राष्ट्रपतिद्वारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको आज शिलान्यास गरेकी छिन् ।

बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको पूजाआजा गरेर शिलान्यास गरेकी हुन । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत सहभागी रहेका थिए ।

दुई वर्षअघिको बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा तत्काल पाँच हजार अट्ने सभा हल निर्माणका लागि निर्देशन दिएका थिए । कोषले पालमुनि आयोजना गरेको बुद्धजयन्ती विशेष समारोह हावाहुरी र वर्षातका कारण निर्धारित समयभन्दा पाँच घण्टा ढिला शुरु भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले एक वर्षभित्र पाँच हजार अट्ने सभाहल निर्माण गर्ने घोषणा गरेका हुन ।

दुई वर्षभित्र सक्ने योजना रहेको यो सभागृहको निर्माण परामर्शदाता कम्पनीका इन्जिनियरहरुकै रोहवरमा हुने कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले बताए । रासस

प्रकाशित मिति : २०७५, १७ बैशाख सोमबार १७:१४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो