नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

शुभ खबर, नुवाकोटको प्रसिद्ध भैरवीस्थान मन्दिरका पुजारी हरिमानसिंह डंगोल (धामीदाइ) लाई सानेपाको ‘नुवाकोट घर’ ले आज अभिनन्दन गरेको छ ।

गोर्खालीको कुलदेवीका रुपमा मानिने भैरवीका पुजारीलाई नुवाकोट घरका तर्फबाट पर्यटन व्यवसायी विक्रम पाँडेले नगद रु २५ हजारसहित सम्मान गर्नुभएको हो ।

ऐतिहासिक धरोहर नुवाकोट दरबार र भैरव मन्दिरको पहिचानलाई प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले नुवाकोटको धरोहरको रुपमा रहेका धामीदाइलाई अभिनन्दन गरिएको व्यवसायी पाँडेले बताउनुभयो ।

परम्पराअनुसार १२ वर्षसम्म भैरव देवी स्थान मन्दिरका पुजारी धामीदाइ नुवाकोट परिसरभन्दा बाहिर निस्कन नमिल्ने कथन छ । प्रत्येक १२ वर्षमा राष्ट्र प्रमुखको हातबाट नयाँ पोशाक परिवर्तन गर्ने परम्पराअनुसार धामीदाइ काठमाडौँ आउनुभएको अवसर पारी उहाँलाई सम्मान गरिएको हो ।

धामीदाइका आफन्तसमेत रहेका पर्यटन व्यवसायी राजेन्द्रमान डंगोलका अनुसार धामीदाइ परम्पराअनुसार यही प्रयोजनको लागि मात्र तादी खोला तरेर नुवाकोट बाहिर निस्कन सक्नुहुन्छ ।

प्रत्येक वर्ष आयोजना गरिने सिन्दूरे जात्रामा धामीदाइले प्रयोग गर्ने पोशाक, गहनालगायत पहिरन प्रत्येक १२ वर्षमा परिवर्तन गर्नुपर्ने प्रथा रहिआएको छ ।

अठहत्तर वर्षीय धामीदाइको पोशाक परिवर्तन यो छैटौँ पटक हो । उहाँले पहिले विसं २०१९, २०३१, २०४१, २०५२ र २०६३ मा राष्ट्रप्रमुखबाट पोशाक परिवर्तन गर्नुभएको थियो । पछिल्लो पटक तत्कालीन राजा वीरेन्द्र शाहबाट पोशाक परिवर्तन गरेको उहाँले बताउनुभयो ।

उहाँले नुवाकोटदेखि आएर नुवाकोट घरको सम्मान पाउँदा आफू ज्यादै हर्षित भएको बताउनुभयो । धामीदाइको बस्त्र गुरुजुले तन्त्रमन्त्र गरेपछि लगाइन्छ । यस वर्षको समय भने अहिलेनै यकिन भएको छैन ।

धामीदाई भने झण्डै तीन सातादेखि काठमाडौँमै हुनुहुन्छ । मल्लकालीन राजाको पालाभन्दा अघिदेखि यस्तो परम्परा रहिआएको बताइन्छ । भैरवीको हेरविचार र स्याहारसुसार राज्यबाटै हुँदैआएको छ ।

सो अवसरमा नुवाकोट घर परिसरमा निर्माण गरिएको नुवाकोटको साततले दरबारको प्रतीक धामीदाइले उद्घाटन गर्नुभएको थियो । रासस

प्रकाशित मिति : २०७४, ६ माघ शनिबार २२:००

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

७ ओटै प्रदेशमा को को छन् त प्रमुख, मुख्यमन्त्री, सभामुख र उपसभामुख

७ ओटै प्रदेशमा को को छन् त प्रमुख, मुख्यमन्त्री, सभामुख र उपसभामुख

शुभ खबर, प्रदेशसभा र संघको निर्बाचन पश्चात प्रदेशमा बिभिन्न व्यक्तिहरुलाई बिभन्नि जिम्मेवारी प्रदान गरिएको जस अन्र्तगत प्रत्येक प्रदेशको प्रदेश प्रमुख, […]

२०७४, १२ फाल्गुन शनिबार ११:३०
पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो

पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो

शुभ खबर, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युत्बाट चल्ने सवारी साधनको सञ्चालन खर्च प्रतिकिलोमिटर रु चार सस्तो पर्ने देखिएको छ । […]

२०७४, ११ फाल्गुन शुक्रबार १९:०९
ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल नियुक्त

ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल नियुक्त

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठले रिमाललाई प्रधानमन्त्रीको प्रमुख […]

२०७४, ११ फाल्गुन शुक्रबार १३:५०
नुवाकोट महोत्सवमा गोरु जुधाइदेखि प्याराग्लाइडिङसम्म

नुवाकोट महोत्सवमा गोरु जुधाइदेखि प्याराग्लाइडिङसम्म

शुभ खबर, नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा […]

२०७४, ११ फाल्गुन शुक्रबार ०९:३७
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

शुभ खबर, विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको […]

२०७४, ११ फाल्गुन शुक्रबार ०८:५५
पाचौ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा

पाचौ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा

शुभ खबर, नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा यही फागुन १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुन लागेको पाँचौ नुवाकोट महोत्सवको तयारी तिव्र […]

२०७४, १० फाल्गुन बिहीबार १९:०२
भिडियो