोकारवालाहरूसँग मनाउन पाचौँ वार्षिकोत्सव आयोजना गरिएको हो।”

यस कार्यक्रममा टिच फर नेपाल कार्यरत विद्यालयका विद्यार्थीहरू, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरू, सरकारी पदाधिकारीहरू, शिक्षाकर्मीहरू, सन्चारकर्मीहरू, शिक्षकहरू, सहयोगीहरू, शुभेच्छुकहरू तथा अन्य सरोकारवालाहरू उपस्थित हुनेछन्। साथै टिच फर नेपालका फेलोहरू, पूर्व फेलोहरू, स्टाफहरू र बोर्ड सदस्यहरूको पनि सहभागिता हुनेछ।

करिब ९ सय मानिसहरू सहभागी हुने यस कार्यक्रममा टिच फर नेपाल काम गर्ने विद्यालयका विद्यार्थीहरू सहभागी भएको सिर्जनशील परियोजनाहरू पनि प्रदर्शन हुनेछ। विद्यार्थीहरूले विज्ञान, प्रविधि, हस्तकला तथा उद्यमशीलतासम्बन्धी विभिन्न सिकाइ परियोजनाहरू प्रदर्शन गर्नेछन्। सिन्धुपाल्चोक र दक्षिण ललितपुरका करिब ५० विद्यार्थीहरू कार्यक्रममा सामेल हुनेछन्।

यस कार्यक्रममा यहाँको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ। टिच फर नेपालबारे टिच फर नेपाल स्नातक सकेका अब्बल नेपाली युवाहरूले संचालन गरेको एउटा शैक्षिक अभियान हो । यस अभियान अन्तर्गत यी युवाहरू ललितपुर, सिन्धुपाल्चोक र धनुषाका विभिन्न सार्वजनिक विद्यालहरूमा दुई वर्ष पढाउने छन् । कक्षाकोठामा मात्र सीमित नभएर यी युवाहरूले विद्यालय र समुदाय सशक्तिकरणका काममा पनि सहभागिता जनाउने छन् । त्यसपश्चात एलमनाइको रूपमा विभिन्न नेतृत्वदायी भूमिकामा बालबालिकाको गुणस्तरीय शिक्षाको लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहभागी हुनेछन् ।

विक्रम सम्वत २०७० को वैशाखबाट ललितपुरका १६ विद्यालयहरूमा सुरू भएको यो अभियान अहिले सिन्धुपाल्चोक ,धनुषा, दाङ, लमजुङ र पर्सासमेत ५१ विद्यालयमा पुगेको छ । ३३ जना फेलोबाट सुरू भएको अभियानमा आगामि शैक्षिक सत्रबाट १ सय १२ जना फेलोहरू विभिन्न सार्वजनिक विद्यालयमा जानेछन्। यसबाट प्रत्यक्ष रूपमा १० हजार विद्यार्थीहरू प्रभावित हुनेछन् ।

प्रकाशित मिति : २०७४, २१ चैत्र बुधबार १९:२६

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

इदमा राष्ट्रपति र प्रमको शुभकामना

इदमा राष्ट्रपति र प्रमको शुभकामना

शुभ खबर,  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी […]

२०७५, २ असार शनिबार १५:०३
प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

शुभ खबर, प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको […]

२०७५, २ असार शनिबार १४:५२
बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

शुभ खबर, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर […]

२०७५, २ असार शनिबार १४:४४
अमेजमान डटकम संचालनमा

अमेजमान डटकम संचालनमा

शुभ खबर, अमेजमान पिटीइ एलटिडी सिगांपुर तथा मेजमान ग्रुप अफ कम्पनीले बिकास गरेको अनलाईन होटल बुकिङ्ग सिस्टम अमेजमान डटकमको हिजो […]

२०७५, २ असार शनिबार ११:२८
अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

शुभ खबर, विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। दुई वर्षअघि युरोपियन […]

२०७५, २ असार शनिबार ११:०१
सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

स्थानीय तहले सूचना अधिकारी राख्ने प्रतिबद्धता शुभ खबर, सोम गुुरुङ्ग, बर्दिया १ असार ÷ पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत यूएसआईडी र […]

२०७५, २ असार शनिबार १०:५०
भिडियो