सरकार गठन अगाडि नै पार्टी एकताः अध्यक्ष दाहाल

शुभ खबर, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार गठन अगाडि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवन शाखाले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी एकताका विषयमा दुई पार्टीका बीचमा सकारात्मक ढंगले छलफल अगाडि बढिरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “सकेसम्म सरकार गठनभन्दा पहिला नै पार्टी एकता टुंग्याउँ भन्ने हाम्रो जोड छ ।”

एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी नभएको भए दुई दिनअघि नै पार्टी एकता टुंगिन सक्ने बताउँदै उहाँले भन्नुभयो, “पार्टी एकताबारे छलफल चलेर उस्तै परे दुई दिन अगाडि टुंग्याउने भन्ने केपीजी र मेरो कुरा भएको थियो तर उहाँलाई बिसञ्चो भएकाले छलफल हुन सकेन, त्यसैले यो विषय टुंग्याउन ढिलो भयो ।”

अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै सरकार गठन हुने भन्दै पार्टी एकताका लागि सरकार गठन पर्खिन आवश्यक नरहेको बताउनुभयो ।

पार्टी एकताका विषयमा अनावश्यक कुरा आइरहेको भन्दै उहाँले जथाभावी बाहिर र पत्रपत्रिकामा नबोल्न तल्लो तहका नेतालाई निर्देशन दिएको पनि बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “पचास÷पचास प्रतिशत होइन, त्यो गलत कुरा हो, केही साथीले बोल्नुभयो, आज मैले साथीहरुलाई कोही पार्टी एकताबारे बाहिर पत्रपत्रिका बोल्न जरुरी छैन, नेतृत्व तहमा गम्भीर छलफल भएको छ भनेको छु ।”

दुई पार्टीका दुई जना नेता भनेर पहिले नै निर्णय गरिसकेको उल्लेख गर्दै उहाँले दुई जना नेतालाई समुचित भूमिका दिने कुरामा हामीभित्र बिमती र विवादको अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “अहिले अध्यक्ष र प्रधानमन्त्रीमा होइन, सुशासन र देशको समृद्धिमा, राष्ट्रिय एकतामा हाम्रो ध्यान केन्द्रीत छ ।”

दलहरुका बीचमा आज काठमाडौँमा सकारात्मक छलफल भएको भन्दै उहाँले छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचनको मिति तोक्ने समझदारी बनेको बताउनुभयो ।

अध्यक्ष दाहालले सबै पार्टीहरुले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी केन्द्र तोक्ने जिम्मा सरकारलाई दिइएको जानकारी दिदैं संविधानको मर्मअनुसार सरकारले तोकोस् भनेर सबै पार्टीहरुले सरकारलाई नै जिम्मा दिएकोे बताउनुभयो ।

प्रदेश केन्द्रको अन्तिम फैसला गर्ने अधिकार प्रदेशसभालाई भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनको प्रक्रियाको निम्ति कुनै अवरोध नभएको भन्दै राष्ट्रियसभाको गठनलगत्तै सरकार गठनको प्रक्रिया पनि अगाडि बढ्ने बताउनुभयो ।  (रासस)

प्रकाशित मिति : २०७४, २० पुष बिहीबार १९:०९

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

शुभ खबर, सुनगाभा फुडल्याण्डले बालुवाटारमा मःम पारखीहरुलाई मध्यनजर गर्दै आगामी माघ २६ गते शुक्रबार मःम फेस्टिबल आयोजना गर्ने भएको छ […]

२०७४, ९ माघ मंगलवार १८:१२
स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

शुभ खबर, टिम नेपोको 󠇀आयोजनामा हिजो माघ ६ गते शनिवारको दिन बुटवलको दिप बोडिङ्ममा Training on Strategic Planning in Organizations सम्पन्न […]

२०७४, ७ माघ आईतवार १४:०३
नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

शुभ खबर, नुवाकोटको प्रसिद्ध भैरवीस्थान मन्दिरका पुजारी हरिमानसिंह डंगोल (धामीदाइ) लाई सानेपाको ‘नुवाकोट घर’ ले आज अभिनन्दन गरेको छ । गोर्खालीको […]

२०७४, ६ माघ शनिबार २२:००
राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

शुभ खबर, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । […]

२०७४, ५ माघ शुक्रबार १६:४१
उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

शुभ खबर, उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ […]

२०७४, ५ माघ शुक्रबार १६:३७
प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

शुभ खबर, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग […]

२०७४, ४ माघ बिहीबार १४:५२
भिडियो