काँग्रेस चितवनबाट २७७ जनाको नाम सिफारिस

शुभ खबर, आउँदो मंसिर २१ गते हुन लागेको संघ र प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेस चितवनले २७७ जनाको नाम पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको छ ।

काँग्रेस चितवनले आज नगर र क्षेत्रबाट सिफारिस सबै २७७ जनाको नाम नै केन्द्रमा पठाउने निर्णय गरेको हो । काँग्रेस केन्द्रीय समितिले जिल्लाबाट ५४ जनाको नाम सिफारिस गर्न आह्वान गरे पनि नगर र क्षेत्रबाट सिफारिस गरिएका नामलाई जिल्ला समितिले काँटछाँट गर्न नसकेपछि सबै नाम टुंगो लगाउन केन्द्रलाई सिफारिस गरिएको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिनुभयो ।

जिल्लाबाट केन्द्रमा सिफारिस हुने नाममा जिल्लाका कहलिएका नेतादेखि युवा पुस्ताका नेताको नाम परेको छ । जिल्लाबाट यसअघि मन्त्री र सांसद बनिसकेकाले संघको निर्वाचनका लागि आफ्नो नाम पठाएका छन् । चितवन क्षेत्र नं २ बाट निर्वाचित शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीको नाम संघको निर्वाचनमा क्षेत्र नं २ का लागि सिफारिस भएको भएको छ ।

उहाँसँगै जिल्लाका अन्य नेताका नामसमेत संघको उम्मेदवारका लागि सिफारिस भएको छ । यस्तै जिल्लाका तीन सांसद रामकृष्ण घिमिरे, अञ्जनी श्रेष्ठ र उमेश श्रेष्ठको नाम क्षेत्र नं ३ मा संघको निर्वाचनका लागि सिफारिस भएको छ ।

जिल्लाले संघको निर्वाचनमा प्रत्यक्षतर्फ २१ र समानुपातिकतर्फ २८ जनाको नाम सिफारिस गरेको सचिव जोशीले जानकारी दिनुभयो । क्षेत्र नं १ बाट पाँच जना प्रत्यक्ष र आठ जना समानुपातिकतर्फ छन् । यस्तै २ नं क्षेत्रमा आठ प्रत्यक्ष र १० समानुपातिक तथा ३ नं क्षेत्रमा आठ प्रत्यक्ष र १० समानुपातिक उम्मेदवारको नाम सिफारिस भएको छ ।

यसैगरी प्रदेशसभाका लागि काँग्रेस चितवनले क्षेत्र नं १(क) बाट प्रत्यक्षमा सात, समानुपातिकमा ११, (ख) बाट ३१ प्रत्यक्ष र २८ जनाको नाम समानुपातिकमा सिफारिस गरिएको छ ।

यस्तै २ नं क्षेत्र (क) बाट प्रत्यक्षमा चार, समानुपातिकमा २७ , (ख) बाट प्रत्यक्षमा १३ र समानुपातिकमा २३ जनाको नाम सिफारिस गरिएको छ ।

काँग्रेस चितवनका अनुसार ३ नं क्षेत्रको प्रदेशसभाका लागि (क) बाट प्रत्यक्षमा १३ र समानुपातिकमा ३५ तथा (ख) बाट प्रत्यक्षमा सात र समानुपातिकमा २८ जनाको नाम सिफारिस भएको छ ।

जिल्ला समितिले क्षेत्रले पठाएका नाममा राय सुझावसहित केन्द्रीय कार्यसमितिमा पठाएको हो । क्षेत्रले पठाएका नामलाई जिल्लाले काट्न नमिल्ने भएकाले सबैको नाम सिफरिस गरिएको सचिव जोशिले बताउनुभयो ।

यसैगरी काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको नाम भने प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नं २ (क) बाट प्रत्यक्षमा सिफारिस भएको छ । संघका लागि चितवनमा तीन र प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र छुट्याइएको छ । (रासस)

प्रकाशित मिति : २०७४, १७ आश्विन मंगलवार १३:२८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

शुभ खबर,  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनुभएको […]

२०७४, २९ मंसिर शुक्रबार १२:३८
आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

शुभ खबर, सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य […]

२०७४, २९ मंसिर शुक्रबार १२:१०
यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

शुभ खबर, प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री […]

२०७४, २८ मंसिर बिहीबार १८:१३
पाटा नेपालको भिजन ५ मिलियन अभियान

पाटा नेपालको भिजन ५ मिलियन अभियान

“प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउन ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक […]

२०७४, २८ मंसिर बिहीबार १७:०७
निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना, शक्तिशाली मन्त्री हुन स्थानीयको शुभकामना शुभ खबर, कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा […]

२०७४, २८ मंसिर बिहीबार १३:४३
महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

शुभ खबर, एक सय ६५ सिटको प्रतिनिधिसभा निर्वाचनमा १ सय ४६ सिटको परिणाम आउँदासम्म पाँच जना मात्रै महिलाले जितेका छन् ।सोमबार […]

२०७४, २७ मंसिर बुधबार ०९:०१
भिडियो