पाचौ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा

शुभ खबर, नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा यही फागुन १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुन लागेको पाँचौ नुवाकोट महोत्सवको तयारी तिव्र बनाइएको छ । अबको एक सातापछि सञ्चालन हुन लागेको महोत्सवको लागी यसअघि नै गठन भएका विभिन्न उपसमितिले आवश्यक तयारीलाई तिव्रता दिएको संघका नुवाकोट अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।

महोत्सवमा ३ नंं प्रदेसस्तरीय सहभागिता बनाउन केन्द्र मार्फत प्रयास गर्दै अहिले विदुरमा स्टल निर्माण र बालउद्यानको निर्माण जारी रहेको छ । महोत्सवको लागी आवश्यक पर्ने २७५ स्टल निर्माण अन्तिम चरणमा पुगेकाले अबको एक–दुई दिनभित्रै सम्पन्न हुने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।

महोत्सव सञ्चालनको लागी प्रवेश पास, टिकटको व्यवस्थापन, कार्यक्रमको उद्घाटन समारोहको लागी प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ल्याउने तयारी मिलाइरहेको संघका प्रवक्ता सन्तोष उप्रेतीले जानकारी दिनुभयो ।

“समृद्ध नुवाकोट, हाम्रो अठोट” भन्ने नारा सहित विदुरमा सञ्चालन हुन लागिरहेको पाचौ नुवाकोट महोत्सवलाई नाफा भन्दा पनि सेवामूलक र जिल्लाको आर्थिक विकासको लागी टेवा पु¥याउन, यहाँ रहेका धार्मिक, सास्कृतिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विकासको लागी सहायेग पुग्ने लक्ष्य लिएको आयोजकले दाबी गरेको छ ।

यसअघि सञ्चालन भएका महोसत्वमा रहेका कमीकमजोरीलाई सच्याउदै पाचौँ नुवाकोट महोत्सव उत्कृष्ट बनाउनको लागी जिल्लाको सरोकारवालाको भूमिका, महोत्सवमा स्थानीय उत्पादन र व्यवसायीको सहभागितामा उच्च प्रथामिकता दिने बताइएको छ ।

प्रकाशित मिति : २०७४, १० फाल्गुन बिहीबार १९:०२

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो