पार्टी एकतामा कुनै द्विविधा छैन– महासचिव पोखरेल

शुभ खबर, नेकपा (एमाले)का महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतामा कुनै द्विविधा नभएको बताउनुभएको छ ।

एमाले कास्की जिल्ला कमिटीको आयोजनामा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलाको उद्घाटन गर्दै उहाँले आगामी वैशाख ९ गते नै पार्टी एकता घोषणा हुने गरी तयारी भइरहेको बताउनुभयो ।

एक दुई दिनमा नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिँदै उहाँले पार्टी एकता कुनै लहडका आधारमा नभई मुलुकको आवश्यकताका आधारमा हुन लागेको र यसलाई जनताले अनुमोदन गरिसकेको धारणा राख्नुभयो ।

केन्द्रीय सरकारले केही दिनभित्रै नीति, कार्यक्रम तथा योजना प्रस्तुत गर्ने मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

नेपालको संविधान गतिशील भएको चर्चा गर्दै उहाँले राष्ट्रिय हित एवं सामाजिक सद्भाव एवं आवश्यकताका आधारमा यसलाई संशोधन गर्न सकिने उल्लेख गर्नुभयो ।

एमालेका सल्लाहकार परिषद्का उपाध्यक्ष एवं प्रमुख सचेतक खगराज अधिकारीले जनप्रतिनिधिले शासकका रुपमा नभई सेवकका रुपमा जनताको काम गर्नुपर्ने बताउनुभयो ।

समृद्धि र विकासका लागि उत्पादनमुखी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसैका माध्यमबाट रोजगारीको सिर्जना गरिनुपर्ने र समान कामको समान ज्याला हुने व्यवस्थाको सुनिश्चितता आवश्यकता औँल्याउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालयले घोषणा गरेका १०० दिनका कार्यक्रममध्ये लगभग २७ प्रतिशतअघि बढिसकेको जानकारी दिनुभयो ।

सडक पूर्वाधारले नछोएका गाउँपालिकामा यथासम्भव विमानस्थल र त्यो पनि नभएमा हेलीप्याड स्थापना गरी जनताको सुविधाका साथै पर्यटकलाई उक्त गाउँमा पु¥याउन सकिने धारणा राख्नुभयो ।

एमाले कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले जनप्रतिनिधि र पार्टीबीच समन्वय गरी निर्वाचनमा जनतासँग गरिएका प्रतिबद्धता पूरा गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले कास्कीका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, सचिव दामोदर बैरागीलगायतले पार्टी र निर्वाचित जनप्रतिनिधिका गतिविधिबारे प्रकाश पार्नुभएको थियो । (रासस)

प्रकाशित मिति : २०७४, २७ चैत्र मंगलवार १९:४७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो