दिगो बिकास लक्ष्य प्राप्तिका लागि नेपाली युवाको भुमिका

दिगो बिकासका लक्ष्य एउटा साहसीक र बिश्वव्यापी सम्झौता हो र यस दिगो बिकासका लक्ष्यहरुले सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानब, पृथ्बी र समृद्घिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित बिश्व निर्माण गर्ने परिकल्पना गरेको छ ।

सन् २०१५ को सेप्टेम्बरमा संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रहरु सम्मिलित सभाको शिखर सम्मेलनले दिगो बिकासका १७ लक्ष्यहरु तथा १६९ सहायक लक्ष्यहरु पारित गरेर सन् २०१६ को जनवरी देखि लागु हुने गरी सबै राष्ट्रहरुले संयुक्त रुपमा पारित गरी दिगो बिकासका लक्ष्यहरु प्राप्तीका लागि हिस्सेदार बनेका हुन् ।

दिगो बिकासका लक्ष्यहरु प्राप्तीका निमित्त ५ ओटा आधार स्तम्भहरु निर्धारण गरेको छ जसमा पृथ्वी, मानव, समृद्घि, शान्ति र साझेदारी रहेको छ ।

दिगो बिकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल पनि एक हस्ताक्षर वा साक्षी राष्ट्र मध्ये एक हो र नेपालले बिबिध खालका गतिबिधिहरु संचालन गरी लक्ष्य प्राप्तिको निमित्त उन्मुख भईसकेको छ । नेपालको हकमा दिगो बिकास लक्ष्यहरु प्राप्ति गर्नको निमित्त नेपाली युवाहरु मात्रै एउटा यस्तो अचुक अश्त्र हो जो बिना दिगो बिकास लक्ष्यहरु प्राप्ति गर्न निकै चुनौतीपूर्ण छ । सरोकारवाला निकाय र नेपाल सरकारले यस तर्फ ध्यान दिन नसक्दा अझै भने अनुरुमा लक्ष्य प्राप्तिका गतिबिधिहरु गर्न सकिरहेको छैन र यसका निमित्त नेपाल स्थित संयुक्त राष्ट्र संघिय कार्यलयले पनि यथाशिघ्र उपयुक्त कार्यक्रम बनाई नेपाली युवाहरुलाई एकिकृत गर्न गरुरी छ । अनि मात्र सम्भब छ दिगो बिकासका लक्ष्यहरु प्राप्तिको निम्ति ।

यसप्रकारका छन् दिगो बिकास लक्ष्यहरु :

लक्ष्य नम्बर १. सवै ठाउँबाट सबै प्रकारका गरिवीको अन्त्य गर्ने,

लक्ष्य नम्बर २. भोकमरीको अन्त्य गर्ने खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने र दिगो कृषिको प्रबर्धन गर्ने,

लक्ष्य नम्बर ३. सवै उमेर समुहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्घ जीवन प्रबर्धन गर्ने,

लक्ष्य नम्बर ४. सवैका लागि समाबेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाईका अवसरहरु प्रबर्धन गर्ने,

लक्ष्य नम्बर ५. लैंगिक समानता हासिल गर्ने र सवै महिला, किशोरी र वालिकालाई सशक्त बनाउने,

लक्ष्य नम्बर ६. सवैका लागि स्वच्छ पानी र सरसफाईको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने,

लक्ष्य नम्बर ७. सवैका लागि किफायती, विश्वसनीय, दिगो र आधुनिक उर्जामा पहुँच सुनिश्चित गर्ने,

लक्ष्य नम्बर ८. भरपर्दाे, समावेशी र दिगो आर्थिक बृद्घि तथा सवैका लागि पूर्ण र उत्पादनमुलक रोजगारी र मर्यादित कामको प्रवर्धन गर्ने,

लक्ष्य नम्बर ९. उत्थानशील पूर्वाधारको निर्माण, समावेशी र दिगो औद्यौगीकरण प्रवर्धन र नवीन खोजलाई प्रोत्साहन गर्ने,

लक्ष्य नम्बर १०. मुलुक भित्र तथा मुलुकहरुबीचको असमानता घटाउने,

लक्ष्य नम्बर ११. शहर तथा मानव बसोबासलाई समाबेशी, सुरक्षित, उत्थानशिल र दिगो बनाउने,

लक्ष्य नम्बर १२. दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने,

लक्ष्य नम्बर १३. जलवायु परिबर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल गर्ने,

लक्ष्य नम्बर १४. दिगो बिकासका लागि महासागर, समुन्द्र र समुन्द्री साधन स्रोतहरुको दिगो प्रयोग तथा संरक्षण गर्ने,

लक्ष्य नम्बर १५. स्थलीय पर्यावरणको संरक्षण, पुनस्र्थापना र दिगो उपयोगको प्रबर्धन गर्ने, वनको दिगो व्यवस्थापन गर्ने, मरुभुमिकरण र भुक्षय रोक्ने तथा जैविक विविधताको संरक्षण गर्ने,

लक्ष्य नम्बर १६. दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने, सबैको न्यायमा पहुँच सुनिश्चित गर्ने र सबै तहमा प्रभाबकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने,

लक्ष्य नम्बर १७. दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गर्ने ।

यी माथिका लक्ष्यहरु प्राप्तिका लागि बेलैमा उपयुक्त कार्यक्रमको ढाँचा तयार गरी नेपाली युवाहरुलाई परिचालन गर्न तर्फ सबैको ध्यानाकर्षण हुन जरुरी छ । साथसाथै नेपालमा युवाहरुकै निमित्ति काम गर्न भनी स्थापना भएको बिभिन्न युवा संघ संस्थालाई पनि बेलैमा प्रभाबकारी ढंगबाट परिचालित गर्न सक्ने हो भने नेपालले उक्त दिगो बिकास लक्ष्यहरु सन् २०३० सम्म प्राप्त गर्न कुनै गाह्रो छैन तर इच्छा हुने हो र सरोकारवाला निकायले बेलैमा ध्यान दिने हो भने सन् २०२२ सम्ममा बिकासशील राष्ट्रमा रुपान्तरण हुदंै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको रुपमा बिश्व सामु उभ्याउन नेपाल अवश्य सक्षम हुनेछ तर यसका लागि युवा शक्तिलाई व्यापक परिचालन गर्न गरुरी छ ।

कुनै पनि देशको युवा भनेको त्यस देशको राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिबर्तन र रुपान्तरणको सम्वाहक हुन् । तर बिशेष बिशेष समयहरुमा युवाहरु कहिले राम्रा कामका निमित्त त कहिल्यै नराम्रा कामका निमित्त प्रयोग भईरहेका्े तथ्य हामी सामु छर्लङ्ग
छ ।

नेपालको ४०.३५ प्रतिशत हिस्सा ओगटेको युवा जमातमा नयाँ नयाँ ज्ञान, सीप सिक्न सक्ने क्षमता, अदम्य साहस र सृजनशील कार्य गर्न सक्ने क्षमता रहेको कुरामा नर्कान सक्दैनौ । तर पनि ती युवाहरुलाई परिचालन गरी राज्यलाई आर्थिक समृद्घिको बाटो तर्फ लान सक्ने स्पष्ट कार्यनिति र योजना नहुदाँ लाखौंको संख्यामा नेपाली युवाहरु बिदेशीनु बाध्य भएका छन् । साथै कतिपय युवाहरु नेपालमानै रहेता पनि सृजनसील कार्य नगरी बिबिध गैरकानुनी कार्य गरी आफ्नो सृजनसील समय खेर फाली रहेका छन् यसमा को बढी जिम्मेवारी रहने भन्ने कुरा अझै अन्योल छ । देशको हरेक महत्वपूर्ण परिवर्तनमा आधारशीलाको भूमिका निर्वाह गरेका युवाहरूको सर्वाङ्गिण विकासमा राज्य जिम्मेवार हुन जरुरी छ । यसका अतिरिक्त अहिले देशमा देखिएको हत्या, हिंसा अराजकतालाई न्युनिरकरण गर्दै राजनैतिक संक्रमणको अन्त्य गरी नेपालले अब दिगो विकास लक्ष्य हासिल गर्न अब ढिलाई गर्नुहुदंैन ।

नेपालमा युवाहरुको सवालमा बिशेष वकालत हुन थालेको धेरै समय भएको छैन केही समय अघि मात्र यो देशले युवा तथा खेलकुद मन्त्रालय प्राप्त गरेको इतिहास हामी समक्ष ताजै छ र त्यस पछिका दिनहरुमा समेत खासै महत्व पाएको थिएन युवाका सवालहरुले तर पछिल्लो समयमा सरकारका योजनामा समेत बिशेष महत्व पाई युवाकै नाममा करोडौंको बजेट बिनियोजन भएको यर्थात हामी सामु छर्लङ्ग छ । राज्यको अझै पनि निर्णयक भुमिकामा नेपाली युवाहरुले खासै भुमिका पाउन सकेको छैन र नेपाल सरकार र सरोकारवाला निकायहरुले नेपाली युवाहरुलाई पूर्ण रुपमा सक्षम बनाउन तर्फ केन्द्रित भई ती लाखौंको संख्यमा बिदेशिएका नेपाली युवाहरुलाई नेपालमै उद्यमी बन्न प्रेरित गर्नुको अव बिकल्प रहेको छैन र यस तर्फ ध्यान गई उचित कार्ययोजना बनाई अघि बढ्न सकेमात्र देश समृद्घि बाटो तर्फ उन्मुख हुने थियो र नेपालले पनि दिगो बिकास लक्ष्यहरु प्राप्ति गर्न सक्षम हुने थियो यस तर्फ सबैको ध्यान जान जरुरी छ ।

लेखक सरोज बानियाँ नेपाल युवा परिषदको केन्द्रिय अध्यक्ष हुनुहुन्छ ।
ईमेल: nyc.sarojbaniya@gmail.com

प्रकाशित मिति : २०७४, २६ कार्तिक आईतवार १७:१२

तपाइको प्रतिकृया

2 Responses to “दिगो बिकास लक्ष्य प्राप्तिका लागि नेपाली युवाको भुमिका”

  1. Arjun thakuri
    November 17, 2017 at 12:38

    Very Nice Article….

  2. Ram
    November 29, 2017 at 14:00

    meaningful article !

सम्बन्धित शीर्षकहरु

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

शुभ खबर,  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनुभएको […]

२०७४, २९ मंसिर शुक्रबार १२:३८
आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

शुभ खबर, सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य […]

२०७४, २९ मंसिर शुक्रबार १२:१०
यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

शुभ खबर, प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री […]

२०७४, २८ मंसिर बिहीबार १८:१३
पाटा नेपालको भिजन ५ मिलियन अभियान

पाटा नेपालको भिजन ५ मिलियन अभियान

“प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउन ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक […]

२०७४, २८ मंसिर बिहीबार १७:०७
निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना, शक्तिशाली मन्त्री हुन स्थानीयको शुभकामना शुभ खबर, कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा […]

२०७४, २८ मंसिर बिहीबार १३:४३
महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

शुभ खबर, एक सय ६५ सिटको प्रतिनिधिसभा निर्वाचनमा १ सय ४६ सिटको परिणाम आउँदासम्म पाँच जना मात्रै महिलाले जितेका छन् ।सोमबार […]

२०७४, २७ मंसिर बुधबार ०९:०१
भिडियो