आधुनिक खोर बनाएर बाख्रापालनमा जुटे महिला

शुभ खबर, बजारमा खसीबोकाको मासुको माग बढ्दै गएको अवस्थामा चैनपुरवासी बाख्रा स्रोत केन्द्रको विकासमा अघि बढेका छन् । दुई वर्षअघि दुई माउ र छ पाठा बाख्रापालन गर्नुपर्छ भनेर लागेकी चैनपुरकी लालमाया शाक्य अहिले बाख्रा व्यवसायीका रुपमा परिचित भएकी छन् । उनीसँग अहिले २९ बाख्रा छ । बाख्राका सुधारिएका राम्रा खोर बनाइएको छ । खरी जातको बाख्रा गोठमा पाल्न थालेपछि आम्दानी बढेको र यस वर्ष मात्र १२ ब्याडबाख्रा(पाठापाठी)बिक्री गरेको उहाँले बताउनुभयो । घरको आम्दानीले खान नपुगेपछि उहाँका श्रीमान् भारतमा काम गर्न जानुभयो । छोरी र आमा मिलेर गाउँमा गरिएको व्यवसायले उनीहरुमा आम्दानी र सुख मिलेको छ ।

शाक्य मात्र होइन हुलाकभन्ज्याङ निवासी मनकुमारी बाणको खोरमा अहिले ११ बाख्रा छ । उहाँले घर जस्तै गरी सफा पारिएको आधुनिक खोर बनाउनुभएको छ । भूकम्पले थिलथिलो पारेको अवस्थामा पनि वाणले घरसँगै बनाइएको बाख्राको खोर दिनदिनै सफा गर्ने र हरेक महिना बाख्रालाई जुकालगायत औषधि खुवाएर बाख्रापालन व्यवसाय गरिरहनुभएको छ ।

बाख्रापालन सुरु गर्दा तत्कालीन चैनपुर गाविसमा पाँच हजार दुई सय बाख्रा भएकामा हाल पाठाबाख्राको सङ्ख्यासमेत थप गर्दा १४ हजार बाख्रा भएको तथ्याङ्क छ । चैनपुर गाविसलाई अहिले बाख्रा स्रोत केन्द्रका रुपमा विकास गरिएको चैनपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक निरमाया राना मास्कीले बताउनुभयो । एक हजार दुई सय १७ सेयर सदस्य रहेको सहकारीले चैनपुर गाविसलाई बाख्रा स्रोत केन्द्रको विकास गरी सबै घरधुरी समेटेर महिलाको आम्दानी बढाउन लागिपरेको मास्कीको भनाइ छ ।

हेफर इन्टरनेसनलले फोकस नेपालमार्फत साना किसान सबलीकरण परियोजना सञ्चालन गरेपछि सालबासमा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । सबै घरमा बाख्राको खोर बनाउने र हरेक घरमा घाँस उत्पादन गरी बाख्राबाट नै चैनपुरको विकासमा लागिपर्ने सहकारीको प्रतिबद्धता छ । हाल चैनपुरका सात सय घरमा आधुनिक घर निर्माण गरी बाख्रापालन सुरु गरिएको छ । रासस

प्रकाशित मिति : २०७३, ५ चैत्र शनिबार १४:५८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो