देश दौडाहामा हिडेको चलचित्र “संरक्षण” लाई बिरगंजमा दर्शकको प्रश्न / कहिले चल्छ “संरक्षण” ?

शुभ खबर, प्रचार प्रशारको लागी देश दौडाहामा निस्केको चलचित्र “संरक्षण”को युनिट बुधबार बिरगंज पुग्दा बिरगंजको पुरानो सिनेमा हल ए म्याक्स र त्रिमुर्ति सिनेमा हल पुग्दा सधै हिन्दि र भोजपुरी सिनेमा लाग्ने हलमा दर्शकहरुले नेपाली फिल्म “संरक्षण”को  ट्रेलर र फिल्ममा भएको भोजपुरी गीत मनपराएकोले दर्शकहरु सिनेमाको रिलिज पर्खेर बसेको बताए ।

बिरगंजको व्यस्त सिनेमाहल त्रिमुर्ति सिनेमा हलका म्यानेजर मेघराज सहनीको अनुशार हलभित्र जब “संरक्षण”को ट्रेलर जब प्ले हुन्छ तब  हल भित्रको दर्शक चुपचाप ट्रेलर हेरेर बस्छन जब ट्रेलर सकिन्छ तरब उनीहरुको एउतै मात्र प्रश्न हुन्छ हामिलैई “काव लागी हो यी सिनेमा ” । शहनिको अनुशर सिनेमाले मधेशको कुरा उठाएको र मेकिंगले गर्दा पनि “संरक्षण”को प्रतिक्ष्या दर्शकलाई भएको उनले बताए ।

गतेबाट देश ब्यापी प्रदर्शनमा आउने चलचित्र “संरक्षण” को युनिटले बुधाबर बिरगंजमा पत्रकार भेटघाट पनि गर्यो । पत्रकार सम्न्म्लेनमा पत्रकारहरुको प्रश्नको जबाफ दिंदै सिनेमाको प्रमुख खलपात्र सुशान्त श्रेष्ठले भने ” यो फिल्म बिल्कुलै नेपाली पन बोकेको सिनेमा हो जसले नेपालको अहिलेको बिध्यमान राजनीतिक तथा सामाजिक स्थितिको व्याखा गरेको छ , सिनेमाले नेपालको राजनीतिक , सामाजिक र आर्थिक अवस्थालाई  दर्शाउछ । “
 आइतबार मोफसलको पहिलो पत्रकार सम्मेलन बिराटनगर र ईटहरिमा गरेको युनिटले सोमबार धरान  र दमकमा पत्रकार भेटघाट गरेको थियो । युनिट मंगलबार पूर्वको अन्य शहर र बुधबार बिरगंज पुगेको युनिट सिनेमाले सफलता हात पार्नेमा बिस्वोस्त रहेको छ ।
आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जबाफ दिदै निर्देशक पुर्णेन्दु झा ले पत्रकारहरुलाई “सिनेमा “संरक्षण” एउटा बिसुध्ह नेपाली चलचित्र हो जसले नेपाली समाजको बर्तमान राजनीतिक अवस्थाको चित्रण गरेको छ । यस सिनेमाले मधेशी थारु समुदाय बिचको व्याबहारिक र मनोबैज्ञानिक दोन्दलाई चित्रण गरेको छ । चलचित्र ५ ओटा पी पुलिस , प्रेश , पब्लिक , पावर र पोलिटिक्स मा कथा घुमेको छ , सीनेमाले नेपलाको जन आन्दोलन २०६२ ६३ पछीको देशको सामाजिक , राजनीतिक  अवस्थाको पृष्ठभूमिमा आधारित पोलिटिकल ड्रामा जहाँ पहाडी , मधेशी थारु समुदाय बिचको व्याबहारिक र मनोबैज्ञानिक दोन्दलाई चित्रण गरेको छ । चलचित्र ५ ओटा पी पुलिस , प्रेश , पब्लिक , पावर र पोलिटिक्समा कथा घुमेको छ । “
 पुर्णेन्दु प्रोडक्सन्स , द्वारिका उदय प्रोडक्सन  , श्रीबास्तव फिल्म्स तथा हेटौडा मुभी मेकर्स टिमको  ब्यानरमा निर्मित नेपाली चलचित्र “सरंक्षण” श्रावण २७ गते बाट देशका करिब ७५ ओटा भन्दा बढी सिनेमा घरहरुबाट प्रदर्शनमा आउने बताए चलचित्रका लागी निर्माता नरेन्द्र महर्जनले । डेढ करोडको लगानीमा बनेको यस सिनेमामा नायक  निखिल उप्रेती , सौगात मल्ल रमेश रंजन झा  , मलिना जोशी , अशिश्मा नकर्मी , प्रमोद अगरहरी , कामेस्वोर चौरसिया  ,कृष्ण सिंह , रमेश बुढाथोकी , निर शाह , श्वेता शाह , नन्दु श्रीवास्तब , निर्देश श्रीवास्तब , राज कटुवाल तथा  सुशान्त श्रेष्ठको प्रमुख अभिनयको रहेको यस चलचित्रको कथा रमेश रंजन झा र निर्देशक पुर्णेन्दु झा ले नै लेखेका हुन्  ।
धिरेन्द्र प्रेमार्शी र रोशन जनकपुरीको शब्द रहेको यस चलचित्रको गीत लाई संगीत भने प्रभेस मलिकले भरेका छन् । पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको यस सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन ,कविराज गहतराजको कोरियोग्राफर ,  र हिमाल केसीको दोन्द रहेको छ । चलचित्र लाई एफ डी कम्पनि र बि के फिल्म्स र स्टेसन फाईबले वितरण गर्ने भएको छ ।
www.musicmandu.com बाट साभार

 

प्रकाशित मिति : २०७४, २४ श्रावण मंगलवार २१:५५

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो