कृषकलाई अनुदानमा यान्त्रिक उपकरण वितरण

शुभ खबर, जिल्ला कृषि विकास कार्यालय पाल्पाले चालु आर्थिक वर्षमा कृषकलाई ७३ वटा यान्त्रिक उपकरण अनुदानमा वितरण गरेको छ । कम लागतमा बढी उत्पादन दिने स्रोत संरक्षण कृषि प्रविधितर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले उक्त परिमाणको कृषि उपकरण किसानलाई अनुदानमा वितरण गरिएको हो ।

यसरी वितरण गरिएको कृषि उपकरणमा ६८ वटा मिनी टिलर र पाँचवटा पावर टिलर रहेकोे कार्यालयका प्राविधिक मोहनकुमार सिंहले बताउनुभयो । उहाँले कृषक, कृषि समूह र सहकारीको मागअनुसार प्राथमिकताका आधारमा सो उपकरण वितरण गरिएको बताउनुभयो ।

कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ८९ वटा मिनी टिलर र ११ वटा पावर टिलर गरी कुल एक सय वटा यान्त्रिक उपकरण वितरण गरेको थियो । त्यस्तै आर्थिक वर्ष ०७१/७२ मा १५० वटा मिनी टिलर र ५० वटा पावर टिलर वितरण गरिएको सो कार्यालयले जनाएको छ ।
पावर टिलरको बजार मूल्य रु. एक लाख ६५ हजार देखि रु. २ लाख सम्म तथा मिनी टिलरको मूल्य रु. ८० हजार देखि रु. ९० हजार सम्म पर्छ ।

परम्परागत तरिका भन्दा यान्त्रिक उपकरणले खेतबारी खनजोत गर्दा कम लागत पर्ने र सजिलो हुने भएपछि पछिल्लो समयमा कृषकको यसतर्फ आकर्षण बढ्दो छ । यस्ता कृषि उपकरणबाट खेती गर्दा लागत, समय र मेहनत कम लाग्ने भएकाले पछिल्लो समयमा यसको माग गर्ने कृषक, कृषि समूह र सहकारी ह्वातै बढेको कार्यालयका बालीसंरक्षण अधिकृत कफिल अहमद बताउनुहुन्छ ।

कार्यालयले कृषक, कृषि समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक उपकरण वितरण गर्दै आएको छ । अहिले यी यान्त्रिक उपकरण गाउँ गाउँमा भित्रन थालेपछि हिजोआज गोरुले खनजोत गर्ने परम्परा हट्दै गएको छ । यस उपकरणबाट खनजोत गर्न थालेपछि उत्पादन पनि बढ्दै गएको रामपुरकी कृषक दुर्गाकुमारी मरासिनीले बताउनुभयो । रासस

प्रकाशित मिति : २०७३, ५ चैत्र शनिबार १६:४३

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो