अकबरेले मालामाल भइन मालती

शुभ खबर,  विगत ५ वर्ष सम्म घरको भान्सामा चाहिने खुर्सानीका लागि छिमेकीलाई माग्न र बजारमा किन्नको विकल्प नभएको फेदाप ३ ओयाक्जुङकी मालती जोगी अहिले आफैँ व्यापारी भएकी छिन् । देउराली सोसाइटीको सहजिकरणमा गाउँमा गठन भएको पाथिभरा महिला समूहमा आवद्ध भएकी मालती अहिले समूहको अध्यक्ष मात्र हैन अकबरे खोर्सानी व्यापारी समेत भएकी छिन्।

बिहानै उठेर घरको काम सकेर गाउँमा बैठक र छलफल भए त्यता तिर नभए अकबरे खुर्सानी स्याहारमा लाग्ने गरेकी मालतीले गाउँमा अरु किसानले उत्पादन गरेको खुर्सानी आफैँले खरिद गरेर पूर्वका विभिन्न सहरहरूसम्म लैजाने गरेकी छिन् । उनले सरुमा अकबरे खुर्सानीका लागि केहि वर्ष अघि घरबाट करेसाबारी सम्म मात्र पुग्ने गरेकी थिन् भने अहिले अकबरे खुर्सानीले नै उनलाई  धनकुटा, धरान र दमकसम्म पुर्याउने गरेको छ।

गाउँका अन्य कृषक र समूहका सदस्यहरूले उतपादन गरेको अकबरे खुर्सानी संकलन गरेर बजार पुर्याउनु मालतीको दैनिकी जस्तै भएको छ । अकबरे खुर्सानीको सिजनमा करिब ५ लाख बढीकोे खुर्सानी किनबेच गर्ने गरेकी उनले बताइन। अकबरे खुर्सानीको आम्दानी बाटै उनले परिवारको खर्च जोहो गर्ने गरेकी छिन् । वैदेशिक रोजगारीमा रहेका पतिले कमाएको रकम बचत गर्ने गरेको उनले सुनाइन।

सुरुमा आफैँले खानका लागि मात्र अकबरे खुर्सानी रोप्दै आएकी मालतीले अकबरे खुर्सानी बेचेर ४० हजार अलैची बिरुवा समेत खरिद गरी अलैची खेती सुरु गरेकी छिन् । आफूसँग भएको थोरै जग्गामा अलैची र अकबरे खुर्सानी सँगै खेती गर्दै आएकी मालतीले अलैची बिरुवा हुर्किन्जेल सम्म अकबरे खेती गर्दै आएको बताइन।

अहिले गाउँमा हुुने बैठक, सभा सम्मेलन र झैझगडा समेत मिलाउन जाने गर्छिन् उनी। सुरुमा आफ्नो नाम समेत भन्न हिच्किचाउने मालती अहिले खुलेरै आफ्नो विचार राख्न सक्ने भएकी छिन्।

यस वर्षको सुरु सिजनमा अकबरे खुर्सानीको मूल्य प्रतिकिलो किलो ३ सय ५० रुपैयाँ देखि  पाँच सय रुपैयाँ सम्ममा किन बेच हुने गरे पनि अहिले बजारमा एक सय रुपैयाँ देखि दुई सय ५० रुपैयाँमा मात्रै कारोबार भइरहेको छ। उत्पादन बढी भएपछि बजार मूल्य घटेको व्यापारीहरूले बताएका छन् । जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका सबै गाउँमा अकबरे खुर्सानीको खेती भइरहेको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले जनाएको छ।

जिल्लाको छथर गाउँपलिकाको सुदाप, ओख्रे, फाक्चामारा, पन्चकन्या र हमरजुङ, फेदाप गाउँपालिकाको ओयाक्जुङ, जलजले, मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ, श्रीजुङ, म्याङलुङ नगरपालिकाको पिप्ले, आम्बुङ, जिरीखिम्ती तथा आठराई गाउँपालिकाको छातेढुंगा, ईवामा अकबरे खुर्सानीको व्यावसायिक खेती भइरहेको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार गएको वर्ष जिल्लामा १२ करोड रुपैयाँको अकबरे खुर्सानी उत्पादन भएको थियो । किसानले २५ हेक्टर जमिनमा लगाएको खेतीबाट ३ सय १२ मेट्रिक टन उत्पादन गरेका थिए ।

नागरिकन्यूज

प्रकाशित मिति : २०७४, ११ पुष मंगलवार ०९:०१

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो