पहिलो पटक हावा र पानीबाट तरकारी फलाउने प्रविधि शुरु

शुभ खबर, जिल्लामा पहिलो पटक हावा र पानीबाट मात्रै तरकारी फलाउने प्रविधि शुरु भएको छ । मोदी गाउँपालिका–५ अम्बोटमा पाँच वर्षदेखि सफल रूपमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका लालबहादुर हरिजनले यस्तो प्रविधिबाट तरकारीखेती थाल्नुभएको छ ।

फलामे खम्बाको सहारामा तीन मि लम्बाइ र तीन इन्च मोटाइका प्लास्टिक पाइपमा पानी भरेर प्लास्टिक ड्रम र सोलार प्लानको सहयोगमा सो खेती गर्न सकिने हरिजनले बताउनुभयो । भर्खरै शुरु गर्न लागिएको सो प्रविधिबाट छिटो उत्पादन दिने साग, धनियाँ, मुला तथा लहरे तरकारी उत्पादन गर्न मिल्ने बताइएको छ ।

करिब डेढ मि उचाइको टनेलमा दुवैतर्फ तीन तीन पिभिसी पाइप अड्याएर ३० इन्चको फरकमा पारिएको प्वालमा प्लास्टिक कपलाई चिरेर तरकारीको बिरुवा रोपिन्छ । सोलारमा जडित सानो मोटरले ड्रममा रहेको पानी प्लास्टिक पाइपमार्फत बिरुवाको फेदमा पठाइन्छ ।

बिरुवामा बढी भएको पानी पाइपको माध्यमबाट ड्रममै पठाइन्छ । बिरुवालाई आवश्यक पर्ने खाद्यतत्व पानीमा मिसाइएपछि दैनिक दुई घण्टा पर्ने सूर्यको किरणका कारण सोलारले पानीलाई बिरुवासम्म पठाउँदै बढी भएको पानी ड्रममै पठाउने काम गर्छ । यही चक्रीय प्रणालीबाट त्यहाँ लगाइएको तरकारी वृद्धि हुँदै जाने बताइएको छ ।

एउटा स्ट्याण्डमा फलेको तरकारीले एक परिवारलाई खान पुग्ने हरिजन बताउनुहुन्छ । “हरेक पाइपमा १० वटासम्म बिरुवा रोप्न मिल्छ”, उहाँले भन्नुभयो, “करेसाबारी नहुनेका लागि बढी उपयोगी हुन्छ ।” रु १५ हजारको लगानीमा एउटा स्ट्याण्डमा शुरु गर्न मिल्ने सो प्रविधिको खेती १५ देखि २० वर्षसम्म टिक्छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख वासुदेव रेग्मीले सो प्रविधि नेपालमै नमूना भएको र यसबाट थोरै ठाउँ र समयमा धेरै उत्पादन दिन सकिने बताउनुभयो । रासस

प्रकाशित मिति : २०७४, १७ भाद्र शनिबार १२:४९

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एनआरएनए युवा संयोजकमा सुदन थापा

एनआरएनए युवा संयोजकमा सुदन थापा

शुभ खबर, गैरआवासीय नेपाली संघ ( एनआरएनए – NRNA ) को युवा संयोजकमा एनआरएनए जापानको पूर्व अध्यक्ष सुदन थापा निर्वाचित […]

२०७४, ३१ आश्विन मंगलवार १९:०१
एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

शुभ खबर, गैरआवासीय नेपाली संघ ( एनआरएनए – NRNA ) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौमा भएको […]

२०७४, ३१ आश्विन मंगलवार १८:३८
सुमन पाण्डेलाई ‘टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड’

सुमन पाण्डेलाई ‘टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड’

शुभ खबर, पाटा नेपाल च्याप्टरका अध्यक्षसमेत रहनुभएका बरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डे टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड २०१७ बाट सम्मानित […]

२०७४, ३१ आश्विन मंगलवार १७:१३
भाइटिकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा

भाइटिकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा

शुभ खबर, नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ । समितिले भाइटीकाका […]

२०७४, ३० आश्विन सोमबार १४:३२
निवर्तमान उपसभामुख एमालेमा

निवर्तमान उपसभामुख एमालेमा

शुभ खबर, आज एक बिहानै निबर्तमान उपसभाममुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । बालकोट स्थित केपी शर्मा ओलीको […]

२०७४, २९ आश्विन आईतवार १०:५०
आरटिआई क्लिनिक सन्चालन

आरटिआई क्लिनिक सन्चालन

शुभ खबर, सोम गुुरुङ्ग, नेपालगन्ज २८ असोज ÷ यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेको आयोजनामा जानकी गाउँपालिका […]

२०७४, २८ आश्विन शनिबार १८:५३
भिडियो