समानुपातिकतर्फ प्रदेशसभा सदस्यको टुंगो लगाउँदै काँग्रेस

शुभ खबर, नेपाली काँग्रेसले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउन अन्तिम गृहकार्यमा जुटेको जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउने पार्टी कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पार्टीका वरिष्ठ केन्द्रीय सदस्य उपस्थित हुनुहुन्छ । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यीय छ ।

निर्वाचन आयोगले निर्धारण गरेको समयसीमाअनुसार दलले आज कार्यालय समयभित्र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ पाएको सिट संख्याअनुसार सदस्यको नामावली बुझाइ सक्नुपर्छ ।

बैठकमा दुई महिनादेखि राष्ट्रपति कार्यालयमा रोकिएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, हालै सम्पन्न निर्वाचनमा पार्टी पहिलो स्थानबाट दोस्रो स्थानमा झरेकोलगायत समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनपछि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पहिलो पटक बसेको हो ।  (रासस)

प्रकाशित मिति : २०७४, १४ पुष शुक्रबार १४:१७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

शुभ खबर, जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली […]

२०७५, १२ बैशाख बुधबार १४:२६
आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

शुभ खबर, आईपिएल २०१८ मा ४ / ४ गेममा जित हासिल गर्दे चेनाई सुपर किग्सं र किग्सं इलाभेन पजांब शिर्ष […]

२०७५, १० बैशाख सोमबार २३:४२
पार्टी एकता केही दिनमै : वामदेव

पार्टी एकता केही दिनमै : वामदेव

शुभ खबर, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । […]

२०७५, १० बैशाख सोमबार २३:०३
‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

शुभ खबर, निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोट गराएको घटनाप्रति […]

२०७५, १० बैशाख सोमबार २२:५७
ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

शुभ खबर, राजधानीको एक सात्क्षातर कार्यक्रममा भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले टयाक्सीको समेत सिण्डिकेट तोड्ने उदघोष गरेको हो […]

२०७५, १० बैशाख सोमबार २२:५२
बाजा संरक्षणमा शाक्य समुदाय

बाजा संरक्षणमा शाक्य समुदाय

 शुभ खबर, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न […]

२०७५, १ बैशाख शनिबार २१:००
भिडियो