प्रदेश नं १ मा एसडिजी फेस्टिबल सम्पन्न

शुभ खबर, दिगो विकासको लक्ष्य प्राप्तीका लागि नेपाल यूवा परिषदको आयोजनामा भव्य कार्यक्रम प्रदेश नं १ को विराटनगरमा सम्पन्न भएको छ ।


नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँको बिशेष सम्बोधन पश्चात औपचारिक रुपमा सुरु भएको कार्यक्रममा अध्यक्ष बानियाँले प्रदेश नं १ लाई समृद्ध प्रदेशको रुपमा चिनाउने हो भने यसका लागि अरुको मुख नताकी प्रदेशका युवाहरुबाट नै हुनुपर्नेमा जोड दिए । उनले दिगो बिकास लक्ष्य प्राप्तिमा सबै क्षेत्रमा युवाहरु जुट्नु पर्ने बताए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघिय बिकास कार्यक्रमका नेपाल प्रमुख रेनोड मेयरले दिगो बिकासको लक्ष्य भनेको कसैको नारा वा एजेण्डा नभई यो सबैको साझा एजेण्डाको बिषय भएको बताए । रेनोडले दिगो बिकास लक्ष्यलाई संयुक्त राष्ट्र संघको महासभामा नेपाल सरकारको प्रतिनिधिले समेत हस्ताक्षर गरेको हुँदा यो सबैको साझा लक्ष्य हो भन्ने कुरामा बिशेष जोड दिए । उनले युवा भनेका भविष्यका कर्णधार मात्र नभई बर्तमानका साझेदार पनि भएको भन्दै स्थानिय सरकार र प्रदेश सरकारले युवा सुहाउँदो कार्यक्रम बनाई अघि बढ्न सकेको खण्डमा नेपाल समृद्ध तर्फ उन्मुख हुनेमा जोड दिए ।


प्रदेश नं १ का सामाजिक बिकास मन्त्री जिबन घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा घिमिरेले कार्यक्रमबाट प्राप्त सल्लाह सुझाब तथा भाबी कार्ययोजनालाई अध्ययन गरी प्रदेश नं १ का युवाहरुलाई सशक्तिकरण गर्नको निमित्त प्रदेश सरकारको निति तथा कार्यक्रममा समाबेश गरिने बताउँदै उनले भने, ‘बिभिन्न कार्यक्रमहरु पनि निर्माण गरिन्छ, साथै आबश्यक बजेट तर्जुमा समेत गर्ने गरी यस प्रदेशको विकासका लागि सरकार तत्पर रहेको छ ।’

कार्यक्रममा प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेल ‘शारदा’ले नेपालका युवाहरुलाई अवसर सृजना गरी नेपाली भुमिमा नै बिबिध खालका उद्यमशीलता गर्न प्रेरित गर्नु पर्ने कुरामा सबैको ध्यानाकर्षण गरिन् ।
मन्त्वय दिने क्रममा जिल्ला समन्वय समिति मोरङका सभापतिले समसामयीक बिषयमा तथा दिगो बिकास लक्ष्य बिषयमा आफ्नो महत्वपूर्ण धारण राख्नुभएको थियो ।

बिभिन्न बक्तहरुले बिभिन्न बिषयमा मन्तव्य प्रस्तुत हुर्दै उद्घाटन शत्र समापन भएको थियो ।
कार्यक्रममा युएनडिपी नेपालको युवा कार्यक्रमका अधिकृत विषम ज्ञवाली, बिराटनगर नगरपालिकाका प्रतिनिधि दिल्ली धिमाल, ओरेक नेपाल विराटनगरकी प्रमुख शोभा बजगाई तथा राष्ट्रिय मानव अधिकार आयोगकी मोरङ प्रमुख मञ्जुु खतिवडाले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अन्त्यमा सडक सुरक्षा सम्बन्धि भिडियो प्रस्तुत गरि सहभागीहरुलाई बिभिन्न समूहमा बिभाजन गर्दै प्रदेशको भावी कार्ययोजना बनाएर फेस्टिबल सम्पन्न भएको हो । यसअघि परिषदले ६ ओटा प्रदेशहरुमा एसडिजी फेस्टिबल सम्पन्न गरिसकेको छ, यो कार्यक्रमसँगै प्रदेशस्तरीय एसडिजी फेस्टिबल सम्पन्न भएको अध्यक्ष बानियाँले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, १२ जेष्ठ शनिबार २१:०३

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो