गोसाइँकुण्ड जाँदा सावधानी अपनाउन सुझाव

 शुभ खबर, तीर्थस्थल गोसाइँकुण्ड जाँदा लेक लाग्ने समस्या हल गर्ने औषधि साथमा राख्न चिकित्सकले सुझाव दिएका छन् । जिल्ला अस्पतालका मेडिकल अधिकृत डा कमल पोखरेलका अनुसार उचाइ चढ्दा लौरिविनायकभन्दा माथि लेक लाग्ने समस्या आउन सक्ने भएकाले घरबाट गोसाइँकुण्ड स्थान निस्कनुपूर्व नै एसिटाजोल अनाइड चक्की साथमा राख्न सुझाव दिइएको छ ।

सो औषधिले फोक्सोमा पानी जम्न नदिने बताउँदै डा पोखरेलले दुई चार चक्की सिटामोल, दुई चार पोका जीवनजल र पानीको बोतल बोक्न सल्लाह दिनुभयो ।

गोसाइँकुण्ड समुद्री सतहदेखि १४ हजार सय फिटको उचाइमा पर्छ । सत्ययुगमा समुद्रमन्थनपछि उत्पन्न हलाहल कालकूट विषले संसार दग्ध गर्न लागेकाले शिवले त्यसलाई सेवन गर्दा डाह भई जिउ शान्त बनाउन पार्वतीको माइत हिमालयतर्फ लागेका शिवले पहिले वेत्रावती र पछि नीलाद्रि पर्वतमा त्रिशूल गाडी पानी पिएका थिए । त्यतिले पनि शान्त नभएपछि उनी तीनधारेबाट बगेको पानीबाट निर्मित कुण्डमा शयन गरेका थिए । कुण्डमा अझै पनि शिव लेटिरहेको अवस्थामा देख्न सकिने विश्वास छ ।
यात्रामा बाक्लो स्विटर र कानेटोपी लगाउँदा तथा बेला बखत वीरेनून, मरिच, ज्वानु, पाचक र लसुन खाँदा शारीरिक अवस्था यथास्थानमा राख्न सहज हुने धैबुङका पण्डित टंकप्रसाद ढकालले बताउनुभयो ।

गोसाइँकुण्डमा दशहरा र रक्षाबन्धनका बेला ठूलो मेला लाग्छ । यस वर्ष यही साउन १३ गते नागपञ्चमी९जनैपूर्णिमा० परेको छ । सो दिन स्नान र पूजाराधना गर्दा गोसाइँबाबालगायत सम्पूर्ण देवदेवताको दर्शन मिल्ने धार्मिक विश्वास छ ।

पूजाआजाका लागि भने तामाको दियो, बसाहा, बत्ती, धुप, जौतिल, जटा नरिवल, श्रीखण्ड वा केशरी, गाईको घिउ र बेलपत्रका साथै वस्त्र प्रयोग गरिन्छ । रासस

प्रकाशित मिति : २०७४, ७ श्रावण शनिबार २०:०८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एनआरएनए युवा संयोजकमा सुदन थापा

एनआरएनए युवा संयोजकमा सुदन थापा

शुभ खबर, गैरआवासीय नेपाली संघ ( एनआरएनए – NRNA ) को युवा संयोजकमा एनआरएनए जापानको पूर्व अध्यक्ष सुदन थापा निर्वाचित […]

२०७४, ३१ आश्विन मंगलवार १९:०१
एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

शुभ खबर, गैरआवासीय नेपाली संघ ( एनआरएनए – NRNA ) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौमा भएको […]

२०७४, ३१ आश्विन मंगलवार १८:३८
सुमन पाण्डेलाई ‘टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड’

सुमन पाण्डेलाई ‘टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड’

शुभ खबर, पाटा नेपाल च्याप्टरका अध्यक्षसमेत रहनुभएका बरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डे टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड २०१७ बाट सम्मानित […]

२०७४, ३१ आश्विन मंगलवार १७:१३
भाइटिकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा

भाइटिकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा

शुभ खबर, नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ । समितिले भाइटीकाका […]

२०७४, ३० आश्विन सोमबार १४:३२
निवर्तमान उपसभामुख एमालेमा

निवर्तमान उपसभामुख एमालेमा

शुभ खबर, आज एक बिहानै निबर्तमान उपसभाममुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । बालकोट स्थित केपी शर्मा ओलीको […]

२०७४, २९ आश्विन आईतवार १०:५०
आरटिआई क्लिनिक सन्चालन

आरटिआई क्लिनिक सन्चालन

शुभ खबर, सोम गुुरुङ्ग, नेपालगन्ज २८ असोज ÷ यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेको आयोजनामा जानकी गाउँपालिका […]

२०७४, २८ आश्विन शनिबार १८:५३
भिडियो