७० वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ – प्रचण्ड

शुभ खबर, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने महान् अभियानलाई निर्वाचनपछि बन्ने वाम गठबन्धनको सरकारले आफ्नो पहिलो कार्यसूचीमा राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।

वाम गठबन्धनले आज ललितपुरको सुनाकोठीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले ललितपुरको सांस्कृतिक पहिचान र महत्वलाई स्थापित गर्ने लक्ष्यका साथ अगाडि सारिएको सांस्कृतिक नगरको अभियान विशेष महत्वको रहेको बताउनुभयो ।

विगत ७० वर्षदेखि नेपाली जनताको चाहनाअनुसार नै स्थिर राजनीतिक सरकार गठन हुने संघारमा आफूहरु पुगेको भन्दै उहाँले पूर्वाधार निर्माण, विदेशमा रहेका युवालाई स्वदेशमा नै रोजगारी दिएर फर्काउने, पर्यटन क्षेत्रको विकास र विस्तारमा ध्यान दिने तथा जनताको मुहारमा खुशी ल्याउने कार्यक्रम अगाडि आउने धारणा राख्नुभयो ।

ललितपुर वामपन्थीको किल्लाका रुपमा विगतदेखि नै परिचित हुँदै आएको तथ्य पेश गर्दै उहाँले कहिलेकाहीँ भएको भूलचूकबाट पाठ सिकेर यसपटकको निर्वाचनमा सबै वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन स्थानीय मतदातालाई आग्रह गर्नुभयो ।

नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको कार्यसूचीसहित तालमेल भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो “यो सामान्य प्रकारको तालमेलका लागि मात्रै तालमेल भएको विषय होइन, एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित एकता प्रक्रिया अगाडि बढेको छ । एकता संयोजन समिति गठन भएको छ । पहिला पार्टी एकता संयोजन समिति बनेर मात्रै तालमेलको कुरा अगाडि बढेको हो । चुनाव आएकै कारणले मात्रै तत्काल एकता हुन नसकेको हो ।”

नेपाली जनताको इच्छा र चाहनाअनुसार नै कम्युनिष्ट पार्टी एकै ठाउँमा आउँदा नेपाली काँग्रेसले अनावश्यक प्रचार गरेकोमा उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

अहिलेको निर्वाचन विगतका निर्वाचनको पुनरावृत्ति नभएकोमा जोड दिँदै उहाँले हजारौँको बलिदान, त्याग तपस्याबाट प्राप्त भएको संविधान कार्यान्वयन गराउने महत्वपूर्ण कार्यभारसहितको ऐतिहासिक प्रक्रिया भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ललितपुर प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले नेपालको राजनीतिक इतिहासलाई नयाँ लक्ष्यमा पु¥याउने कार्यसूचीका साथ वाम गठबन्धन बनेकाले ललितपुरका जनताले विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमालेका नेत्री सुशीला नेपालले नेपालको राजनीतिक स्थिरतासहितको विकासका लागि वाम गठबन्धन भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेशसभाका उम्मेदवारद्वय राजकाजी महर्जन र जीवन खड्काले ललितपुरको समुन्नतिका लागि वाम एकताको आवश्यकतामा जोड दिनुभयो । (रासस)

प्रकाशित मिति : २०७४, १६ मंसिर शनिबार १९:००

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो