कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल

शुभ खबर, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा लिनुपर्ने बताउनुभएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा यहाँ आयोजना गरिएको २१औँ पुष्प मेलाको उद्घाटन गर्नुहुँदै कृषि मन्त्री खनालले माटो र मल खेलाउने व्यक्तिलाई राज्यले सम्मानजनक रुपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको हावापानी उत्कृष्ट रहेकाले पनि पुष्प व्यवसायका लागि नेपाल उपयुक्त देश छ, अब फूल आयात होइन निर्यात गर्न हामी सफल रहनुपर्छ ।” उहाँले पुष्प व्यवसायीलाई लक्षित गर्दै भन्नुभयो, “उपयुक्त एजेण्डा लिएर आउनुस् कृषिमा अनुदानको रकम बढाउँछौँ । व्यवसायीले अन्तर्राष्ट्रिय निर्याततर्फ ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नं २ का सांसद रामेश्वर फुयाँलले शारीरिक र मानसिक दुवै तरिकाबाट काम गर्नेलाई समान तरिकाले हेर्नुपर्नेमा जोड दिँदै देशको आर्थिक संवृद्धिका लागि कृषि क्षेत्र नै सबैभन्दा बढी बलियो आधार रहेको बताउनुभयो ।

एशोसिएसनका अध्यक्ष कुमार कसैँजु श्रेष्ठले उत्पादित कृषि वस्तु बजारीकरण र कृषिजन्य वस्तु प्रदर्शनीका लागि उपयुक्त कक्ष आवश्यक रहेकाले त्यस किसिमको वातावरण बनाइदिन सरकारसँग माग गर्नुभयो । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नाराका साथ भृकुटीमण्डपमा मेला शुरु भएको छ ।

मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री छन् । मेलामा फूलका ८२ कक्ष रहेका छन् ।

नेपालमा विसं २०११ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास र विस्तारसँगै काठमाडौँ उपत्यकामा मात्रै नभएर मोफसलमा पनि फैलँदो स्थितिमा छ । हाल ४१ जिल्लामा करीब ६७८ पुष्प व्यवसाय विस्तार भइसकेको छ । करीब १५३ हेक्टर क्षेत्रफलमा यसको खेती हुँदै आएको बताइएको छ । अहिले यस व्यवसायमा ४३ हजारभन्दा बढी व्यक्ति सहभागी हुँदै आएका छन् । अझै पनि २० प्रतिशत फूल भारतबाट आयात गरिँदै आएको छ ।

उद्घाटन कार्यक्रममा लामो समयदेखि पुष्प व्यवसायमा उत्कृष्ट फूल उत्पादन गरेको भन्दै न्यू काठमाडौँ उपत्यकाको सन फ्लावर नर्सरी, ओम नर्सरी, मिलन नर्सरी, सिर्जना नर्सरी, सुनखरी पुष्प नर्सरी, इचङ्खुनारायण नर्सरी र सिर्जना कट फ्लावर नर्सरीलाई सम्मान गरिएको थियो । -(रासस)

प्रकाशित मिति : २०७४, ३० चैत्र शुक्रबार २२:०९

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एसईई नतिजा आज

एसईई नतिजा आज

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा […]

२०७५, ९ असार शनिबार ११:०१
पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

शुभ खबर, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा रक्षा, स्वास्थ्यसहित विभिन्न पाँच मन्त्रालयको खर्चको कटौती गर्नका लागि सातजना सांसदले खर्च कटौतीको प्रस्ताव […]

२०७५, ८ असार शुक्रबार १५:३२
प्रतिनिधिसभा –शून्य समय

प्रतिनिधिसभा –शून्य समय

शुभ खबर, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी समस्या, सडक निर्माणलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ […]

२०७५, ८ असार शुक्रबार १५:१६
आज ब्राजिल र कोस्टारिकाको भिडन्त

आज ब्राजिल र कोस्टारिकाको भिडन्त

शुभ खबर, पाँच पटकको बिश्व बिजेता सँग कोस्टारिकाका आमनेसामने हुने भएको छ । नेपाली समय अनुसार बेलुका ५ः४५ बजे यी […]

२०७५, ८ असार शुक्रबार १०:०४
नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको […]

२०७५, ८ असार शुक्रबार ०९:३१
बिम्स्टेक सम्मेलनको तयारी सुरु

बिम्स्टेक सम्मेलनको तयारी सुरु

शुभ खबर, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारी तीव्र […]

२०७५, ८ असार शुक्रबार ०९:२४
भिडियो