‘स्थानीय तह सञ्चालन एवम् व्यवस्थापन सम्बन्धी’ अभिमुखीकरण

शुभ खबर, स्थानीय तहमा खटिएका कार्यकारी अधिकृतका लागि ‘स्थानीय तह सञ्चालन एवम् व्यवस्थापन सम्बन्धी’ अभिमुखीकरण आज यहाँ सुरु भएको छ । राज्य पुनःसंरचनामा भएको ऐतिहासिक परिवर्तनलाई कार्यान्वयन गर्न कार्यकारी अधिकृतको गहन र महत्वपूर्ण जिम्मेवारी रहेकोले उनीहरुका लागि उक्त बिषयमा अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।

तीन दिने सो कार्यक्रममा सात नम्बर प्रदेशअन्तर्गतका सवै नगरपालिका र गाउँपालिकाका कार्यकारी अधिकृत तथा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी सहभागी छन् । सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले नयाँ संरचना गर्दा कायम भएका देशभरका सबै ७४४ स्थानीय तहमा कार्यकारी अधिकृत खटाइसकिएको जानकारी दिनुभयो ।

देशका सातवटै प्रदेशमा भएका अभिमुखीकरणको प्रत्यक्ष प्रसारणः—
देशको सातवटै प्रदेशका १५ ठाउँमा भएका अभिमुखीकरण गोष्ठीको मन्त्रालयको पहलमा सूचना प्रविधिको प्रयोगमार्फत् प्रत्यक्ष प्रशारण गरी एक साथ सुरु गरिएको छ । मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले सबै ठाउँमा अभिमुखीकरण सुरु हुँदा एउटा ठाउँको स्किाइको सुविधा प्रयोग गरी सातवटै प्रदेशको १५ ठाउँमा सुन्ने र हेर्ने व्यवस्था गरिएको बताउनुभयो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारणमा– ३ नम्बर प्रदेशको नगरकोटमा सुरु भएको अभिमुखीकरण गोष्ठीको उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले शुभारम्भ गरेको दृष्य देखाइएको थियो । मन्त्रालयले देशभरी एकैसाथ सुरु भएको अभिमुखीकरणको प्रत्यक्ष प्रशारण गरेर उच्च प्रविधिको प्रयोगको यात्रामा पहिलो पाइला चालेको सहसचिव पाण्डेले राससलाई बताउनुभयो । रासस

प्रकाशित मिति : २०७३, १५ चैत्र मंगलवार १९:११

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

शुभ खबर, जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली […]

२०७५, १२ बैशाख बुधबार १४:२६
आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

शुभ खबर, आईपिएल २०१८ मा ४ / ४ गेममा जित हासिल गर्दे चेनाई सुपर किग्सं र किग्सं इलाभेन पजांब शिर्ष […]

२०७५, १० बैशाख सोमबार २३:४२
पार्टी एकता केही दिनमै : वामदेव

पार्टी एकता केही दिनमै : वामदेव

शुभ खबर, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । […]

२०७५, १० बैशाख सोमबार २३:०३
‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

शुभ खबर, निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोट गराएको घटनाप्रति […]

२०७५, १० बैशाख सोमबार २२:५७
ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

शुभ खबर, राजधानीको एक सात्क्षातर कार्यक्रममा भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले टयाक्सीको समेत सिण्डिकेट तोड्ने उदघोष गरेको हो […]

२०७५, १० बैशाख सोमबार २२:५२
बाजा संरक्षणमा शाक्य समुदाय

बाजा संरक्षणमा शाक्य समुदाय

 शुभ खबर, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न […]

२०७५, १ बैशाख शनिबार २१:००
भिडियो