दश वर्षमा मुलुक समृद्ध – प्रधानमन्त्री

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओली म्याराथन दौडमा सहभागी हुनु भएको छ । कान्तिपुर पब्लिकेशनले आयोजना गरेको ‘कान्तिपुर हाफ म्याराथन’को आठौ संस्करण उद्घाटन गदै उहाँ आज बिहान थापाथलीमा एकछिन दौडमासमेत सहभागी हुनु भएको हो ।

सो अवसरमा उहाँले मुलुक विकास र समृद्धितर्फ लम्किएको बताउनुभयो । प्रधानमन्त्री ओलीले एकतापछि बनेको कम्युनिष्ट सरकारले १० वर्षमा मुलुकलाई समृद्ध बनाउने बताउनुभयो ।

“दश वर्षमा मुलुकको मुहार फेर्ने गरी काम हुन्छ”, उहाँले भन्नुभयो, “अब पनि मुलुक नबने कहिल्यै बन्ने छैन । त्यसैले १० वर्षमा विकासमा कायापलट हुनेछ ।”

उहाँले नेपालमा भएका स्रोत साधनबाट नै मुलुकको विकास गरिने भन्दै नेपालीलाई यहाँकै उत्पादनले खान लगाउन पुग्ने हुँदा ती उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउने बताउनुभयो ।

उक्त हाफ म्याराथनको उपाधि नेपाली सेनाका हरि रिमाल र सशस्त्र प्रहरीका कान्छीमाया कोजुले जित्नुभएको थियो । उहाँहरु दुवैले नगद रु ५०÷५० हजार र स्कुटर पाउनुभएको छ ।

यस्तै पुरुषतर्फ द्वितीय होमलाल श्रेष्ठ र तृतीय गजेन्द्र राई, महिलातर्फ सन्तोषी श्रेष्ठ द्वितीय र बृन्दा श्रेष्ठ तृतीय हुनुभएको छ । द्वितीय र तृतीयले क्रमशः नगद रु ३०÷३० हजार र रु २०÷२० हजार प्राप्त गर्नुभएको छ ।

थापाथलीबाट शुरु भएको दौड माइतीघर, नयाँ बानेश्वर, भक्तपुर हुँदै पुनःथापाथलीमा आएर सकिएको थियो । (रासस)

प्रकाशित मिति : २०७५, ५ जेष्ठ शनिबार २१:३४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एसईई नतिजा आज

एसईई नतिजा आज

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा […]

२०७५, ९ असार शनिबार ११:०१
पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

शुभ खबर, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा रक्षा, स्वास्थ्यसहित विभिन्न पाँच मन्त्रालयको खर्चको कटौती गर्नका लागि सातजना सांसदले खर्च कटौतीको प्रस्ताव […]

२०७५, ८ असार शुक्रबार १५:३२
प्रतिनिधिसभा –शून्य समय

प्रतिनिधिसभा –शून्य समय

शुभ खबर, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी समस्या, सडक निर्माणलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ […]

२०७५, ८ असार शुक्रबार १५:१६
आज ब्राजिल र कोस्टारिकाको भिडन्त

आज ब्राजिल र कोस्टारिकाको भिडन्त

शुभ खबर, पाँच पटकको बिश्व बिजेता सँग कोस्टारिकाका आमनेसामने हुने भएको छ । नेपाली समय अनुसार बेलुका ५ः४५ बजे यी […]

२०७५, ८ असार शुक्रबार १०:०४
नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको […]

२०७५, ८ असार शुक्रबार ०९:३१
बिम्स्टेक सम्मेलनको तयारी सुरु

बिम्स्टेक सम्मेलनको तयारी सुरु

शुभ खबर, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारी तीव्र […]

२०७५, ८ असार शुक्रबार ०९:२४
भिडियो