भैरवी रथयात्रा नेपाली सेनाको सहयोगमा गराइने

शुभ खबर, यहाँको प्रसिद्ध सिन्दूरेजात्राको अवसरमा आयोजना गरिने भैरवी मन्दिरको रथयात्रा यसवर्ष नेपाली सेनाको सहयोग लिइने भएको छ ।

रथ यात्राका लागि देवीघाटस्थित श्रीनाथ गणमार्फत ६० नेपाली सेनाको टोली जात्रापर्व शुरु हुने दिन(यही चैत १६) देखि १९ गतेसम्म परिचालन गर्न लागिएको हो ।

विदुर नगरपालिका–२ स्थित भैरवी मन्दिरका पूजारी एंव धामी हरिमानसिंह डंगोल (जीवित भगवान्) लगायतलाई हरेक वर्ष चैतशुक्ल पूर्णिमाको अवसरमा विदुर नपा–५ देवीघाटस्थित जालपादेवी मन्दिरसम्म भैरवी रथयात्रा गराइदै आएको छ ।

भैरवीदेवीको भगवान् सहितको रथयात्रा परम्परादेखि नै सूर्यगढी गाउँपालिका–१ लच्याङका तामाङ समुदायबाट हँुदै आए पनि उनीहरुले बोक्न अस्वीकार गरेपछि सेनामार्फत रथ बोक्ने निर्णय भएको नुवाकोट मौला अमालकाद्धारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

साविक लच्याङ गाविसको वडा नं २ र ९ बाहेक भैरवी गुठीको जग्गा उपभोग गर्दै आएका स्थानीय बासिन्दाबाट रथयात्रा गराइँदै आएकामा उक्त जग्गा रैकर हुनुपर्ने माग गर्दै उनीहरुले गएको वर्षदेखि रथ बोक्न इन्कार गर्न थालेका हुन् ।

गएको वर्ष अन्तिम समयमा रथ बोक्न नमानेपछि पहिलो पटक रथलाई सवारीसाधनमार्फत जात्रा गराइएको थियो । यो जात्रा मल्लकालीन समयदेखि नै चल्दै आएकामा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजय गरेपश्चात व्यवस्थित रुपमा मनाउन थालिएको पाइन्छ ।

यो वर्षको ‘भैरवी वर्षबन्ध’ गत फागुन २३ देखि यही चैत २७ गतेसम्म सञ्चालन हुने भए पनि रथयात्राको मुख्य रौनक चैत १६ गतेदेखि १९ गतेसम्म चल्ने धामी हरिमानसिंह डंगोलले जानकारी दिनुभयो ।  रासस

प्रकाशित मिति : २०७४, १४ चैत्र बुधबार २०:२४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो