गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक २५ गाविसमा सञ्चालनमा रहेको कार्यक्रममार्फत नेपाल सरकार गरिबी निवारण कोषमार्फत आयआर्जन, भौतिक पूर्वाधार र जीविकोपार्जनको क्षेत्रमा समुदायमा गठन भएका संस्थामार्फत रु नौ करोड ३६ लाख ९९ हजार लगानी भएको कोषको नुवाकोट एकाइ संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार विभिन्न चारवटा सामाजिक संस्थामार्फत सञ्चालनमा रहेको कार्यक्रमले १७१ सामुदायिक संस्था निर्माण गरी रु छ करोड १२ लाख ५२ हजार लगानी गरी घुम्ती कोष सञ्चालन गर्दै आएको छ । लगानीको ब्याजसहित कोषमा हाल रु १० करोड पुग्न लागेको हो ।

“संस्थामा आबद्ध भएका चार हजार ७६६ जना सदस्यलाई गरिबीबाट उन्मूलन गरी आर्थिकरुपमा समृद्ध बनाउन लगानी प्रभावकारी देखिएको छ ।” उहाँले भन्नुभयो, “गरिबी निवारणको चरणअन्तर्गत न्यूनीकरणमा समेत उल्लेखनीय प्रगति हासिल गरेका छौँ ।”

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उक्त कार्यक्रम गत चैत महिनादेखि सम्पन्न भएको र समय थप नहुँदा नयाँ कार्यक्रमको स्वरुप भने अन्योल छ । राष्ट्र नै गरीब रहेको अवस्थामा धेरै नेपाली गरिब रहे पनि त्यसको मापनको अवस्था नहुँदा अब आर्थिकरुपमा सचेतनाको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन अब स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन भएमा प्रभावकारी हुने तामाङले बताउनुभयो ।

सरकारले लगानी गरेको रकम अहिले सम्बन्धित सामुदायिक संस्थामार्फत घुम्ती कोषको रुपमा सञ्चालनमा छन् । कोषलाई परिवर्तित स्वरुप र शैलीमा सञ्चालन गर्ने भनिए पनि अझै निर्णय नहँुदा सरकारको लगानी जोखिम र दुरुपयोगको खतरा देखिएको छ । रासस

प्रकाशित मिति : २०७५, २१ असार बिहीबार १०:३२

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम

एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम

 शुभ खबर, सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोपन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आज यहाँ फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको […]

२०७५, १५ असार शुक्रबार १४:१४
भिडियो