पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

शुभ खबर, चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई चिनियाँ पर्यटकको संख्या बढाउने ध्येयका साथ बोर्डले वेबसाइट शुरु गरेको हो ।

चिनियाँ भाषाको वेबसाइट तथा सातवटै प्रदेशका पर्यटकीय क्षेत्रको जानकारी समेटिएको ‘इन्फोग्राफी’ भिडियो आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले शुभारम्भ गर्नुभयो ।

चिनियाँ वेबसाइटमा नेपालका प्रमुख पर्यटकीय क्षेत्रका आकर्षक तस्वीर र जानकारी समावेश गरिनुका साथै महत्वपूर्ण धार्मिकस्थल, मठ, मन्दिर, हिमाल, नदी आदि विषय पनि समेटिएको छ ।

यस्तै इन्फोग्राफी भिडियोमा सातवटै प्रदेशका पर्यटकीय क्षेत्रको तस्वीर र विवरणका साथै ती गन्तव्यमा पुग्ने यातायात सञ्चार आदिको जानकारी पनि दिइएको छ ।

पर्यटनमन्त्री अधिकारीले नेपालमा पछिल्लो समय चिनियाँ पर्यटकको संख्यामा निरन्तर वृद्धि भइरहेको अवस्थामा यस वेबसाइटले बढीभन्दा बढी चिनियाँ पर्यटक आकर्षण गर्न उपयोगी हुने बताउनुभयो ।

“नेपालमा आउने चिनियाँ पर्यटकलाई अन्तरक्रियात्मक बनाई यहाँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा र पर्यटकीय गतिविधिबारे जानकारी गराउन यो वेबसाइट उपयोगी हुनेछ, यसले चिनियाँ पर्यटक बढाउन सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।
आगामी १० वर्षभित्र नेपालको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान कम्तीमा २५ प्रतिशत पु¥याउने तथा सन् २०३० सम्म वार्षिक ५० लाख पर्यटक पु¥याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन पनि बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन जरुरी भएको मन्त्री अधिकारीको भनाइ थियो ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपाली पर्यटनको महत्वपूर्ण स्रोत बजार चीनबाट विगत १० वर्षमा निरन्तर पर्यटक आगमन संख्या बढिरहेको सन्दर्भ उनीहरुलाई अझ घुलमिल बनाउने उपयुक्त माध्यम चिनियाँ वेबसाइट हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्दो रहे पनि लक्ष्यअनुसार पुग्नका लागि चिनियाँ पर्यटकलाई बढीभन्दा बढी आकर्षण गर्न आगामी दिनमा चिनियाँ भाषामा मोबाइल एपलगायतका सामग्री बनाइने जानकारी दिनुभयो ।

बोर्डका वरिष्ठ निर्देशक नन्दिनी थापाले अन्तर्राष्ट्रिय पर्यटनको महत्वपूर्ण स्रोत बजार चीनबाट धेरैभन्दा धेरै पर्यटक आकर्षण गर्न वेबसाइट सान्दर्भिक हुने उल्लेख गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले दुई छिमेकी मुलुकको जनस्तरको सम्बन्धलाई बलियो बनाउन तथा पर्यटनको माध्यमबाट आर्थिक सामाजिक साझेदारी अभिवृद्धि गर्न चिनियाँ वेबसाइट उपयोगी हुने बताउनुभयो ।  (रासस)

प्रकाशित मिति : २०७५, ७ जेष्ठ सोमबार १७:४२

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एसईई नतिजा आज

एसईई नतिजा आज

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा […]

२०७५, ९ असार शनिबार ११:०१
पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

शुभ खबर, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा रक्षा, स्वास्थ्यसहित विभिन्न पाँच मन्त्रालयको खर्चको कटौती गर्नका लागि सातजना सांसदले खर्च कटौतीको प्रस्ताव […]

२०७५, ८ असार शुक्रबार १५:३२
प्रतिनिधिसभा –शून्य समय

प्रतिनिधिसभा –शून्य समय

शुभ खबर, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी समस्या, सडक निर्माणलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ […]

२०७५, ८ असार शुक्रबार १५:१६
आज ब्राजिल र कोस्टारिकाको भिडन्त

आज ब्राजिल र कोस्टारिकाको भिडन्त

शुभ खबर, पाँच पटकको बिश्व बिजेता सँग कोस्टारिकाका आमनेसामने हुने भएको छ । नेपाली समय अनुसार बेलुका ५ः४५ बजे यी […]

२०७५, ८ असार शुक्रबार १०:०४
नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको […]

२०७५, ८ असार शुक्रबार ०९:३१
बिम्स्टेक सम्मेलनको तयारी सुरु

बिम्स्टेक सम्मेलनको तयारी सुरु

शुभ खबर, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारी तीव्र […]

२०७५, ८ असार शुक्रबार ०९:२४
भिडियो