प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रीका भ्रमण खर्च भुक्तानी रोक्का, वर्षदिनको बजेट चार महिना मै सकियो

शुभ खबर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारका उपप्रधानमन्त्रीसहित सबै मन्त्रीको भ्रमण तथा अनुगमन खर्चवापतको भुक्तानी रोक्का गरेको छ ।

प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुको भ्रमण बिल भुक्तानी रोक्का गरेपछि कार्यालयको आर्थिक प्रशासन शाखामा तीन सातादेखि झण्डै पाँच दर्जन मन्त्रीहरुको भ्रमण बिलको खात लागेको छ ।

रकम सकिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मन्त्रीहरुको भ्रमण खर्च भुक्तानीका लागि भन्दै अर्थ मन्त्रालयसँग एक करोड माग गर्दै पत्र पठाएको छ । तर, अर्थ मन्त्रालयबाट रकम नआएकाले मन्त्रीहरुले तीन सातादेखि भुक्तानी पाउन नसकेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले मन्त्रीहरुको भ्रमणवापत विनियोजन गरेको रकम सकिएकाले अर्थसँग रकम माग गरिएको जानकारी दिए । अर्थबाट रकम आउनासाथ भुक्तानी प्रक्रिया थालिने उनले बताए ।

प्रधानमन्त्री कार्यालय लेखा शाखाका अनुसार चालु आर्थिक वर्ष २०७४/०७५ का लागि मन्त्रीहरुको भ्रमण तथा अनुगमन शीर्षकमा एक करोड ३० लाख विनियोजन गरिएको थियो । एक वर्षका लागि उक्त रकम विनियोजन गरिएको भए पनि शेरबहादुर देउवा नेतृत्वमा ६४ मन्त्री रहेकाले अत्यधिक खर्च भई चारै महिनामा सो रकम सकिएको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रकाशित मिति : २०७४, १९ पुष बुधबार १०:२१

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो