दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ ।

उत्तरदायीपूर्ण ढंगबाट व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले राष्ट्रिय संयन्त्रका रुपमा स्थापित ग्लोबर कम्प्याक्ट नेपालले आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले यस मञ्चलाई उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका राष्ट्रिय प्रतिनिधि रेनाउड मेयरले दिगो विकास लक्ष्यले परिलक्षित गरेका लक्ष्यहरु कार्यान्वयन गराउन निजी व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

ग्लोबल कम्प्याक्ट नेपालकी अध्यक्ष सुलोचना श्रेष्ठ शाहले सन १९९९ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नानको घोषणाअनुसार स्थापना भएको विश्वव्यापी संयन्त्रलाई सन् २०१५ मा नेपालमा अनौपचारिकरुपमा स्थापना गरिएको र हाल यसमा गैरसरकारी संस्था र व्यापारिक कम्पनी गरी २२ सदस्य रहेको जानकारी दिनुभयो ।

सो अवसरमा संस्थाका महासचिव योगेश सत्याल, सदस्य समीर थापा, नवीना श्रेष्ठलगायतले ग्लोबल कम्प्याक्ट नेपालका गतिविधि र भावी कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो । रासस

प्रकाशित मिति : २०७५, २१ असार बिहीबार १४:५१

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम

एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम

 शुभ खबर, सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोपन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आज यहाँ फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको […]

२०७५, १५ असार शुक्रबार १४:१४
भिडियो