‘गाईकाण्ड’मा उपसभामुख तामाङले मौनता तोडिन् : मेरो चरित्रहत्या भयो, अदालत जाने सोचमा छु

 

शुभ खबर, प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङलाई जोडेर अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी हुँदै आएको छ ।  तामाङले  ‘गाईको मासु खान पाउनुपर्ने  र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्ने’ धारणा राखेको भन्दै उनको गृहजिल्ला नुवाकोटका कांग्रेस  सडकमै  अाएकाे छ ।

 नुवाकोट कांग्रेसको निर्देशनमा शनिबार साँझ नेविसंघ नुवाकोटले विराेध जुलुस निकालेको थियो । यसो त यही विषयलाई लिएर सामाजिक सञ्जालमा पनि पक्ष र विपक्षमा व्यापक टिप्पणी हुँदै आएका छन् ।

समाजिक सञ्जालमा विरोध र राजनीतिकरणा भइरहँदा  तामाङले मुख खोलेकी छिन् । आखिर तामाङले भनेकी के थिइन् ? अहिले भइरहेको टिकाटिप्पणीबारे तामाङको प्रतिक्रिया जस्ताको तस्तैः

– सामाजिक सञ्जालमा कसले लेख्यो  र कुन आधारमा लेख्यो त्यो मलाई थाहा छैन । यो बिषयमा मैले धेरे बोलिरहेको छैन । म हेर्दैछु । अहिले धेरै जनाको बहस हेरिरहेकी छु । 

–यो राजनीतिक प्रतिशोतको आधारमा चलाइएको हल्ला हो भन्ने लाग्छ मलाई । नुवाकोटमा कांग्रेस हारेको छ । त्यो खपिनसक्नु भएर  गलत अफबाह फैलाइएको हो । 

–अर्को तामाङ समुदायको चेलिबेटी बेच्ने सुनबहादुर तामाङलाई वडा अध्यक्ष बनाएर उससँग धेरै खाइपिइ आएका ब्यक्तिहरुले अब खान नपाउने भए । सँगसँगै कांग्रेसको इमेज थप ड्यामेज भयो ।  र, आत्तिएर म माथि यो प्रहार भएको हो । 

–मैले गाइ काटेर खान पाउनु पर्छ भनेर कहाँ बोलेको कुनै आधार छैन । काँही केही भनेकी छैन । त्यसतो रेकर्ड पनि छैन । अहिले म जुन पोष्टमा छु ।  त्यो पोष्टमा रहेर मैले के गर्नु पर्छ  ।  के बोल्नु पर्छ भन्ने मलाई राम्ररी थाहा छ । 

– नेपाल तामाङ घेदुङले भनेको कुरालाई मसँग जोडेर नियोजित तरिकाले फैलाउने अधिकार उनीहरुलाई कसले दियो थाहा छैन । यो बिषयमा म पनि अनविज्ञ नै छु ।

–यस बिषयमा नेपाल तामाङ घेदुङले गृहमन्त्री, मुख्य मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएको छ । यो बिषयमा प्रधानमन्त्रीसँग सम्म पुग्ने उनीहरुको तयारी हो । यो राष्ट्रिय मिडियामा पहिले देखिनै आएको बिषय हो । 

–मकवानपुरको पदम पोखरीका बिचौलियाले पैसाको बार्गेनिङ गरेर दिन नसकेपछि गाई काटेको आरोपमा मानिसलाई फसाउने काम गरिएको छ । त्यसको बिरुद्धमा आवाज बुलन्द गर्न गएको नेपाल तामाङ घेदुङले् जो बिषय राखेको छ ।  त्यसलाई मैले भनेको भनेर चरित्र हत्या गर्ने प्रयास गरिएको छ । यो मलाई मात्र होइन । संघियता, धर्मनिपरेक्षता लगायत सबैमा गरिएको प्रहार हो । यसले कांग्रेसको बास्तबिक चरित्र र केही कम्युनिष्ट भन्नेको पनि चरित्र देखिएको छ ।

–एउटा कुरा यो कसले गलत ढंगले बाहिर ल्यायो मलाई पनि थाहा छैन । नेपाल तामाङ घेदुङले सामान्य भेटघाटको कुरा गर्यो । तामाङ घेदुङको डेलिगेसन टिमले यो बिषय राख्यो ।  त्यसपछि मेरो नुवाकोटको पनि छुट्टै डेलिकेसन टिम थियो । त्यसपछि घेदुङ टिम हिँड्यो, नुवाकोटको टिम बस्यो ।  त्यो समयमा मैले बोल्न पनि पाइनँ । त्यहा कुनै पत्रकार पनि थिएनन् । 

–भोलिपल्ट पो कुरो गुुटुङटुङ आयो । के आयो भनेर हेर्दा जे मन लाग्यो त्यही लेखेर पठाइएको रहेछ ।  मेरो विरोध गर्ने केही पात्रहरु मैले चिनेको छु । मेरो विनाआधार चरित्र हत्यागर्ने तिनीहरुको बिरुद्धमा कानुनी लडाई लड्ने र कानुनी बाटो खोज्ने पनि सोचमा छु । अहिले बाहिरको कुरा, नियाली रहेकी छु ।  Source: रातोपाटी

प्रकाशित मिति : २०७४, ११ चैत्र आईतवार १४:४०

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो