दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा धानको ब्याडसमेत छिपिँदै गएको छ । जिल्लामा ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छन् ।

पर्याप्त वर्षा नहुँदा अहिलेसम्म १५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्माले जानकारी दिनुभयो ।

धान रोपाइँमा ढिलाइ हुँदा धानको उत्पादनमा समेत कमी आउँछ, उहाँले भन्नुभयो, “ब्याड राखेको २२ देखि २५ दिनभित्र धान रोप्नका लागि उपयुक्त हुन्छ, तर ब्याड राखेको महिना दिनसम्म पनि किसानले रोप्न पाएका छैनन् ।”

सिँचाइको व्यवस्था भएका केही स्थानमा किसानले धानको बीउ राख्ने र रोप्ने काम गरे पनि जिल्लाका अधिकांश स्थानका खेत बाँझै छन् । समयमै पानी नपरेका कारण यसवर्ष अघिल्ला वर्षहरुभन्दा ढिला धान रोपाइँ हुने भएको छ । (रासस)

प्रकाशित मिति : २०७५, १५ असार शुक्रबार १४:२२

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम

एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम

 शुभ खबर, सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोपन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आज यहाँ फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको […]

२०७५, १५ असार शुक्रबार १४:१४
भिडियो