राष्ट्रपतिको सम्बोधन आज

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सङ्घीय संसद्लाई सम्बोधन गर्दै हुनुहुन्छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई पहिलो पटक राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछिको पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले सम्बोधन गर्न लाग्नुभएको हो । सङ्घीय संसद्को बैठक बिहीबार अपराह्न ४ बजे बोलाइएको छ ।
संविधानको धारा ९५ (१) मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिको सम्बोधनपछि चैत १६ गते बैठक राखेर सङ्घीय संसद् अधिवेशन अन्त्य गर्ने तयारी समेत गरिएको छ ।
संविधानअनुसार राष्ट्रपति प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय–संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद्को बैठक हालको प्रतिनिधिसभा हलमा बस्नेछ । गोरखापत्रबाट

प्रकाशित मिति : २०७४, १५ चैत्र बिहीबार ०९:२८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

इदमा राष्ट्रपति र प्रमको शुभकामना

इदमा राष्ट्रपति र प्रमको शुभकामना

शुभ खबर,  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी […]

२०७५, २ असार शनिबार १५:०३
प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

शुभ खबर, प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको […]

२०७५, २ असार शनिबार १४:५२
बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

शुभ खबर, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर […]

२०७५, २ असार शनिबार १४:४४
अमेजमान डटकम संचालनमा

अमेजमान डटकम संचालनमा

शुभ खबर, अमेजमान पिटीइ एलटिडी सिगांपुर तथा मेजमान ग्रुप अफ कम्पनीले बिकास गरेको अनलाईन होटल बुकिङ्ग सिस्टम अमेजमान डटकमको हिजो […]

२०७५, २ असार शनिबार ११:२८
अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

शुभ खबर, विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। दुई वर्षअघि युरोपियन […]

२०७५, २ असार शनिबार ११:०१
सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

स्थानीय तहले सूचना अधिकारी राख्ने प्रतिबद्धता शुभ खबर, सोम गुुरुङ्ग, बर्दिया १ असार ÷ पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत यूएसआईडी र […]

२०७५, २ असार शनिबार १०:५०
भिडियो