एसएलसीमा ग्रेडिङ प्रणाली सकारात्मक : प्रकाश घिमिरे

बिगत लामो समयदेखि नै शिक्षा क्षेत्रमा सक्रिय भूमिका निर्बाह गर्दै हजारौ नेपाली बिद्यार्थीहरु उत्पादन गर्न सफल लिकंन कलेजका प्राचार्य प्रकाश घिमिरेसँग गरिएको एक अन्तरमनको कुराकानी

नेपालको वर्तमान शिक्षा प्रणालीबारे यहाँको धारणा के रहेको छ ?

वर्तमान शिक्षा प्रणालीभन्दा पनि अहिले हाम्रो शिक्षा प्रणाली नै परम्परागत रुपमा चलिरहेको छ । यसमा प्राबिधीक हिसाबले हेर्ने हो भने केही सुधार भने हुनुपर्ने हो तर स्रोत र साधनको अभावले गर्दा त्यो चाँहि अघि बढ्न सकेको छैन । यसमा के कुरा पुगेको छैन त्यसमा ध्यान पु¥याएर प्रयोगात्मक शिक्षा बिद्यार्थीहरुलाई दिनसकेमा धेरै राम्रो हुन्छ होला जस्तो मलाई लाग्छ ।

शिक्षाको क्षेत्रमा लिंकन कलेजले कस्तो योगदान दिइरहेको छ जस्तो लाग्छ तपाईलाई ?

लिंकन कलेज पुरानो कलेज हो । यसले आफ्नो उत्पादनलाई धेरै ठाउँमा पु¥याएको छ । धेरै देशहरुमा यहाँबाट अध्ययन गरेका बिद्यार्थीहरु पुगेका छन् । यो प्राइभेट कलेज भएको कारणले यसले निरन्तरताको लागि बिद्यार्थीबाट शुल्क नउठाईकन शिक्षा दिन नसकिने कुरा स्पष्ट छ । त्यही पनि शिक्षा एउटा आधारभुत आवश्यकता भएको हुनाले बिद्यार्थीहरुलाई शिक्षा प्रदान गरि त्यो शिक्षाबाट सक्षम बनाउनको लागि एउटा प्रेरणा गरेको छ जुन चाँहि हाम्रो नतिजादेखि लिएर हाम्रो पठनपाठनको माध्यमबाट राम्रो नै गरेको छ । लिंकन कलेज धेरै मेहेनत गरेर म्यानेजमेन्टको लागि मात्र नभईकन, बिज्ञान संकाय, मानविकी संकायको राम्रो कलेजको रुपमा स्थापित भईसकेको छ । अहिल्यै हामी कहाँ १२०० बिद्यार्थी अध्ययनरत रहेका छन् । उनीहरु यहाँ आउनु भनेको उनीहरुको भविष्य उज्जवल हुनु हो भन्ने मैले ठानेको छु ।

एसएलसीमा ल्याएको ग्रेडिङ प्रणालीबाट कलेजको शिक्षा प्रणालीमा कस्तो असर परिरहेको छ ?

ग्रेडिङ प्रणालीले पहिल्यै भएको विकृती हटाउने प्रयास त गरेको छ । नेपालको हिसाबमा हेर्दा कस्तो भईदिएको छ भने यो प्रणालीलाई पहिला नै यसको आधार कस्तो हुनुपर्ने र यसले कस्तो विकृती ल्याउने भन्ने बारेमा नेपाल सरकार र सम्बन्धित पक्षले पनि सोचेको छैन, सोच्नु भने पर्ने हो । पक्कै पनि ग्रेडिङ प्रणाली त राम्रो हो । यसलाई अझ ब्यवस्थित गरेर तल्लो तहबाट माथिल्लो तहसम्म लैजान सकियो भने अझै राम्रो हुनेथियो भन्ने मलाई लागेको छ । जसले गर्दा बिद्यार्थीबिचको भिन्नता भने हामीले देख्नछैनौँ । यसले उच्च शिक्षामा नकरात्मक भन्दा पनि सकारात्मक नै प्रभाव पार्दै लैजान्छ तर यसलाई ब्यवस्थित भने गर्न आवश्यक रहेको छ ।

सरकारले अहिले प्लस टु शिक्षालाई माध्यमिक शिक्षा बनाउने निती ल्याएको यो नितीबारे हजुरको धारणा कस्तो रहेको छ ?

