बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने

शुभ खबर, एशियाली खेलकूद प्रतियोगिता (एसियाड)को तयारीमा रहेको नेपाली राष्ट्रिय बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने भएको छ ।

बुधबार थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, राखेप खेलकूद विकास विभाग प्रमुख कूलबहादुर थापालगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

टोलीले दुई महिनासम्म थाइल्याण्डको बैंककमा विशेष प्रशिक्षणमा सहभागी हुनेछन्् । प्रशिक्षणका दौरानमा टोलीले थाइल्याण्डमा हुने थाइल्याण्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिप (किङ्स कप) मा पनि सहभागिता जनाउनेछ ।

च्याम्पियनसिप जुन २८ देखि जुलाई ६ तारिखसम्म हुँदैछ । किङ्स कपमा सहभागी हुने खेलाडीमा महिलातर्फ विमला श्रेष्ठ ५१ केजी, संगीता सुनार ५७ केजी र पुनम रावल ६० केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछ ।

त्यस्तै पुरुषतर्फ तेजबहादुर देउवा ४९ केजी, प्रेम चौधरी ५२ केजी, विमल रोका ५६ केजी र एकबहादुर घले ६० केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछन् भने भूपेन्द्र थापाले ६४ केजी, विष्णु घलेले ६९ केजी र दीपक श्रेष्ठ ७५ केजी तौल समूहमा प्रतिष्पर्धा गर्नेछ ।

टोलीको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, सहायक प्रशिक्षकमा दीपक महर्जन, टोली व्यवस्थापकमा दिलीपा श्री अधिकारी र मिडिया अफिसरमा महेशबाबु काफ्ले रहेका छन् ।

सदस्य सचिव केशवकुमार विष्टले एशियन गेम्समा पदकको आशा गरिएको खेललाई तीन महिनाअघिबाटै विशेष प्रशिक्षण गराउन शुरु गरिएको बताउनुभयो । उहाँले विशेष प्रशिक्षण सबै खेलका लागि आवश्यक रहेको बताउँदै यसपटकको एशियन गेम्समा विगतका सबै रेकर्डहरु तोडिने विश्वास व्यक्त गर्नुभयो ।

“हामीले पदकको सम्भावना भएका खेलमा तीन महिनाअघिबाट विशेष प्रशिक्षण गराएका छौँ । यसपटकको एशियन गेम्समा राम्रो रेकर्ड आउने हामीले विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।  रासस

प्रकाशित मिति : २०७५, १२ असार मंगलवार २१:३६

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो