मनाङको तिल्चे गाउँमा पहिलोपटक मोटर पुग्यो

शुभ खबर, मनास्लु क्षेत्रभित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । जहाँ पहिला पहिलाका बूढापाका भोटको नून कारोबार गर्न जाने गर्थे ।

मनाङलाई मोटर बाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन । मस्याङ्दी नदीको पारिपट्टिको यस गाउँ वरीबाट मोटर गुड्दा टुलुटुलु हेरेर बसेको अवस्थामा गतवर्षबाट मोटरेबल पुल बनेपछि गाउँलेको पहल र सडक डिभिजन दमौलीको सहयोगमा गाउँसम्म बाटो पु¥याइएको थियो ।

धेरै वर्षको प्रयासपछि यस गाउँमा मोटर पुगेको छ । मनाङको नासोङ गाउँपालिका वडा नं ६, र ७ मा मोटर पुग्दा गाउँले ज्यादै हर्षित देखिएका छन् । सडक डिभिजनले रु छ करोडको लगानीमा मस्र्याङ्दी नदीमा मोटरेबल पुल निर्माण गरेपछि ऐतिहासिक व्यापारिक केन्द्र मोटर पुगेको शिक्षक महासंघ मनाङका अध्यक्ष गुणराज गुरुङले बताउनुभयो ।

यो मनास्लु पदमार्गमा भएको पहिलो विकास हो । मस्र्याङ्दी नदी र दूधखोलाको किनारैकिनार भएर भिङ्ताङ पु¥याउने लक्ष्य रहेको यस मोटरबाटो अझै पूरा भइसकेको छैन । मस्र्याङ्दी नदीमा पुल बने पनि दूध खोलामा निर्माणाधीन अवस्थामा रहेको नासोङ गाउँपालिका अध्यक्ष चन्द्रबहादुर घलेले बताउनुभयो ।

तिब्बतबाट नून खरिद गरी यस ठाउँमा राख्ने र लमजुङ, तनहुँ र कास्कीलगायतका ठाउँका मानिस गएर चामलसँग नून साटेर ल्याउने ऐतिहासिक व्यापारिक केन्द्रका रुपमा रहेको यस गाउँमा पहिलोपटक मोटर पुगेको हो ।  (रासस)

प्रकाशित मिति : २०७४, २० पुष बिहीबार १८:४७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

इदमा राष्ट्रपति र प्रमको शुभकामना

इदमा राष्ट्रपति र प्रमको शुभकामना

शुभ खबर,  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी […]

२०७५, २ असार शनिबार १५:०३
प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

शुभ खबर, प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको […]

२०७५, २ असार शनिबार १४:५२
बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

शुभ खबर, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर […]

२०७५, २ असार शनिबार १४:४४
अमेजमान डटकम संचालनमा

अमेजमान डटकम संचालनमा

शुभ खबर, अमेजमान पिटीइ एलटिडी सिगांपुर तथा मेजमान ग्रुप अफ कम्पनीले बिकास गरेको अनलाईन होटल बुकिङ्ग सिस्टम अमेजमान डटकमको हिजो […]

२०७५, २ असार शनिबार ११:२८
अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

शुभ खबर, विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। दुई वर्षअघि युरोपियन […]

२०७५, २ असार शनिबार ११:०१
सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

स्थानीय तहले सूचना अधिकारी राख्ने प्रतिबद्धता शुभ खबर, सोम गुुरुङ्ग, बर्दिया १ असार ÷ पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत यूएसआईडी र […]

२०७५, २ असार शनिबार १०:५०
भिडियो