पाँच लाख रोजगारी सिर्जना हुन्छ- पूर्वमन्त्री कोइराला

शुभ खबर, पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताउनुभएको छ ।

सञ्चार केन्द्र नेपालद्वारा आज यहाँ आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियामा उहाँले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा सरकारले गर्ने लगानीले रोजगारीको अवसर सिर्जना गर्ने बताउनुभयो ।

“सरकारी स्रोतबाट सञ्चालन भई घाटामा गएका उद्योगलाई पुनः सञ्चालनका लागि सरकारले लगानी गर्न हुँदैन,” उहाँले भन्नुभयो । अरुण तेस्रो सरकार आफैले निर्माण गर्दा देश र जनता लाभान्वित हुने उहाँको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले बजेटले ज्येष्ठ नागरिकको बीमा तथा युवालाई सीपमूलक शिक्षामा प्रोत्साहन गरी विभिन्न परियोजनामा ऋण सहयोगको व्यवस्था गरेका कारण देशमा नयाँ उद्योग थपिने र रोजगार बढ्ने विचार व्यक्त गर्नुभयो । उहाँले विगतमा मुलुकमा राजश्व चुहावट र भ्रष्टाचारका कारण देश विकासमा अवरोध पुगको र त्यसको अन्त्यका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको अधिकारका लागि सरकारले बजार हस्तक्षेप र काला बजारीलाई कारबाहीको नीति ल्याउनुुपर्ने बताउनुभयो । केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंले जलविद्युत्को विकासका लागि सरकारले प्राथमिकता दिएको बताउँदै त्यसले नागरिकको जीवनस्तर बढ्ने र देशको चाँडो समृद्धि हुनसक्ने बताउनुभयो । (रासस)

प्रकाशित मिति : २०७५, २४ जेष्ठ बिहीबार ०८:५८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एसईई नतिजा आज

एसईई नतिजा आज

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा […]

२०७५, ९ असार शनिबार ११:०१
पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

शुभ खबर, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा रक्षा, स्वास्थ्यसहित विभिन्न पाँच मन्त्रालयको खर्चको कटौती गर्नका लागि सातजना सांसदले खर्च कटौतीको प्रस्ताव […]

२०७५, ८ असार शुक्रबार १५:३२
प्रतिनिधिसभा –शून्य समय

प्रतिनिधिसभा –शून्य समय

शुभ खबर, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी समस्या, सडक निर्माणलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ […]

२०७५, ८ असार शुक्रबार १५:१६
आज ब्राजिल र कोस्टारिकाको भिडन्त

आज ब्राजिल र कोस्टारिकाको भिडन्त

शुभ खबर, पाँच पटकको बिश्व बिजेता सँग कोस्टारिकाका आमनेसामने हुने भएको छ । नेपाली समय अनुसार बेलुका ५ः४५ बजे यी […]

२०७५, ८ असार शुक्रबार १०:०४
नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको […]

२०७५, ८ असार शुक्रबार ०९:३१
बिम्स्टेक सम्मेलनको तयारी सुरु

बिम्स्टेक सम्मेलनको तयारी सुरु

शुभ खबर, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारी तीव्र […]

२०७५, ८ असार शुक्रबार ०९:२४
भिडियो