प्रयोगशाला बिज्ञान तथा प्रबिधि मेलामा १७ देशले भाग लिने

शुभ खबर, भियतनामको राजधानी हानोइमा आगामी बुधबारदेखि शुरु हुन गै रहेको बैज्ञानिक प्रयोगशाला प्रबिधि मेलामा विश्वका बिभिन्न मुलुक तथा क्षेत्र समेत सत्र स्थानका एकसयबीस वटा बैज्ञानिक संगठन तथा कम्पनीहरु सहभागी हुने भएका छन् । यसै महिनाको २९ देखि ३१ तारिख गरी तीन दिन सम्म चल्ने उक्त मेलामा बेलायत, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, सिङ्गापुर र संयुक्त राज्य अमेरिका जस्ता विश्वका प्रमुख औद्योगिक राष्ट्रका प्रतिनिधि संस्थाहरुले भाग लिने छन् ।

आधुनिक प्रबिधियुक्त बैज्ञानिक प्रयोगशाला, प्रबिधीय बिश्लेषण, मानवीय व्याधिजन्य समस्याको सम्बन्धमा प्रयोग हुने जैविक र इन्जियरिङ्ग प्रबिधि, रोग निदानका लागि प्रयोग हुने प्रबिधि इत्यादि तेश्रो पुस्ताको बैज्ञानिक अनुसन्धान प्रयोजनका लागि उपयोगी प्रबिधि सम्बन्धि यस अन्तर्राष्ट्रिय पाँचौ मेलालाई ूफिफ्थ इन्टरनेशनल ट्रेड फेयर फर ल्याबोरेटरी टेक्नोलोजी, आनालाइसिस्, बायो–टेक्नोलोजी एण्ड डाय्ग्नोस्टिक अर आनालाइटिका भियट्नाम – २०१७ू भन्ने नामाकरण गरिएको छ ।

यस बर्षको बिज्ञान तथा प्रबिधि मेलामा सहभागी हुने संगठन वा कम्पनीहरुको सङ्ख्या पोहोरको भन्दा २५ प्रतिशतले बढ्ने जनाइएको छ ।
मेलामा सहभागी हुने प्रदर्शनकारीहरुले आ–आफ्ना स्टल (पेभिलियन) बाट हालसम्म पत्ता लागेका अत्याधुनिक प्रबिधि, उपकरण तथा औजार, बैज्ञानिक समाधान र सेवाका रुपरेखा, बिश्लेषणीय प्रबिधि, जीवन–विज्ञान तथा जैबिक प्रबिधि जस्ता बिषयमाथि जानकारी मूलक सूचना प्रदान गर्नेछन् । रासस ÷सिन्ह्वा

प्रकाशित मिति : २०७३, १४ चैत्र सोमबार १८:१९

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

शुभ खबर, सुनगाभा फुडल्याण्डले बालुवाटारमा मःम पारखीहरुलाई मध्यनजर गर्दै आगामी माघ २६ गते शुक्रबार मःम फेस्टिबल आयोजना गर्ने भएको छ […]

२०७४, ९ माघ मंगलवार १८:१२
स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

शुभ खबर, टिम नेपोको 󠇀आयोजनामा हिजो माघ ६ गते शनिवारको दिन बुटवलको दिप बोडिङ्ममा Training on Strategic Planning in Organizations सम्पन्न […]

२०७४, ७ माघ आईतवार १४:०३
नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

शुभ खबर, नुवाकोटको प्रसिद्ध भैरवीस्थान मन्दिरका पुजारी हरिमानसिंह डंगोल (धामीदाइ) लाई सानेपाको ‘नुवाकोट घर’ ले आज अभिनन्दन गरेको छ । गोर्खालीको […]

२०७४, ६ माघ शनिबार २२:००
राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

शुभ खबर, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । […]

२०७४, ५ माघ शुक्रबार १६:४१
उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

शुभ खबर, उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ […]

२०७४, ५ माघ शुक्रबार १६:३७
प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

शुभ खबर, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग […]

२०७४, ४ माघ बिहीबार १४:५२
भिडियो