एसडिजि फोस्टिबल २०१८ सम्पन्न

शुभ खबर, पोखरामा नेपाल युवा परिषदको आयोजना र युएनडिपीको सहकार्यमा प्रदेशस्तरीय दिगो बिकास लक्ष्य सम्बन्धि एसडिजि मेला २०१८ सम्पन्न भयो ।


७ ओटै प्रदेशमा आयोजना हुने यस मेलाले दिगो बिकासका लक्ष्यहरुलाई कसरी स्थानियकरण गर्न सकिन्छ र स्थानिय सरोकारवाला निकायहरुलाई कसरी यस बिषयमा थप जिम्मेवार बनाई दिगो बिकासका लक्ष्यहरुलाई प्राप्ति गर्न सकिन्छ भनि सचेत गराउनु यस कार्यक्रममको मुख्य उदेश्य रहेको थियो ।

प्रदेश नं ४ को मेला पोखरामा पोखरा लेखनाथ महानगरपािलकाको प्रमुख मान बहादुर जिसीको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त मेलमा बिशेष अतिथिको रुपमा कास्की जिल्लाको जिल्ला समन्वय समितिको प्रमुख बैन बहादुर क्षेत्री अधिकारीले गर्नु भएको थियो । त्यसै गरी बिशेष अतिथिको रुपमा युएनडिपी नेपालको नेपाल प्रमुख रेनो मेयर रहनुभएको थियो ।

महानगरपािलकाको प्रमुख जिसीले यस लक्ष्यलाई स्थानियकरण गर्न तयार रहेको र बिकास निर्माणलाई पनि प्रमुख प्राथिमिकतामा राखि दिगो बिकास तर्फ महानगरपािलका उन्मुख भएको कुरा अवगत गराउनु भएको थियो । त्यसै गरी कास्की जिल्लाको जिल्ला समन्वय समितिको प्रमुख क्षेत्रीले दिगो बिकासको लक्ष्य अध्साध्यै राम्रो अभियान भएको कारणले नेपाल जस्तो देशले यसको प्राप्तिको लागि अगाडि बढ्न जरुरी रहेको छ र यसका लागि सम्रग जिल्ला र प्रदेश नं ४ कै प्रतिनिधित्व कास्की जिल्लाले गर्न तत्पर रहेको कुरा जानकारी गराउनुभयो । उद्घाटन सत्रमा युएनडिपी नेपालको नेपाल प्रमुख रेनो मेयरले स्थानिय निकायलाई क्रियाशिल बनाउन तर्फ यस क्षेत्रको युवाहरु तयार रहनु पर्ने कुरामा बिशेष जोड दिनु भएको थियो ।

त्यसै गरी उक्त कार्यक्रममा बिशेष बक्ताको रुपमा पोखरा लेखनाथ महानगरपािलकाको लेखा अधिकृत बसन्तराज सिग्देल, नागरिक समूहकको अध्यक्ष निगम हुमागाइँ, एनजिओ फ्रेडेसन कास्की जिल्ला अध्यक्ष पदम राज पहारी, राष्ट्रिय महिला अधिकार मंच कास्की जिल्ला अध्यक्ष कल्पना ढकाल, जिल्ला कृषि सहकारी संघ कास्की जिल्ला अध्यक्ष शिबजी कोईराला र युवा सस्थाको तर्फबाट वल्र्ड मेरिट पोखराको अध्यक्ष संजय भण्डारी ज्यूहरुले सहभागीहरुलाई दिगो बिकासको लक्ष्यको बिषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरी सहभागीहरुलाई यस लक्ष्यमा कार्य गर्न बिशेष अनुरोध गर्नुभएको थियो । त्यसै गरी सहभागी युवाहरुले निकै महत्वपूर्ण प्रश्नहरु गरी अतिथि बक्ताहरुबाट उक्त प्रश्नको जवाफ लिएका थिए ।

उक्त कार्यक्रममा युएनडिपीको युवा कार्यक्रम अधिकृत बिसम ज्ञवालीको बिशेष प्रस्तुतीकरण गरी सहभागीहरुलाई दिगो बिकासको लक्ष्यहरुको बिषयमा प्रस्तुतीकरण गरी सहभागीहरुलाई दिगो बिकासको लक्ष्यको बिषयमा थप प्रस्ट पार्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुलाई बिभिन्न ४ ओटा समूहमा बिभाजित गरी सामूहिक छलफल गराई प्रदेश नं. ४ का लागि कार्ययोजना तयारी गरी ग्रुपको टोली नेताले प्रस्तुती गरेका थिए र उक्त कार्ययोजनालाई पोखरा लेखनाथ महानगरपालिका प्रमुख मान बहादुर जिसीलाई हस्तान्तरण गरी कार्यक्रमलाई समापन गरियो ।

प्रकाशित मिति : २०७४, १ माघ सोमबार १२:३६

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

शुभ खबर,  नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार […]

२०७५, ८ जेष्ठ मंगलवार १९:१५
नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

शुभ खबर, नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ। तत्कालिन एमाले र माओवादी केन्द्रबीच जेठ २ गते एकीकरणपछि मंगलबार […]

२०७५, ८ जेष्ठ मंगलवार १९:०७
पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

शुभ खबर, चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई […]

२०७५, ७ जेष्ठ सोमबार १७:४२
नीति तथा कार्यक्रम प्रस्तुत

नीति तथा कार्यक्रम प्रस्तुत

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५÷७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा ÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत […]

२०७५, ७ जेष्ठ सोमबार १७:२४
सरकारको नीति तथा कार्यक्रम आज

सरकारको नीति तथा कार्यक्रम आज

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार (आज) संघिय संसदमा प्रस्तुत गर्दै हुनुहुन्छ । बजेट […]

२०७५, ७ जेष्ठ सोमबार ०८:३३
किन खस्छ आङ ? जोगिने उपाय तथा उपचार

किन खस्छ आङ ? जोगिने उपाय तथा उपचार

शुभ खबर, पाठेघर अर्थात् आङ खस्ने राेग महिलाहरूमा हुने जटिल समस्या हाे । याे समस्याबाट धेरै महिलाहरू पिडित छन् । विषेश […]

२०७५, ६ जेष्ठ आईतवार ०९:५२
भिडियो