स्वार्थ र सीमाभन्दा माथि उठ्न सभापति देउवाको आग्रह

शुभ खबर, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल र जिम्मेवार निकाय दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।

नयाँ वर्ष २०७५ सालको अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्षले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भई संविधानको सफल कार्यान्वयन भइसकेको र संक्रमणकालीन राजनीतिबाट मुलुकले निकास पाएको उल्लेख गर्दै उहाँले यस ऐतिहासिक उपलब्धिपछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास नै हो र यसको प्राप्तिको लागि हामी सबै एकजुट भई मुलुकको सर्वाङ्गिण विकासमा अग्रसर हुनुपर्ने बेला आएको बताउनुभएको हो ।

गोरखापत्र अनलाईनबाट

प्रकाशित मिति : २०७५, १ बैशाख शनिबार २०:२३

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

शुभ खबर, जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली […]

२०७५, १२ बैशाख बुधबार १४:२६
आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

शुभ खबर, आईपिएल २०१८ मा ४ / ४ गेममा जित हासिल गर्दे चेनाई सुपर किग्सं र किग्सं इलाभेन पजांब शिर्ष […]

२०७५, १० बैशाख सोमबार २३:४२
पार्टी एकता केही दिनमै : वामदेव

पार्टी एकता केही दिनमै : वामदेव

शुभ खबर, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । […]

२०७५, १० बैशाख सोमबार २३:०३
‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

शुभ खबर, निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोट गराएको घटनाप्रति […]

२०७५, १० बैशाख सोमबार २२:५७
ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

शुभ खबर, राजधानीको एक सात्क्षातर कार्यक्रममा भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले टयाक्सीको समेत सिण्डिकेट तोड्ने उदघोष गरेको हो […]

२०७५, १० बैशाख सोमबार २२:५२
बाजा संरक्षणमा शाक्य समुदाय

बाजा संरक्षणमा शाक्य समुदाय

 शुभ खबर, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न […]

२०७५, १ बैशाख शनिबार २१:००
भिडियो