यो बिदेशी प्रणालीलाई हेरेर साथै राष्ट्रिय अन्तर्राष्ट्रिय शिक्षालाई हेरेर सरकारले प्लस टुलाई माध्यमिक शिक्षामा गाभेको छ । साथै उच्च शिक्षा परिषदलाई नै खारेज गरेर राष्ट्रिय परीक्षा बोर्ड बनाएको छ । यो चाँहि राम्रो प्रक्रिया हो तर यो बिचमा ल्याएको हुनाले सम्बन्धित पक्षले न त स्कुलको ब्यवस्थापन कसरी गर्ने भनेर हेरेको छ न त माथिल्लो तहलाई कसरी ब्यवस्थापन गर्ने भनेर हेरेको छ । अहिल्यै कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीलाई के गर्ने उनीहरुको एसएलसी हुने की नहुने भन्ने कुराहरु अझै अन्योल मै छ । त्यो अन्योललाई नहटाई प्लस टुलाई माध्यमिक शिक्षा भनेर लैँजादा र त्यो पछिलाई उच्च शिक्षाभन्दा पछि समस्या उत्पन्न हुनसक्छ भन्ने मलाई लागेको छ ।

वर्तमान नेपालमा शैक्षिक बेरोजगारको संख्या उच्च रहेको छ, साथै नेपालको शैक्षिक प्रणालीलाई बेरोजगार उत्पादनको थलो भनिन्छ, यसमा तपाईको धारणा कस्तो रहेको छ ?

हो वास्तबमा प्रयोगात्मक ज्ञान दिनेभन्दा पनि सैद्धान्तिक ज्ञान दिने शिक्षा प्रणाली रहेको छ त्यो चाँहि अवश्य पनि नराम्रो कुरा हो । किनकी बिद्यार्थीले पढिसकेपछि आफ्नो ज्ञानलाई सदुपयोग गर्नु पर्छ भन्ने खालको उदेश्य राख्नुपर्ने हो । तर अहिल्यैको शिक्षा प्रणालीमा स्नातक उत्तिर्ण बिद्यार्थीको पनि प्रयोगात्मक ज्ञान केही रहेको छैन जसको कारणले काम गर्नको लागि अप्ठ्यारो हुने त्यो चाँहि अवस्था रहेको छ । त्यसले गर्दा प्रमाणपत्र मात्र लिने बिद्यार्थीको भिड बजारमा बढ्न जान्छ जसले गर्दा हाम्रो शिक्षा प्रणाली बेरोजगारी उत्पादनको थलो बनेको छ । यसलाई हटाउनको निम्ती अलिकति प्रभावकारी शिक्षा प्रणाली आवश्यक रहेको छ जहाँ बिद्यार्थीले प्रयोगात्मक शिक्षा पनि प्राप्त गर्न सकुन् । त्यही किसिमको वाताबरण नेपाल सरकारले पनि सिर्जना गर्नुपर्छ । हाम्रो सन्दर्भमा हामीले निजी कलेज चलाएको हुनाले कसरी बिद्यार्थीलाई प्रयोगात्मक शिक्षातर्फ आकर्षित गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन्छौँ जसले गर्दा हाम्रो कलेजमा अध्ययन सकाएर गएका बिद्यार्थी बिरलै बेरोजगार भएर बसेको देखेका छौँ । हामीले चाँहि बेरोजगार उत्पादनको थलो भन्दा पनि जनशक्ति उत्पादनको थलोको रुपमा काम गर्दै छौँ जसको लागि हामीले प्रयोगात्मक शिक्षा प्रणालीमा ध्यान दिएका छौँ ।

यहाँले निजी क्षेत्रको प्रतिनिधीत्व गरी शैक्षिक क्षेत्रमा काम गर्दै हुनुहुन्छ, शिक्षाको क्षेत्रमा निजी स्तरको योगदान कस्तो रहेको छ जस्तो लाग्छ तपाईलाई ?

नेपालको सन्दर्भमा सरकारको भन्दा शिक्षाको क्षेत्रमा निजी क्षेत्रको ठूलो प्रभाव रहेको छ । सरकारी शैक्षिक संस्था जहाँ चाँहि सरकारको ठूलो लगानी रहेको छ, त्यहाँको आउटपुट आएको देखिँदैन । हाम्रो नतिजा हेर्नुहुन्छ भने प्लस टु देखि स्नातक तहसम्मको नतिजा एकदम राम्रो रहेको छ तर त्यही लगेर सरकारी क्षेत्रमा तुलना गर्दा त्यहाँ कम प्रतिशत उत्तीर्ण भएको पाइन्छ । नेपालको सन्दर्भमा शिक्षामा निजी क्षेत्रले धेरै ठूलो योगदान दिएको छ तर यस्तो हुन नपर्ने हो । अब यसलाई ब्यवस्थापन गर्नको लागि पनि सरकारलाई धेरै गाह्रो रहेको छ । निजी क्षेत्रले दिएको योगदानलाई सरकारले ब्यवस्थापन गर्न राम्रो लगानी गर्नुपर्ने हुन्छ । अब यो चाँहि अलिकति कठिन जस्तो देखिन्छ । अब यसलाई सरकारले कसरी लिने हो त्यो सरकारको कुरा हो । निजी क्षेत्रले अहम भुमिका खेलेको छ र जहाँबाट राम्रो जनशक्ति उत्पादन भएको छ त्यो निजी क्षेत्रले नै उत्पादन गरेको छ । सरकारी क्षेत्रमा चाँहि राम्रो बिद्यार्थी उत्पादन हुने प्रभाव चाँही म न्युन रहेको देख्दछु । त्यसलाई प्रोत्साहन गरि लैजान आवश्यक रहेको छ । निजी क्षेत्रलाई सोझै ब्यवस्थापन गर्न पनि गाह्रो रहेको छ किनकी यो क्षेत्रमा धेरै ठूलो लगानी रहेको छ । त्यसलाई उचित कदर गर्नुपर्ने हुन्छ किनकी यसले बिदेशीने धनसम्पत्तिलाई नेपालमै राख्ने वाताबरण सिर्जना गरि रोजगारी अवसर सिर्जना गरिदिएको पनि छ । यसले सरकारको मेरुदण्डको रुपमा काम गर्दै आइरहेको छ त्यसकारण सरकारले उचित ब्यवस्थापन गर्न अति आवश्यक रहेको छ । यसलाई सरकारले उचित ढंगले लिएको भए राम्रो हुनेछ तर ध्यान दिन नसकेमा पछि समस्या उत्पन्न हुनसक्छ ।

हरेक निजी क्षेत्रमा निजी शैक्षिक संस्थाबाट अध्ययन गरेर आएको भन्दा सरकारी संस्थाबाट आएकालाई प्राथमिकतामा राखिन्छ यो प्रक्रिया कस्तो लाग्छ तपाईलाई ?

यो सरकारले गर्ने भएको कारणले गर्दा यो सरकारले बनाएको निती हो । सरकारीबाट आएकोलाई प्राथमिकतामा राखिन्छ । उनीहरुको त्यहाँको गुणस्तर सुधार्ने होइन कि प्राथमिकता दिँदा हुने अबस्थालाई पनि नकार्ने हो । सरकारको मातहतमा पनि शिक्षा मन्त्रालय र कर्मचारीको गुणस्तर मापन गर्ने संस्था रहेको छ । उनीहरुले गर्न खोजेको कुरा प्रभावकारी भएको छ वा छैन भन्ने कुरा उनीहरुले ध्यान पु¥याउनुपर्ने हो । हामी पनि निजी संचालकहरु सरकारकै मातहतमा रहेर सरकारबाटै स्वीकृति लिएर चलाएका शैक्षिक संस्थाहरु हौँ । त्यो कुराको सरकारले उच्च कदर गर्नुपर्ने हो तर गरेको छैन । यसमा चाँहि अलिकति ध्यान नपुराएको जस्तो लाग्छ । सायद लाग्छ सरकारले पनि ध्यान पुराएर काम गर्छ होला अर्थात् चाँसो देखाउँछ होला ।

नेपालको शैक्षिक प्रणालीमा सुधार ल्याउन सम्बन्धित पक्षले कस्तो निती ल्याउन आवश्यक छ त ?

नेपालको शैक्षिक प्रणालीको सुधारको लागि बाटोहरु अवलम्बन त गरेको छ । बिभिन्न स्रोत साधन जुटाएर तालिमहरु दिइरहेका छन् । तर कस्तो भयो भने सरकारी स्कुलमा गरेको लगानी अनुसार त्यहाँबाट उत्पादन हुन सकेको छैन त्यसकारण यसलाई तल्लो तहबाटै सुधार ल्याएर र निजी क्षेत्रलाई पनि संरक्षणमा राखेर अघि लैजान सक्यो भने गुणस्तर पक्कै सुर्धीन्छ । तर समष्टिगत रुपमा सरकारले राम्रो संग अवलम्बन गरेर आफ्नो स्रोत कहाँ लगानी भएको छ मुल्यांकन गरि राम्रो मान्छेलाई काममा अग्रसर गरि लैजान सकेमा पक्कै पनि राम्रो हुनेछ । र यसलाई प्रभावकारी बनाउनको लागि सरकारको साथै यस क्षेत्रको मातहतमा रहेको सम्पुर्ण ब्यक्तित्वले आफ्नो लक्ष्यलाई स्पष्ट बनाएर अघि बढ्नुपर्ने हुन्छ ।

नेपाली बिद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा पतिस्पर्धीको रुपमा उतार्न लिकंन कलेजले कस्तो योजनाको साथमा अघि बढ्नेछ ?

हाम्रो कलेजले अहिल्यै जुनचाँहि शिक्षा दिइरहेको छ त्यस शिक्षा प्रणालीले बिदेशी स्थानमा गएर पनि प्रतिस्पर्धा गर्न सकिने शिक्षा दिएको छौ । यसलाई अझ प्रभावकारी बनाउनको लागि बिद्यार्थीलाई परामर्श गर्ने, उनीहरुलाई प्रयोगात्मक शिक्षातर्फ उन्मुख गर्ने, बिदेशबाट गेष्ट लेक्चरर ल्याएर कक्षाहरु दिनेजस्ता गतिबिधी गर्नु आवश्यक हुन्छ । त्यस्ता कुराहरु हामी गर्दै आईरहेका छौँ र भविष्यमा पनि प्रभावकारी ढंगले त्यसलाई निरन्तरता दिने छौँ । यसको साथै बाहिरी परिपाटीलाई मध्यनजर गर्दै बिदेशी गेष्ट लेक्चररलाई ल्याएर पनि कक्षा दिने गरेका छौँ । त्यसैले गर्दा हाम्रो कलेजको शैक्षिक गतिबिधी जसरी गईरहेको छ त्यसरी नै लानेछौँ । आगामी दिनहरुमा कार्ययोजना तयार पारेर बाहिरीबाट तालिम ल्याएर उनीहरुको शैक्षिक गुणस्तर बढाउने गतिबिधीलाई बिशेष प्राथमिकतामा राख्दै अघि बढ्नेछौँ ।

अन्त्यमा सम्पुर्ण शिक्षाप्रेमीलाई के भन्न चाहुनहुन्छ ?

शिक्षा भनेको आधारभुत कुरा हो । शिक्षा नभई केही गर्न सकिँदैन । त्यसकारणले आफुले जुन बिषयको अध्ययन गरेपनि त्यस ज्ञानलाई भने आफ्नो ब्यवहारिक जिवनमा प्रयोगमा ल्याएर अघि बढ्न सकेमा मात्र हजुरले शिक्षा हासिल गरेको कुराले सार्थकता पाउँछ भन्ने कुरा भन्न चाहन्छु ।

प्रकाशित मिति : २०७३, २८ भाद्र मंगलवार १७:२९

तपाइको प्रतिकृया

One Response to “एसएलसीमा ग्रेडिङ प्रणाली सकारात्मक : प्रकाश घिमिरे”

  1. Bidur Adhikari
    September 13, 2016 at 17:45

    Glad to read the probing interview, and good response as well by Prakash sir!

सम्बन्धित शीर्षकहरु

इदमा राष्ट्रपति र प्रमको शुभकामना

इदमा राष्ट्रपति र प्रमको शुभकामना

शुभ खबर,  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी […]

२०७५, २ असार शनिबार १५:०३
प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

शुभ खबर, प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको […]

२०७५, २ असार शनिबार १४:५२
बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

शुभ खबर, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर […]

२०७५, २ असार शनिबार १४:४४
अमेजमान डटकम संचालनमा

अमेजमान डटकम संचालनमा

शुभ खबर, अमेजमान पिटीइ एलटिडी सिगांपुर तथा मेजमान ग्रुप अफ कम्पनीले बिकास गरेको अनलाईन होटल बुकिङ्ग सिस्टम अमेजमान डटकमको हिजो […]

२०७५, २ असार शनिबार ११:२८
अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

शुभ खबर, विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। दुई वर्षअघि युरोपियन […]

२०७५, २ असार शनिबार ११:०१
सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

स्थानीय तहले सूचना अधिकारी राख्ने प्रतिबद्धता शुभ खबर, सोम गुुरुङ्ग, बर्दिया १ असार ÷ पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत यूएसआईडी र […]

२०७५, २ असार शनिबार १०:५०
भिडियो