SDGS फेस्टिबल २०१८ को तयारी पुरा

शुभ खबर, नेपाल युवा परिषदको आयोजना र युएनडिपीको सहकार्यमा हुन लागेको प्रदेशस्तरीय दिगो बिकास लक्ष्य एसडिजि मेला २०१८ तयारी पुरा भएको जानकारी यस कार्यक्रमको कार्यक्रम संयोजक मोनिका रानाभाटले बताउनु भयो ।

७ ओटै प्रदेशमा आयोजना हुने यस मेलाले दिगो बिकासका लक्ष्यहरुलाई कसरी स्थानियकरण गर्न सकिन्छ र स्थानिय सरोकारवाला निकायहरुलाई कसरी यस बिषयमा थप जिम्मेवार बनाई दिगो बिकासका लक्ष्यहरुलाई प्राप्ति गर्न सकिन्छ भनी सचेत गराउनु यस कार्यक्रममको मुख्य उदेश्य रहेको छ ।

प्रदेश नं ४ को मेला पोखरा स्थित ह्वाईट हाउस पार्टि प्यालेसमा भोली अर्थात जनवरी १३, २०१८ ( पौष २९, २०७४) सम्पन्न हुन गईरहेको छ ।
उक्त कार्यक्रम पोखरा लेखनाथ महानगरपािलकाको प्रमुख श्री मान बहादुर जिसी को प्रमुख आथित्यतामा रहेको छ र जिल्ला समन्वय समितिको प्रमुख बैन बहादुर क्षेत्री अधिकारी बिशेष अतिथिको रुपमा रहने उक्त कार्यक्रममा युएनडिपी नेपालको नेपाल प्रमुख रेनो मेयर बिशेष अतिथिको रुपमा रहनुहुनेछ ।

त्यसै गरी उक्त कार्यक्रममा बिशेष बक्ताको रुपमा पोखरा लेखनाथ महानगरपािलकाको लेखा अधिकृत बसन्तराज सिग्देल, नागरिक समूहकको अध्यक्ष निगम हुमागाइँ, एनजिओ फ्रेडेसन कास्की जिल्ला अध्यक्ष पदम राज पहारी, राष्ट्रिय महिला अधिकार मंच कास्की जिल्ला अध्यक्ष कल्पना ढकाल, जिल्ला कृषि सहकारी संघ कास्की जिल्ला अध्यक्ष शिबजी कोईराला र युवा सस्थाको तर्फबाट वल्र्ड मेरिट पोखराको अध्यक्ष संजय भण्डारीको बिशेष भनाई र सहभागीहरुले सम्पूर्ण व्यक्तित्वहरुसँग अन्र्तक्रिया गरि आफनो जिज्ञासा राखि कार्यक्रम अगाडी बढ्नेछ ।

उक्त कार्यक्रममा युएनडिपीको युवा कार्यक्रम अधिकृत बिसम ज्ञवालीको बिशेष प्रस्तुतीकरण रहनेछ भने सहभागीहरुलाई बिभन्न समूहमा बिभाजित गरी सामूहिक छलफल गराई प्रदेश नं. ४ का लागि कार्ययोजना बनाउनेछन् र उक्त कार्ययोजना प्रस्तुती पश्चात कार्यक्रम समापन भई प्रदेश नं ४ को एसडिजी फेस्टिबल सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २०७४, २८ पुष शुक्रबार १९:३०

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो