एमाले–माओवादी एकता वैशाख ९ मा

शुभ खबर, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताका लागि गठन भएको कार्यदलले वैशाख ९ गते पार्टी एकीकरणको औपचारिक घोषणा गर्न एकता संयोजन समितिलाई सुझाव दिएको छ । एमालेका नेता माधवकुमार नेपालको संयोजकत्वमा गठन भएको राजनीतिक प्रतिवेदन लेखन कार्यदल र माओवादी केन्द्रका नेता एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठन भएको साङ्गठनिक एवम् विधान

मस्यौदा लेखन कार्यदलले मङ्गलबार आआफ्नो प्रतिवेदन बुझाउने बेला सो सुझाव दिएको हो ।
यसअघि नै वैशाख ९ गते (२०७५) पार्टी एकीकरण घोषणा गर्ने निर्णय दुई पार्टीले गरेको थियो । वैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर एकता घोषणा गर्न लागेको हो । हुन त एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारत भ्रमणमा जानुअघि नै पार्टी एकीकरण घोषणा गर्ने छलफल चलाउनु भएको थियो तर तयारी नपुगेको कारण वैशाख ९ गते घोषणा गर्ने तयारी भइरहेको बताइएको छ ।

एमालेका नेता एवम् कार्यदलका सदस्य सुवास नेम्वाङले दुई कार्यदलको सुझाव नै छिटो पार्टी एकीकरण घोषणा गर्नु नै हो यद्यपि वैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर घोषणा गर्दा बेस हुने आफूहरूले सुझाव दिएको बताउनुभयो ।

‘कार्यदलको मूल स्पिरिट नै एकीकरण चाँडो घोषणा होस् भन्ने हो,’ उहाँले भन्नुभयो, ‘एकता संयोजन समितिले अब चाँडै एकीकरणको मिति घोषणा गर्नुपर्छ भन्ने सुझाव दिएका छौँ । उहाँहरू बसेर टुङ्गो लगाउनुहुन्छ । ’


प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको प्रतिवेदन बुझेपछि एकता संयोजन समितिको बैठक केही बेर बसेको थियो । एकता संयोजन समितिका सदस्य एवम् माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कार्यदलले बुझाएको प्रतिवेदन बुझ्दै त्यसमाथि छलफलका लागि चैत २२ गते बैठक बस्ने बताउनुभयो । ’ प्रतिवेदन बुझेपछि तत्कालै कुनै निर्णय गर्ने अवस्था थिएन । प्रतिवेदनलाई अध्ययन गरेर चैत २२ गते बैठक बसेर टुङ्गो लगाउने एकता संयोजन समितिमा सहमति भएको उहाँले बताउनुभयो ।

एकता संयोजन समितिमा एमालेका तर्फबाट प्रधानमन्त्री ओली, एमालेका नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ र नेता एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहनुभएको छ ।
के छ प्रतिवेदनमा ?

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ । एकीकृत पार्टीको अध्यक्ष दुवै पार्टीका अध्यक्ष रहनेछ । यद्यपि कार्यदलले यस विषयमा केही उल्लेख गरेको छैन । नेतृत्वको विषयमा एकता संयोजन समितिले टुङ्गो लगाउने बताइएको छ ।

पार्टीको साङ्गठनिक संरचना १० तहको रहनेछ । जसमा २९९ सदस्यीय केन्द्रीय कार्यसमिति रहनेछ भने पोलिटब्युरो ९९ सदस्यीय र स्थायी समिति ३३ सदस्यीय रहने साङ्गठनिक प्रतिवेदनमा उल्लेख छ । पार्टीको चुनाव चिह्न के राख्ने त्यस विषयमा कार्यदलले सहमति जुटाउन सकेको छैन । एमाले सूर्य चिह्न राख्नुपर्ने अडानमा छ भने माओवादी केन्द्र सूर्य चिह्नलाई स्वीकार गर्ने पक्षमा देखिएको छैन । सूर्य चिह्नभित्र हँसिया–हथौडा राख्नुपर्ने वा अर्कै कुनै नयाँ चिन्ह राख्नुपर्ने अडानमा माओवादी केन्द्र रहेको बताइएको छ ।

एकता महाधिवेशनसम्म मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद अपनाउने प्रतिवेदनमा उल्लेख छ । एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवाद र एक्काइसौँ शताब्दीको जनवादलाई एकता महाधिवेशनबाट टुङ्गो लगाउने कार्यदलमा सहमति भएको बताइएको छ ।

गोरखापत्र अनलाईनबाट

प्रकाशित मिति : २०७४, २१ चैत्र बुधबार ०८:५३

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो