देशले खेलकुदमा लगानी गर्दैन तपाई हामी भोको पेट खेलेर केही हुनेवाला छैन : संजय पण्डित

काठमाडौँ देखि दोललघाट सम्म उल्टो दौडेर सफल यात्रा तय गर्नुभएका संजय पण्डितँग शुभ खबर संबाददाताले लिएको एक महत्वपूर्ण अन्र्तबाता

तपाईले काठमाडौँ देखि दोललघाट सम्म उल्टो दौडेर सफल यात्रा तय गर्नुभएको छ, तपाईलाई कस्तो लागिरहेको छ ?
यो यात्रा निकै सुखद रह्यो र म शत प्रतिशत सफल भए । मैले अष्ट्रेलियाको सर्वोच्च शिखर उल्टो हिँडेर सफल आरोहण गरे २०१४ मा । मैले संसारका धेरै हिमालहरु चढिसकेँ । नेपालको सगरमाथा लगायत बिश्वका ६ महादेशका ८ वटा सर्वोच्च शिखरहरु चढिसकेको छु । त्यसमा चाँहि दुईवटा हिमालहरु उल्टो चढेको थिए । अष्ट्रेलियाको सर्वाेच्च शिखर कोजिसु (२०१४) र अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो (२०१५) मा आरोहण गरेको थिए । उल्टो हिँड्न सकिन्छ तर उल्टो दौडिन सकिन्छ कि सकिँदैन भनेर म भित्र एउटा उत्सुकता भयो । केही दिन अगाडि मात्र घोषणा गरेँ । मैले सन २०१४ को नोभेम्वर २२ मा अष्ट्रेलियाको सर्वोच्च शिखर चढेकै दिन पारेर यहाँदेखि दोलालघाट उल्टो दौडिने भनेर मैले घोषणा गरे तर त्यो त्यति सजिलो थिएन । यो घोषणा गरिसके पछि जसरी पनि पुरा गनुपर्छ भन्ने मान्यता मैले बोकेको थिए । त्यसैको शिलशिलामा नोभेम्बर २२ मा कोटेश्वरबाट डां रामशरण महत, डिआइजी प्रकाश अर्याल, गोल्डेनगेट कलेजका सिइओ रमेश कुमार शिलवाल र अन्य व्यक्तित्वहरुले उद्घाटन गर्नुभयो र म त्यहाँबाट निरन्तर दौडिए । दशजनाको टोलीमा यो परीक्षणको रेस थियो । यो एउटा उत्सुकताको नतिजा थियो जसमा म शत प्रतिशत सफल भए । हाम्रो टोलीमा नेपालगन्जको चर्चित धावक भुमिराज राई, सुरेन्द्र बस्नेत, केन्याका धावक पिटर लगायत हामी सबै सफलता पुर्वक ११ घण्टा ४१ मिनेट ५७ सेकेन्डमा हामीले उक्त यात्रा पार ग¥यौँ जसको लागि सबै ठाउँमा नेपाल पर्यटन बोर्डले सहयोग गरेको थियो । त्यहाँका स्थानियले पनि हामीलाई फुलमालाले स्वागत गरेको थियो । त्यसको लागि आवश्यक प्रमाण पनि सम्बन्धित पक्षले जुटाएको थियो जुन हामीले पेश गरेका थियौ ।

त्यो तपाईको उत्सुकता मात्र थियो कि त्यस पछाडि हजुरको केही उदेश्य पनि थियो ?
यसको उदेश्य भनेको कुनै पनि मान्छेले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने थियो । संसारको सर्वोच्च शिखर उल्टो हिँडेर आरोहण गर्ने म पहिलो बिश्व पर्वतारोही हो । नोभेम्वर २२ मा उल्टो चढेको उपलक्ष्यमा खुसीयालीमा म यो दौड दौडिए । अब मैले त्यही दिन पारेर अब अर्को बर्षदेखि ठूलो म्याराथन उल्टो प्रतियोगिता राख्ने योजना बनाएको छु । जुन रंगशालामा ५ देखि १० किलोमिटरको हुनेछ ।

तपाईको यो यात्रालाई सफलबनाउनको लागि क कस्ले सहयोग गरेको छ ?
यो पुर्ण रुपमा एउटा ब्यक्तिगत प्रयास थियो । मलाई सुरुमा यो दौड दौडिन सक्दैन भन्ने थियो । मलाई जब दौडको उद्घाटन गर्दा केही समय उद्घाटन गर्नेले हेर्छन् तर म त्यो दुरी दौडिन सक्छु कि सक्दिन होला भन्ने लागेको थियो । किनकी मैले यो भन्दा अगाडि कैले पनि यो अभ्यास गरेको थिएन । म अफ्रिाकाको हिमालमा उल्टो आरोहण गरेको भन्दा पनि यो गाह्रो रहेको थियो । तर पनि मैले सफलता पुर्वक यात्रा गरेँ ।

कत्तिको चुनौतीपुर्ण लाग्यो काठमाडाँैँदेखि दोलालघाटसम्मको यात्रा, त्यस्तो व्यस्त सडकमा ?
सडक त एकदम व्यस्त रहेको थियो । त्यस सडकमा हेलम्बुबाट आउने टिफरहरुले धेरै समस्या पैदा ग¥यो । धेरै ठाँउमा उनीहरुले अबरोध पैदा गरेको थियो । म उल्टो दौडिने र अगाडिबाट धावकहरुले स्कट गरिरहेका हुन्थ्ये । कुनै कुनै ठाँउमा उल्टो दौडिदापनि धेरै गति पैदा हुन्थ्यो । मैले कोटेश्वर देखि धुलिखेल ७ मिनेटमा एक किलोमिटरको दरले यात्रा तय गरेको थिए । त्यहाँ एकदमै गाह्रो भएको थियो । तिनपिप्ले पाँचखाल हुँदै हामी गएका थियोैँ । गाह्रो त एकदमै हुन्छ नै तर धैर्यता हो सबैभन्दा ठूलो कुरा भनेको । म जसरी पनि त्यो यात्रा दौडेर पार गर्छु भन्ने जोशको साथ दौडेको थिए । त्यो गाह्रो भएको कारणले त्यो रमाइलो भयो । चुनौतीबिना कुनै काम हुँदैन त्यहीकारण मैले तिन करोड नेपालीले गर्न नसकेको काम गर्न सफल भए । अर्को बर्षदेखि अष्ट्रेलियाको सर्वाेच्च शिखर उल्टो चढेको सेलेब्रेसनमा ठूलो उल्टो दौड प्रतियोगिता राखिन्छ । यसलाई हरेक बर्ष संस्थागत रुपमा लान्छौँ । यस्ले अन्तर्राष्ट्रिय रुपमा पनि धेरै राम्रो प्रभाव पार्न सफल हुन्छ त्यो मेरो बिश्वास छ ।

sanjay-pandit-1

तपाई आफुले आफुलाई धावक वा आरोही के भनेर चिनाउनुहुन्छ ?
म धावक हुँ यो आरोहण मेरो रुचि हो । धावकको कारणले मैले सगरमाथा चढ्ने अवसर पाएको हो । अहिल्यै पनि जतिले चिन्छ मलाई धावकको रुपमा चिन्छ । तर सफलता भने मैले आरोहणमा प्राप्त गरेको छु । म दौडिदा दौडिदै आरोहण तर्फ लागेको हुनाले म दौडमा भने सफल हुन सकिन । तर अझै पनि म धावककै रुपमा आफुलाई चिनाउन चाहन्छु । म लामो दुरीको धावक हुँ । म साधारण जनताको छोरो अध्ययनको लागि राजधानी आएको केही फरक गर्ने इच्छाले मलाई यो सफलताको बाटोमा डोराएको हो ।

देशको नाम बिश्वमा चिनाउन सफल किर्तीमानी धावकको रुपमा तपाईलाई देशको तर्फबाट कस्तो सहयोग प्राप्त भएको छ ?
सरकारको तर्फबाट थोरै सहयोग प्राप्त भएको छ । सगरमाथा किलर माउन्टेन मनास्लु चढ्दा मैले सरकारको सहयोग कहिल्यै खोजिन किनकी आफु पनि सक्षम हुनुपर्छ । जो कोहीलाई सगरमाथा चढ्छु भनेर सरकारले उनीहरुलाई सहयोग गर्न सक्दैन । यो हाम्रै देशमा छ त्यसकारण हरेक मान्छेको इच्छा र आकंक्षाको लागि सरकारले सगरमाथा चढ्न पैसा दिन सक्दैन । तर सञ्जय पण्डितले धेरै हिमाल चढेपछि अहिल्ये अन्टार्कटिकाको लागि सरकारबाट सहयोग मागेको छु । थोरै थोरै सहयोग प्राप्त भएकै छ । खेलकुद मन्त्रालयले सहयोग गरेको छ । त्यति सहयोग भएको छैन र सरकारसंग त्यति सहयोगको अपेक्षा गर्नु पनि बेकार हो ।

तपाई आफु पनि एउटा खेलाडी हुनुहुन्छ के तपाईलाई लाग्छ नेपालमा खेलाडीहरु ब्यवसायीक रुपमा अघि बढिरहेको छ भनेर?
नेपालमा हेर्ने हो भने दुईवटा खेल क्रिकेट र फुटबलको मात्र चर्चा छ अरु त खेल न होइन जस्तो गर्छन् । नेपालमा अहिल्यै सम्मको पेरिपेक्षमा दौडेर नै म जिवन जिउँछु भन्ने छैन । फुटबल र क्रिकेटमा त्यो अलिअलि देखिएको छ तर अन्य खेलबाट त्यसको अपेक्षा गरिन सकिँदैन । नेपाल बिस्तारै बिकास हुँदैछ अब अहिल्यैको परिस्थितीमा भने त्यस्तो छँदै छैन । निकै गाह्रो छ । कुनै एउटा क्षेत्रमा बिकास हुन अन्य क्षेत्रमा पनि बिकास हुन आवश्यक छ । तर हाम्रो देशमा केहीमा पनि बिकास छैन । त्यसकारण यस्तो भएको हो जस्तो लाग्छ ।

नेपालबाट बिदेशिने युवालाई खेलकुद क्षेत्रमा आकर्षित गर्न के गर्न सकिन्छ जस्तो लाग्छ ?
जब सम्म देशले खेलकुदमा लगानी गर्दैन तपाई हामी भोको पेट खेलेर केही हुनेवाला छैन । देशले खेल्ने ब्यक्तिलाई सुरक्षा दिन आवश्यक रहेको छ । हामी खेलाडीहरु खेल त खेल्छौँ तर डाइटको लागि पैसा हुँदैन । त्यसकारण सञ्जय पण्डित धावक यात्राबाट आरोहण तर्फ लागेको हो । नेपालमा फेरि छोरा छोरीलाई डाक्टर इन्जिनियर बन भन्छ तर खेलाडी बन भनेर कसैले भन्दैन । तर नेपालमा अहिल्यै ४० हजार डाक्टरमा कसैलाई चिन्दैन भने नेपालका चर्चित खेलाडीहरुलाई जो कोहीले चिन्न सक्छ । धेरै कममा थोरैले गरेको कारणले सबैले चिनेका छन् । केही फरक चिजको मुल्याकंन नै भएको छैन सरकारको नजरमा । सरकारले र राष्ट्रिय खेलकुद परिषदले एउटा गतिलो योजना बनाएर अघि नबढेसम्म हामी दुईचार जनाले भनेर केही हुँदैन । यो जिम्मेवारी सरकारको जिम्मेवारी हो ।

तपाई भविष्यको योजना के रहेको छ ?
मैले अहिल्यै कान्तिपुर इन्टरनेशनल कलेजबाट एमबिए तह सकाएको छु । म अब अन्टार्कटिका आरोहण गर्न जाँदैछु त्यसको लागि रकम जम्मा गर्दैछु । मैले धेरै सर्वोच्च शिखर आरोहण गरिसकेको छु । कुनै हिमालमा दौरा सुरुवाल लगाएर आरोहण गरे त कुनैमा अर्ध नग्न भएर आरोहण गरे । अब म एउटा ब्यवसायीक जिवन सुरु गर्ने योजना बनाएको छु । सञ्जय पण्डित सगरमाथा चढ्छु भनेर कहिल्यै सोचेको थिएन । यो जिन्दगीको पलहरु कुन समयमा परिवर्तन हुन्छ थाहा हुदैन । भविष्यमा जुन क्षेत्रमा पनि हुन सक्छु किनकी भविष्य कसैले देखेको हुँदैन । त मलाई दौडले सबै माझ चिनाएको हुनाले म यहि क्षेत्रमा नै केही गर्न चाहन्छु ।

अन्त्यमा सम्पुर्ण खेलप्रेमीहरुलाई के भन्न चाहनुहुन्छ ?
खेल तथा आरोहण प्रेमी भन्नुपर्छ ।। तपाईहरुले कुनै पनि काममा निरन्तरता दिनुहोस् त्यसपछि मात्र तपाईहरुले सफलता प्राप्त गर्नुुहुन्छ । कुनै पनि क्षेत्रमा १० देखि १२ बर्ष लाग्नु भयो भने तपाई सफल बन्नुहुन्छ । अन्त्यमा मलाई सहयोग गर्ने सबैको नाम लिन चाहन्छु । नेपाल सरकार, डां रामशरण महत, बामदेव गौतम, गोल्डेन गेट कलेजका सिइओ रमेश कुमार शिलवाल, लगायत हाम्रा प्युठाने दाजुभाई तथा दिदी बहिनी जस्ले ५० रुपैँया भएपनि मलाई सहयोग गर्नुभयो । पुर्वमन्त्री रेखा शर्मा, विर बहादुर केसी, हिरा बहादुर केसी, मुक्ति प्रसाद शर्मा, देवेन्द्र शर्मा लगायतको ब्यक्तिको सहयोग र साथले म सगरमाथा चढ्न सफल भए । राष्ट्रिय खेलकुद परिषद र पुर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल ले पनि धेरै सहयोग गर्नु भएको छ । मेरो परिवारले पनि मलाई धेरै सहयोग गरेको छ सबैलाई धन्यवाद दिन चाहन्छु ।

प्रकाशित मिति : २०७३, १२ मंसिर आईतवार १४:०४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो