धितोपत्र बजारः एक अर्ब बढीको कारोबार

शुभ खबर, धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता ४० लाख २६ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९ दशमलव ३० प्रतिशत कम हो ।

गत साता १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार बराबरको कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ८८ अंकले घटेर अन्तिम दिन १२५७ दशमलव शुन्य सात अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ७३ अंकले घटेर २६४ दशमलव ४६ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु सात करोड २७ लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ । यस्तै शेयर संख्याका आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको चार लाख सात हजार कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस साता नेपाल सेवा लघुवित्त संस्था लिमिटेडको ६० लाख कित्ता साधारण शेयर स्टकमा सूचीकृत भएको छ । रासस

प्रकाशित मिति : २०७५, २६ जेष्ठ शनिबार १५:०३

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एसईई नतिजा आज

एसईई नतिजा आज

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा […]

२०७५, ९ असार शनिबार ११:०१
पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

शुभ खबर, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा रक्षा, स्वास्थ्यसहित विभिन्न पाँच मन्त्रालयको खर्चको कटौती गर्नका लागि सातजना सांसदले खर्च कटौतीको प्रस्ताव […]

२०७५, ८ असार शुक्रबार १५:३२
प्रतिनिधिसभा –शून्य समय

प्रतिनिधिसभा –शून्य समय

शुभ खबर, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी समस्या, सडक निर्माणलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ […]

२०७५, ८ असार शुक्रबार १५:१६
आज ब्राजिल र कोस्टारिकाको भिडन्त

आज ब्राजिल र कोस्टारिकाको भिडन्त

शुभ खबर, पाँच पटकको बिश्व बिजेता सँग कोस्टारिकाका आमनेसामने हुने भएको छ । नेपाली समय अनुसार बेलुका ५ः४५ बजे यी […]

२०७५, ८ असार शुक्रबार १०:०४
नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको […]

२०७५, ८ असार शुक्रबार ०९:३१
बिम्स्टेक सम्मेलनको तयारी सुरु

बिम्स्टेक सम्मेलनको तयारी सुरु

शुभ खबर, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारी तीव्र […]

२०७५, ८ असार शुक्रबार ०९:२४
भिडियो